ललितपुर/ असाेज ८
किशोर किशोरीसँग पुस्तक चर्चा कार्यक्रम श्रृङ्खला दुई अन्तरगत फिनिक्स स्कुल सानेपाले विजय सापकोटाद्वारा लिखित ‘उडान’ (किशोर उपन्यास) माथि परिचर्चा कार्यक्रम आयोजना गरेको छ । यस कार्यक्रममा सोही विद्यालयका कक्षा ९ मा अध्ययनरत २० जना विद्यार्थी सहभागी हुनुभएको थियो । सहभागी विद्यार्थीले पुस्तकको विषय, मन परेको पात्र, यस पुस्तकबाट आफूले पाएको सन्देश समेटेर आफ्नो पठन अनुभव प्रस्तुत गर्नुका साथै पुस्तकमा आधारित भएर आफूहरुले तयार पारेको परियोजना कार्यका नमुना समेत प्रदर्शन गर्नुभएको थियो ।
फिनिक्स स्कुलले पठन संस्कृतिको विकास गर्ने उद्देश्यले हरेक महिना विभिन्न कक्षाका विद्यार्थीहरु माझ पुस्तक पठन र परिचर्चा कार्यक्रम आयोजना गर्ने गरेको कुरा स्कुलकी प्रधानाध्यापक सिर्जना केसीले बताउनु भएको छ ।