ट्राफिक चिन्ह कसले बनायो ?

Featured Highlights ज्ञानविज्ञान सामान्यज्ञान

आधुनिक यातायात सुरु हुनुभन्दा पहिले नै ट्राफिक जामको समस्या सुरु भइसकेको थियो । रोममा जुलियस सिजरले पहिलोपल्ट सडकमा भिड कम गर्नका लागि आदेश दिएका थिए । त्यसपछि सडकको चौबाटोमा मानिसलाई उभ्याएर राख्न सुरु गरियो । ती सडकमा उभिएका मानिसहरुले हातले इसारा गर्दै गाडीलाई नियन्त्रण गर्दथे । त्यसपछि उनीहरुको हातमा ट्राफिक चिन्ह भएको बत्ती दिने चलन सुरु भयो । १९२० सन्मा स्वचालित (अटोमेटिक) ट्राफिक बत्तीको आविष्कार भयो ।

१९२७ मा अझ आधुनिक ट्राफिक संकेतको आविष्कार भयो । यो संकेत मेसिनको विशेषता यो थियो कि जुन साइडमा गाडीहरुको बढी चाप हुन्थ्यो त्यो साइडको बत्ती धेरै बेरसम्म काम गर्दथ्यो । जसले गर्दा जामको समस्या बिस्तारै कम हुँदै जान्थ्यो ।

प्रस्तुती : केटाकेटी अनलाइन डेस्क । फाेटाे : गुगल

Leave a Reply

Your email address will not be published. Required fields are marked *