पहिलो नाटकघर

Featured Highlights ज्ञानविज्ञान सामान्यज्ञान

ग्रीसमा संसारकै पहिलो थिएटर (नाटकघर) बनाइएको थियो । करिब पाँच सय वर्ष इसा पूर्वमा बनेको यस थिएटरमा धार्मिक कार्यक्रमहरु गरिन्थ्यो । भक्तजनहरुले पूजा गरेको राम्ररी देखुन् भनेर अलि अग्लो भागमा स्टेज बनाइन्थ्यो । यसका लागि कुनै पहाडको अग्लो ठाउँ छानिन्थ्यो । मानिसहरु त्यस स्थानको वरिपरि तलतिर बसेर पूजा हेर्ने गर्दथे । यसरी मानिसहरु बिस्तारै बिस्तारै वरिपरि मिलेर बस्न थाले । यसरी स्टेजमा अगाडि हेरेर वरिपरि दर्शक बसी कार्यक्रम हेर्ने चलन सुरु भयो ।

तर कुनै भवनमा नै थिएटर (नाटकघर) को निर्माण भने ५२ वर्ष इसा पूर्वमा रोममा भएको थियो । जुन चारैतिर घेरेर समतल स्थानमा बनाइएको थियो । कलाकारको लागि पहिलोपल्ट स्टेजको निर्माण पनि यसै समयमा भएको मानिन्छ । त्यसपछि पूजापाठबाहेक अन्य कार्यक्रम पनि यस थिएटरमा हुने चलन सुरु भयो । आधुनिककालको पहिलो थिएटर (नाटकघर) करिब १६१८ मा इटालीमा बनाइएको थियो । यस थिएटरको नाम टिस्टरो फर्नीज थियो । यो थिएटरमा पहिलोपटक स्टेज र दर्शकलाई अलग गर्नका लागि पर्दा लगाउने चलन सुरु गरिएको थियो ।

प्रस्तुती : केटाकेटी अनलाइन डेस्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *