रिजेन्ट रेसिडेन्सियल स्कुलमा MUN कार्यक्रम

राष्ट्रिय विद्यालय समाचार समाचार

रिजेन्ट रेसिडेन्सियल स्कुल, ललितपुर-२३, धापाखेलद्वारा आयोजित ३ दिने “Regent Intra- Model United Nations (MUN)” कार्यक्रम मङ्सीर २९ देखि पुस १ (December 15-17, 2023) सम्म उत्साहपूर्ण रुपमा सम्पन्न भयो । कार्यक्रमको कार्यक्रमकाे उद्घाटन वागमती प्रदेश सभाका माननीय उप-सभामुख अप्सरा चापागाईले गर्नुभएको थियो । स्थानीय वडा अध्यक्ष जीवन महर्जन लगायत व्यक्तित्वकाे उपस्थतिमा भव्यताका साथ सम्पन्न भएको ३ दिने सम्मेलनमा रिजेन्ट स्कुलका कक्षा ६ देखि ९ सम्म अध्ययनरत विद्यार्थीहरुले रमाइलो सिकाइमा केन्द्रित रहेर कार्यक्रममा सहभागी हुनुभएकाे थियाे । कार्यक्रमलाई नव्य नेपाल समूहले सहजीकरण गरेकाे थियाे ।

‘कार्यक्रमबाट बालबालिकाहरुले धेरै कुरा सिक्ने अवसर पाउनुभएकाे छ ।’ प्रिन्सिपल नवराज सन्जेलले भन्नुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *