मिति २०८० माघ १२ शुक्रबार ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासका महासचिव तथा बाल साहित्य लेखक विमला निरौलाको यात्रामा देश बालकविता संग्रहको लोकार्पण गरिएको छ ।
साहित्यकार तथा समाजसेवी सुश्री भद्रा घलेको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको सभापतित्व अनेसास, नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीेले गर्नुभएकाे थियाे ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टर तथा नेपाल बाल साहित्य समाजको संयुक्त आयोजनामा भएको सो कार्यक्रमका विशिष्ट अतिथि अनेसास बिओटीका पूर्व सल्लाहकार तथा त्रिवि नेपाली विभाग प्रमुख प्रा.डा. खगेन्द्र लुइँटेलको उपस्थिति थियो भने विशेष अतिथिहरुमा साहित्यकार खेमनाथ दाहाल, अनेसास बिओटीका कोषाध्यक्ष नेत्रबन्धु पोखरेल, अनेसास केन्द्रका उपाध्यक्ष डा. रेणुका सोलु, फणिन्द्र निरौला, अनेसास नेपाल च्याप्टरका सल्लाहकार तथा गुञ्जनका पूर्व अध्यक्ष हिरण्यकुमारी पाठक रहनुभएकाे थियाे ।
त्यसैगरी विशेष वक्ताको रुपमा नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधान र डा. र बुनु दाहाल रहनुभएकाे थियाे । अतिथिहरुमा अनेसास दर्पणका कार्यकारी सम्पादक तथा लोकार्पित कृतिका सम्पादक रमेश दाहाल, मिलाप पब्लिकेशनका अध्यक्ष कृष्ण भुसाल, संचारकर्मी मोहराज शर्मा, लेखक तथा द्वन्द्व विश्लेषक केशव चौलागाई, स्रष्टा विमला निरौलाकी माता तथा सुरेश भट्ट आदि उपस्थित रहनुभएकाे थियाे ।
त्यस्तै अन्य अतिथिहरुमा आयोजक संस्था अनेसास नेपाल च्याप्टरका प्रथम उपाध्यक्ष मन्जिला शर्मा, उपाध्यक्ष निर्मलरमण पराजुली, महासचिव रञ्जना निरौला, कोषाध्यक्ष कमला रिसाल, सुमन वर्षा, शान्तिमाया गिरी पूर्व उपाध्यक्ष दीव्य गिरीलगायत लेखकहरु बिक्रम भक्त जोशी, राज रजक, पत्रकार साहित्यकार प्रकाश सुवेदी, साहित्यकार गंगा लिगल, रश्मि शर्मा, ललिता दोषी, अनेसास पोर्चुगल च्याप्टरका गोमा रेग्मी, बाल साहित्यकार कार्तिकेय घिमिरे, ईश्वर थोकर, मनिला वन्त, उर्मिला सुवेदीलगायत लेखक साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित अतिथिहरुलाई अनेसास नेपाल च्याप्टरका प्रथम उपाध्यक्ष मञ्जिला शर्माबाट स्वागत मन्तव्य राखिएको थियो ।
प्रमुख अतिथिबाट पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि, सभापति, विशिष्ट अतिथि, एवं विशेष अतिथि, विशेष वक्तालगायत मञ्चासीन अतिथिहरुबाट कृतिको संयुक्त रुपमा लोकार्पण गरिएको थियो ।
(याे समाचार र विमाेचन हुँदै गरेकाे फाेटाे अनेसास दर्पणबाट साभार गरिएकाे हाे ।)
आफ्नो कृति यात्रामा देश केटाकेटी अनलाइन बालपत्रिकाका सम्पादक कार्तिकेयलाई उपहार प्रदान गर्नुहुँदै आदरणीय लेखक विमला निरौंलाज्यू । (फाेटाे : राधिका पाैडेल, सदस्य, बालसाहित्य प्रतिष्ठान नेपाल)