रिजेन्ट स्कुलमा अन्तरविद्यालय रोबोटिक्स प्रतियोगिता

Featured Highlights राष्ट्रिय विद्यालय समाचार समाचार

ललितपुर, माघ २६/ रिजेन्ट आवासीय स्कुलमा ‘स्मार्ट सिटी’ काे विषयवस्तुमा आधारित रही आयाेजना गरिएकाे अन्तरविद्यालय रोबोटिक्स प्रतियोगिता आजबाट सुरु भएको छ । २७ गते शनिवार विद्यार्थीहरुले तयार गर्नुभएका स्मार्ट सिटी अवधारणामा आधारित डमी स्टलहरुको प्रदर्शनी र प्रतियोगिताको नतिजा घोषणा गरिने आयोजक विद्यालय रिजेन्ट स्कुलका प्रिन्सिपल नवराज सन्जेलले बताउनुभएको छ ।
कुरुक्षेत्र अन्तरविद्यालय रोबोटिक्स प्रतियोगिता नामक यस प्रतियोगितामा १८ वटा विद्यालका बालबालिकाहरुले भाग लिनुभएको छ । सहभागी विद्यालयहरुमा युनिभर्सिटी स्कुल, बालकुन्ज स्कुल, इन्टरनेशनल स्कुल, मदर्स क्यास्टल स्कुल, सेवा सदन, निर्मल बाटिका स्कुल, ब्राइट एकेडेमी, रिजेन्ट आवासीय स्कुल, अस्मिता इङ्लिस स्कुल, बोयाक सामुदायिक स्कुल आदि रहेका छन् ।
रोबोटिक्स प्रतियोगितामा भाग लिएर कस्तो महसुस गर्नुभएको छ ? भन्ने हाम्रो रिपोर्टर सन्तोषी सुन्दासको पहिलो प्रश्नमा सहभागी बालबालिकाहरुले यस प्रतियोगिताबाट विधुतीय यन्त्रहरुको बारेमा जानकारी प्राप्त भएको, रोबोट बनाउन सिक्ने उत्सुकता बढेको, आफैँमा पनि ससाना उपकरण निर्माण गर्ने क्षमता विकास भएको र भविष्यमा खोज अनुसन्धान गर्ने वैज्ञानिक बन्न प्रेरणा मिलेको बताउनुभएको थियो ।
तपाईंको विचारमा रोबोटिक्स भनेको के हो ? भन्ने दोस्रो प्रश्नमा सहभागी बालबालिकाहरुले रोबोटिक्स भनेको विज्ञान र गणित जस्ता विष्यवस्तुलाई लिएर निर्माण गरिएको एउटा विधुतबाट चल्ने मेसिनलाई रोबोटिक्स भनिन्छ । यसबाट मानिसहरुले दैनिक जीवनमा गर्ने कार्यहरु अझ बढी सहज रुपमा गर्न सक्छन्, काम छिटो, छरितो रुपमा सम्पन्न हुन्छ र यसबाट आफ्नो काम सम्पन्न गर्न नयाँ नयाँ तौरतरिकाहरु सोच्ने बानीको विकास हुन्छ र रोबोट सम्बन्धी विभिन्न उपकरणहरु बनाउने बौद्धिक क्षमताको पनि विकास हुन्छ भन्ने जवाफ दिनुभएको थियो ।
अन्तर विद्यालय रोबोटिक्स प्रतियोगिता अन्तर्गत तयार भएका उपकरणहरुको अवलोकनका लागि रिजेन्ट स्कुलको धापाखेल, ललितपुर स्थित भवनमा २८ गते शनिवार बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म सबै इच्छुक महानभावहरुका लागि निःशुल्क प्रदर्शनीको व्यवस्था गरिएको आयोजकले जनाएको छ । तपाईंहरुको अवलोकन भ्रमणले भर्खरै नयाँनयाँ उपकरण बनाउन प्रयास गर्दै गरेका साना बालबालिका पुस्ताका उदीयमान प्रतिभाहरुलाई हौसला प्रदान गर्ने हुनाले सम्भव भएसम्म अवलोकन भ्रमण गर्नुहुन आयोजक विद्याल रिजेन्ट स्कुलले सबैमा हार्दिक अनुरोध गरेको छ ।

रिजेन्ट स्कुल, धापाखेल, ललितपुरमा सम्पन्न राेबाेटिक्स प्रतियाेगिताकाे झलक । – फाेटाे/भिडियाे : सन्ताेषी सुन्दास

Leave a Reply

Your email address will not be published. Required fields are marked *