अन्तरविद्यालय कुरुक्षेत्र रोबोटिक्स प्रतियोगितामा विभिन्न विद्यालय पुरस्कृत

Featured Highlights राष्ट्रिय समाचार

ललितपुर- माघ २७/ रिजेन्ट आवासीय स्कुल, धापाखेल, ललितपुरद्वारा आयोजित अन्तरविद्यालय रोबोटिक्स प्रतियोगिता कुरुक्षेत्रमा विभिन्न विद्यालय पुरस्कृत भएका छन् । आज रिजेन्ट स्कुलका प्रिन्सिपल नवराज सन्जेलको सभापतित्वमा आयोजित समापन समारोहमा स्मार्ट सिटी अवधारणा प्रदर्शनी एवम् रोबोटिक्स प्रतियोगितामा विजयी बालबालिकालाई पूर्व सांसद माननीय नवराज सिलवालले पुरस्कार वितरण गर्नुभयो ।
यस प्रतियोगितामा रोबो वार (भिडन्त) मा मदर्स कास्टल स्कुल विजयी र बालकुन्ज इङ्लिस सेकेन्डरी स्कुल फस्ट रनर अप भयो । यस्तै लाइन फलोइङमा रिजेन्ट स्कुल विजयी र फस्ट रनर अप निर्मल विकास एकेडेमीले प्राप्त गर्न सफल भयो । रोबोट अप्सटाकल रेसिङमा बायोका कम्युनिटी स्कुल विजयी र मदर्स कास्टल स्कुल फस्ट रनर अप भयो । अक्वावोट प्रतियोगितामा बालकुन्ज इङ्लिस सेकेन्डरी स्कुल विजयी र पिक प्वाइन्ट एकेडेमी फस्ट रनर अप भयो । रोबो कप प्रतियोगितामा अक्सिडेन्टल पब्लिक स्कुल विजयी र काठमाडौँ मेरिडियन स्कुल फस्ट रनर अप भयो ।
माइक्रो हाउस प्रतियोगितामा ज्ञानोदय बालबाटिका स्कुल विजयी र पिक प्वाइन्ट एकेडेमी फस्ट रनर अप भयो । रोबोटिक आर्ट प्रतियोगितामा काठमाडौँ मेरिडियन स्कुल विजयी र ज्ञानोदय बालबाटिका स्कुल फस्ट रनर अप भयो । त्यस्तै स्मार्ट सिटी प्रतियोगितातर्फ बेस्ट डिजाइन अस्मिता इङ्लिस स्कुल, बेस्ट कन्सेप्ट पुरस्कारबाट इन्टरनेशनल स्कूल र बेस्ट प्रोजेक्ट पुरस्कारबाट सहारा राष्ट्रिय विद्यालय पुरस्कृत हुन सफल भएकाे थियाे ।

1 thought on “अन्तरविद्यालय कुरुक्षेत्र रोबोटिक्स प्रतियोगितामा विभिन्न विद्यालय पुरस्कृत

Leave a Reply

Your email address will not be published. Required fields are marked *