बालसाहित्य रत्न शान्तदासमा समर्पित नयाँ बालगीत

Featured Highlights अडियो / भिडियो राष्ट्रिय विद्यालय समाचार समाचार

बालसाहित्य रत्न शान्तदासमा समर्पित नयाँ बालगीत सार्वजनिक भएको छ। ‘शान्तदास’ बोलको यस बालगीतमा शान्तदासको योगदानबारे चर्चा गरिएको छ । वरिष्ठ बालसाहित्यलेखक रामबाबु सुवेदीले रचना गर्नुभएको यस बालगीतमा सुविन सेन्चुरीको संगीत र सुप्रिम मल्लको स्वर रहेको छ। कोरसमा अन्य बालकलाकारले पनि साथ दिनुभएको छ ।
नृत्यसँगसँगै छाेटाे चलचित्र हेरेकाे जस्तै मज्जा लिनसकिने गरी म्युजिक भिडियाे निर्माण गरिएको रामबाबु सुवेदीले बताउनुभएकाे छ । सुवेदीका अनुसार यस गीतमा राराहिल मेमोरियल स्कूल, कीर्तिपुरका विद्यार्थीहरूले नृत्य र अभिनय गर्नुभएको छ ।

बालसाहित्य रत्न शान्तदासकाे याेगदानबारे चर्चा गरिएकाे बालगीतकाे भिडियाे

राराहिल स्कुलमा आयोजित एक विशेष कार्यक्रममा भिडियो सार्वजनिक गरिएको थियो । कार्यक्रममा बालसाहित्य समाजका अध्यक्ष वरिष्ठ लेखक प्रमोद प्रधानले गीतको माध्यमबाट शान्तदासलाई सम्झन पाउनु एकदमै गर्वको कुरा हो भन्नुभयो ।

वरिष्ठ गीतकार रामबाबु सुवेदीले शान्तदास मानन्धर सबैलाई बालसाहित्यमा डोर्याउने गुरु भएकाले यो गीत उहाँको सम्मानरुवरुप रचना गरेको स्मरण गर्दै शान्तदासबारे चर्चा गर्नुभएको थियो ।
बालसाहित्यमा विगत ५० वर्षदेखि कलम चलाउदै आउनुभएका अग्रज लेखक सुवेदीका आइतबार बिहानै, मेरो गाउँ ज्यामिरे लगायत थुप्रै बालगीतहरु चर्चित छन् । उहाँ जीवनको ७७ वर्षीय उमेरमा पनि बालसाहित्य र बालगीत लेखनमा सक्रिय हुनुहुन्छ ।

रामबाबु सुवेदी अफिसियल नामक युटुब च्यानलमार्फत् ६० भन्दा बढी बालगीतका भिडिओ निर्माण गरेर उहाँले नयाँ पुस्ता माझमा बालबालिकाको उमेर सुहाउँदो मौलिक बालगीत प्रस्तुत गरी विश्वभरि रहेका नेपालीभाषी बालबालिका र नेपाली भाषाा अध्ययन अध्यापन हुने विद्यालयहरुलाई अनलाइनको माध्यमबाट सहज रुपमा नेपाली भाषाका उत्कृष्ट बालगीतहरु उपलब्ध गराई तारिफयोग्य कार्य गर्नुभएको छ ।

वरिष्ठ बालसाहित्य लेखक रामबाबु सुवेदीज्यूसँग केटाकेटी अनलाइन बालपत्रिकाले गरेकाे विशेष कुराकानी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *