विश्वभरका परिवारले सन् २०२२ मा प्रत्येक दिन एक अर्ब डलरको खाना खेर फाल्ने गरेको तथ्यांक छ । यसरी खानेकुरा फ्याकिनु ठूलो नोक्सानी भएको बताउँदै संयुक्त राष्ट्रसंघले यसलाई विश्वव्यापी त्रासदीको रुपमा व्याख्या गरेको छ । जबकि खानाको अभावमा विश्वभर करिब ८० करोड मानिस भोकै बस्न बाध्य छन् ।
कतै भोकमरीको विकराल अवस्था भइरहँदा केही घर तथा व्यवसायीहरुले १० खर्ब डलरभन्दा बढी मूल्यको खाना थन्क्याएर राखेको राष्ट्रसंघकै पछिल्लो फुड वेस्ट इन्डेक्स रिपोर्टमा उल्लेख छ । रिपोर्टअनुसार सन् २०२२ मा बजारमा उपलब्ध सबै उत्पादनहरूको करिब २० प्रतिशत अर्थात् एक अर्ब टनभन्दा बढी खाना खेर गएको थियो । खेर गएको खाना मध्ये धेरैजसो घरहरूबाट खेर गएको तथ्यांक छ । राष्ट्रसंघीय रिपोर्टमा यस्तो प्रकारको नोक्सानी नैतिक मात्र नभएर ‘पर्यावरणीय असफलता’ पनि भएको उल्लेख गरिएको छ ।
भाइबहिनीहरु, परिवर्तन हामीले आफैँबाट सुरु गरौँ । हामी आफूले खाना खेर नफालौँ । आफू वरिपरि रहेका सबैलाई पनि खाना खेर नफाल्न आग्रह गरौँ । आफू वरिपरि रहेका भाेका मानिसहरुलाई बढी भएकाे ताजा र स्वस्थ खाना दिने गराैँ । परिवर्तन आफैँबाट सुरु गरौँ ।