आर्यन रञ्जित क्यामेलिया स्कूल, कालिमाटी, काठमाडाैँमा कक्षा ९ मा अध्ययनरत छात्र हुनुहुन्छ । ‘World Book of Record वल्ड बुक अफ रेकर्ड’ मा कान्छा अन्तर्राष्ट्रिय खेलाडीको उपाधि प्राप्त गरी नेपालको नाम विश्वभरि फैलाउन सफल आर्यन क्यामेलिया स्कूलका हिरा हुनुहुन्छ । उहाँले सन् २०१८ मा सिंगापर र मलेसियामा सम्पन्न अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता, सन् २०१९ मा भारतमा सम्पन्न विश्व कराँते च्याम्पियनसिप र सन् २०२०, २०२१ र २०२३ मा दक्षिण कोरियामा सम्पन्न अन्तर्राष्टिय कराँते प्रतियोगिताहरुमा स्वर्ण पदक जित्न सफल भई एक हजार अमेरिकी डलर प्राप्त गरी ‘World Book of Record वल्ड बुक अफ रेकर्ड’ मा नाम लेखाउन सफल हुनुभएको थियो ।
दर्जनौं राष्टिय प्रतियोगिताहरुमा स्वर्ण पदक जित्न सफल आर्यनले आफ्ना पिताजी राष्ट्रिय कराँते प्रशिक्षक संजय रंजितको छत्रछायाँमा रही ५ वर्षको उमेरदेखि कराँते खेल्दै आउनुभएको छ । उहाँले सानै उमेरदेखि राष्टिय प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्दै विभिन्न रेकर्डहरु समेत बनाउन सफल हुनुभएको छ । माता अनिला र पिता संजयको न्यानो मायामा हुर्किरहनुभएका आर्यन हाल १४ वर्षको हुनुहुन्छ । उहाँले कराँते खेलमा देखाउनुभएको विलक्षण क्षमताको कदर स्वरुप उहाँले क्यामेलिया रत्न पदक प्राप्त गर्न सफल हुनुभएको छ ।
आर्यनकाे प्रतिभाकाे सम्बन्धमा प्रकाश पार्दै क्यामेलिया स्कूलका प्राचार्य रुद्र अिधकारी भन्नुहुन्छ, ” प्लेग्रुपदेखि नै हाम्राे विद्यालयमा अध्ययन गरेका आर्यन मिहिनेती र प्रतिभाशाली बालखेलाडी हुन् । उनले अन्तर्राष्ट्रिय प्रतियाेगिताहरुमा स्वर्ण पदक जितेर नेपाल देशकाे सान बढाएका छन् । उनी अनुशासित र मिलनसार पनि छन् । हामी उनीजस्ताे विद्यार्थीलाई पढाउन पाउँदा खुसी छाैँ । उनी हरेक विद्यार्थीकाे प्रेरणा हुन् ।”