माताजी न्हुक्षेमाया र पिताजी नारायणकाजीका सुपुत्र आदरणीय लेखक तुयुकाजी ताम्राकार पनौती नगरपालिका वडा नं. ७ काभ्रेका वासिन्दा हुनुहुन्छ । उहाँका पनौतीका प्राचीन कथा (भाग १), तरङ्गित छालहरु (कविता सङ्ग्रह), पनौतीका प्राचीन कथा (भाग २), तीन धामको यात्रा त्ससभित्रको कथा (नियात्रा), पर्वतराज आनन्द (नियात्रा), लुकेको क्षितिज (कविता सङ्ग्रह), ज्ञानी (बालकथा सङ्ग्रह) गरी ७ वटा कृतिहरु प्रकाशित भएका छन् ।
२६ वर्ष सरकारी शिक्षकका रुपमा सेवा गरी सेवा निवृत हुनुभएका ताम्राकार पनौती साहित्य समाजका संस्थापक सदस्य, पनैती युवा क्लबका संस्थापक अध्यक्ष, मानेश्वरी जात्रा समितिका अध्यक्ष, पनौती सङ्ग्रहालयका संस्थापक सदस्य, अरुणोदय मावि व्यवस्थापन समितिका संस्थापक अध्यक्ष र पनौती क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष हुनुहुन्छ ।
लेखक ताम्राकारले अरुणोदय मावि सम्मान, २०६२, संकटा जात्रा समितिबाट सम्मान, २०७१, पनौती युवामञ्च सम्मान २०७१, नेपाल राष्ट्रिय शिक्षक संगठन, काभ्रेबाट सम्मान २०५८, काभ्रेली कलाकार समाजबाट सम्मान २०७१, पनौती नगरपालिकाबाट सर्जक सम्मान २०७६ लगायत विविध सम्मान र पुरस्कारहरु प्राप्त गर्नुभएको छ ।
