यस वर्ष १८ हजार ४ सय २२ जनाले छात्रवृत्ति पाए

Featured Highlights राष्ट्रिय विद्यालय समाचार समाचार

काठमाडाैँ महानगरपालिकाका मेयर बालेन साह भन्नुहुन्छ : यस वर्ष १८ हजार ४ सय २२ जनाले छात्रवृत्ति पाए । एउटा कानुन कार्यान्वयनले यो वर्ष मात्रै लक्षित वर्गका विद्यार्थीहरुलाई करिब २ अर्ब बराबरको छात्रवृति उपलब्ध गराउन सफल भएका छाैँ ।

उहाँले आफू कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीरताका साथ काम गरिरहेको बताउनुभएको छ । । सामाजिक सन्जालमा विहीबार लेखिएकाे उहाँकाे स्टाटसमा तीन दिनभित्र छात्रवृत्ति विवरण पेस नगर्ने विद्यालयहरुलाई बन्द विद्यालयको रुपमा बुझी काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्नेसम्मकाे कडा कारबाही गरिने उल्लेख छ ।

उहाँले राख्नुभएकाे स्टाटसकाे पूर्ण विवरण यस्ताे छ :

गत शैक्षिक सत्र २०८० मा काठमाडौँ महानगर क्षेत्रभित्र भएका ५०४ निजी विद्यालयमध्ये ४६५ ले १३००० भन्दा बढी विद्यार्थीले छात्रवृत्ति पाएको विवरण महानगरको इतिहासमै पहिलो पटक प्राप्त भएको थियो । यस शैक्षिक सत्र २०८१ जेठ २३ सम्म विवरण बुझाउने विद्यालयको संख्या ४७३ पुगेको छ । जस अनुसार १ लाख ४९ हजार ९ सय ५६ विद्यार्थी भर्ना भएका मध्ये १८ हजार ४ सय २२ जनाले छात्रवृति पाएका छन्। हामीले विद्यमान कानुनको कार्यान्वयन गर्दा मात्रै लक्षित वर्गका विद्यार्थीहरुलाई करिब २ अर्ब बराबरको छात्रवृति उपलब्ध गराउन सफल भयौँ ।

विद्यालयहरुबाट प्राप्त भएको विवरणको हामी अनुगमन गर्नेछौँ । फरक पाइएमा कानुन बमोजिम कारबाही हुनेछ । हालसम्म विवरण नबझाउने विद्यालयलाई ३ दिनको समय दिई विवरण पेस गर्नका लागि सार्वजनिक सूचना प्रकाशन गरेका छौँ । तीन दिनभित्र विवरण पेस नगर्ने विद्यालयहरु बन्द विद्यालयको रुपमा बुझी काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारवाही गरिनेछ । विद्यमान कानुनी प्रवन्ध कार्यान्वयन गर्दा यी गत वर्ष १३ हजार र यस बर्ष करिब १९ हजार विद्यार्थी भाइबहिनीले छात्रवृत्ति पाएका हुन् । कानुन निर्माणको महत्व कार्यान्वयनबाट मात्र पुष्टि हुन्छ । त्यसैले, हामी कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *