ब्राइट किन्डरवर्ल्डले दुई वटा अन्तर्राष्ट्रिय पुरस्कार पायाे

Featured राष्ट्रिय विद्यालय समाचार समाचार

काठमाडाैँ / चन्द्रागिरि नगरपालिका, नैकापस्थित ब्राइट किन्डरवर्ल्डले दुई वटा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेकाे छ ।

किन्डरवर्ल्डले पाठ्यक्रम विकासमा ‘गिजुभाइ बधेका ईसीसीई अवार्ड’ र ‘बेस्ट प्रिस्कुल इन नेपाल’ गरी दुई पुरस्कार प्राप्त गरेको विद्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
श्रीलंकामा आयोजित ‘इन्टरनेसनल कन्फरेन्स अन अर्ली चाइल्डहुड केयर एजुकेसन एन्ड रिसर्च २.०’ कार्यक्रममा नेपालबाट ब्राइट किन्डरवर्ल्ड सम्मानित भएको हो ।

यो उपलब्धि किन्डरवर्ल्डका विद्यार्थीको लगनशीलता, अभिभावकको साथ, कर्मचारी र शिक्षकको मिहिनेतले हासिल गर्न सकिएको किन्डरवर्ल्डले जनाएको छ ।

किन्डरवर्ल्डकी निर्देशक हीरा थापाले सो अवार्ड ग्रहण गर्नुभएको ब्राइट फ्युचर हाईस्कुलका अध्यक्ष मोहन कार्कीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *