किशोर किशोरीसँग पुस्तक चर्चा कार्यक्रम शृङ्खला अन्तरगत फिनिक्स स्कुल सानेपाले अनन्त वाग्लेद्वारा लिखित ‘यार्चा’ पुस्तक माथि परिचर्चा कार्यक्रम आयोजना गरेको छ । यस कार्यक्रममा सोही विद्यालयका कक्षा सातमा अध्ययनरत २१ जना विद्यार्थीले पुस्तकको विषय, मन परेको पात्र , यस पुस्तकबाट आफूले पाएको सन्देश समेटेर आफ्नो पठन अनुभव प्रस्तुत गर्नुका साथै पुस्तकमा आधारित भएर आफूहरूले तयार पारेका परियोजना कार्यका नमुना समेत प्रदर्शन गर्नुभएको थियो ।
फिनिक्स स्कुलले पठन संस्कृतिको विकास गर्ने उद्देश्यले हरेक महिना विभिन्न कक्षाका विद्यार्थीहरू माझ पुस्तक पठन र परिचर्चा कार्यक्रम आयोजना गर्ने गरेको कुरा स्कुलकी प्रधानाध्यापक सिर्जना केसीले बताउनुभएको छ।