‘सम्पदा दर्शन’ का लेखकसहित चार बालसाहित्य लेखक पुरस्कृत

Featured Highlights राष्ट्रिय समाचार

बालसाहित्य प्रतिष्ठान नेपालबाट भाग १ र केटाकेटी मिडियाबाट भाग २ प्रकाशित लोकप्रिय कृति ‘सम्पदा दर्शन’ (बालनियात्रा) का लेखक सुशीला देउजा सहित चार जना अग्रज लेखकहरू नेबासास (नेपाल बालसाहित्य समाज) द्वारा पुरस्कृत ।

काठमाडौँ, कार्तिक ७ गते / बालसाहित्यको विकासका लागि समर्पित मुलुककै जेठो सस्था नेपाल बालसाहित्य समाजले विभिन्न दाताहरूबाट स्थापित चारवटा पुरस्कार प्राप्त गर्नुहुने चार बालसाहित्य स्रष्टाको नाम घोषणा गरेको छ। सबै पुरस्कार २०८१ सालका हुन् ।

समाजका अनुसार नेबासास मुकेश-जनक बालसाहित्य विज्ञान पुरस्कारबाट डा. तीर्थबहादुर श्रेष्ठ र नेबासास ध्रुव-सुशीला बालसाहित्य अनुसन्धान पुरस्कारबाट डा. अम्बिका घिमिरे र नेबासास चूडा-चरण बालजीवनी पुरस्कारबाट तेजप्रकाश श्रेष्ठ र नेबासास तेज-प्रतिभा बालनियात्रा पुरस्कारबाट सुशीला देउजालाई पुरस्कृत गरिने भएको छ ।

ती पुरस्कारहरू क्रमश: प्रा.डा. मुकेशकुमार चालिसे र जनक चालिसे, प्रा.डा. ध्रुवकुमार धिमिरे र सुशीला घिमिरे, प्रा.डा. चूडामणि बन्धु र चरण रेग्मी तथा तेजप्रकाश श्रेष्ठ र प्रतिभा श्रेष्ठका सन्तानहरूले आ-आफ्ना मातापिताको नाममा स्थापना गरिदिदिनुभएको हो ।

नेपाल बालसाहित्य समाजका अध्यक्ष आदरणीय लेखक प्रमोद प्रधानको अध्यक्षतामा कार्तिक ६ गते बसेको बैठकले सो घोषणा गरेको हो । यसअघि पुरस्कार संस्थापकहरूको उपस्थितिमा भएको पुरस्कार सिफारिस समितिको बैठकले ती नामहरू सिफारिस गरेको अध्यक्ष प्रधानले बताउनु भएको छ ।

ती सबै पुरस्कारअन्तर्गत जनही रू १५ हजार राशि र सम्मानपत्र रहेको छ । पुरस्कार आगामी मङ्सिरको पहिलो सातामा दाङमा हुने राष्ट्रिय बालसाहित्य सम्मेलनमा समर्पण गरिने कार्यक्रम रहेको नेबासासले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *