काभ्रे, १४ पुस/ पनौती नगर पालिका वडा नं. ५ श्रीखण्डपुर स्थित एसओएस हर्मन माइनर विद्यालयद्वारा २०८१ पुस १४ गतेबाट वार्षिक रूपमा सञ्चालन हुने खेलकुद सप्ताह कार्यक्रमको शुभारम्भ भयो ।
एसओएस बालग्राम काभ्रेका निर्देशक तुल्सीरत्न छुँजको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रूपमा पनौती नगरपालिकाका मेयर रामशरण भण्डारी हुनुहुन्थ्यो । उक्त कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्राचार्य नरेश्वर आचार्यले दिनुभयो ।
कार्यक्रममा एसओएस बालग्राम नेपालका नायव राष्ट्रिय निर्देशक उपेन्द्र मल्ल ‘तारा’, युवालयका निर्देशक नरेशशङ्कर प्रधानाङ्ग, वडा सदस्य प्रेमबहादुर कुँवर, वडाकी बालमैत्री सहजकर्ता गीता तिमल्सिना, परिवार सुदृणीकरण कार्यक्रमका प्रमुख प्रकाश अर्याल, विजयादेवी पोखरेल लगायत अतिथिहरू उपस्थिति रह्यो ।
प्रमुख अतिथिको मन्तव्य राख्दै मेयर भण्डारीले खेलले विद्यार्थीको भविष्यलाई अझ सुन्दर बनाउँछ । यस विद्यालयले आज मात्र होइन पहिले पनि राष्ट्रिय स्तरका खेलाडी जन्माइसकेको छ भन्दै खेलाडीलाई थप हौसला दिनुभयो । ‘खेलकुदमा कहिल्यै कसैको हार हुँदैन । कि जितिन्छ कि सिकिन्छ, यसमा हार कसैको हुँदैन’ नायव राष्ट्रिय निर्देशक ताराले खेलाडीलाई उत्प्रेरणा दिंदै भन्नुभयो ।
विद्यार्थी, अभिभावकहरूले भरिपूर्ण भएको उक्त खेलकुद सप्ताह कार्यक्रमको समुद्घाटन पनौती नगरपालिकाका मेयर श्री रामशरण भण्डारीले ब्यानर बहार (प्रदर्शनी) गरेर गर्नुभयो । कार्यक्रममा विद्यार्थीहरुले मार्चपास, एरोविक्स प्रस्तुति र स्वागत नृत्य प्रस्तुत गरको । खेलकुदको प्रथम उद्घाटन मेयर स्वयमले कोचलाई फुटबल हस्तान्तरण गरेर गर्नुभयो ।
२०८१ सालको खेलकुद सप्ताह समारोह एसओएस हर्मनमाइनर विद्यालय काभ्रेको आफ्नै खेलमैदानमा अबको एक सातासम्म बुद्धिचाल, खोखो, भलिबल, फुटबल, हाइजम्प, लङजम्प, बास्केटबल लगायतका तिन दर्जनभन्दा बढी खेलहरूको भव्य आयोजना हुने कुरा प्राचार्य नरेश्वर आचार्यले बताउनुभयो ।