नौ जनालाई नइ बाल पुरस्कार

Featured Highlights राष्ट्रिय विद्यालय समाचार समाचार

काठमाडौं, २०८१ माघ १७
नइ प्रकाशनले आआफ्नो ठाउँमा समर्पित भई प्रतिष्ठा आर्जन गर्ने ३ वर्षदेखि १५ बर्ष सम्मका नौ जना बालबालिकालाई २०८० सालको ‘नइ देरुनीखपू पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।

‘नइ देरुनीखपू पुरस्कार’ बाट पुरस्कृत हुनेहरूमा बहुआयामिकतर्फ श्री कुशाग्र भट्टराई, साहित्यतर्फ सुश्री प्रतिष्ठा केसी, चित्रकलातर्फ सुश्री श्रीया गुरुङ, सङ्गीततर्फ सुश्री सानवी यादव, नृत्यतर्फ सुश्री अनिका महर्जन, खेलकुदतर्फ सुश्री सुप्रिया ऐर छन् । ताम्रपत्रसहित यी पुरस्कारका राशि जनही दस हजार रूपियाँ रहेका छन् ।

यसैगरी नइ कोपिला पुरस्कार गायनमा सुश्री काव्या शिवाकोटी र नृत्यमा सुश्री सुधा तामाङलाई समर्पण गर्ने निर्णय भएको छ । ताम्रपत्रसहित यी पुरस्कारका राशि जनही सात हजार रूपियाँ रहेका छन् । ताम्रपत्रसहित पाँच हजार रूपियाँ राशिको नइ चिचिला पुरस्कार तीन वर्षकी सुश्री मानशी भण्डारीलाई समर्पण गरिने भएको छ । नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *