‘क का कि की’ बालगीत युट्युबमा 

Featured Highlights अडियो / भिडियो चलचित्र बजारमा नयाँ राष्ट्रिय समाचार

धेरैभन्दा धेरै नेपाली जनजीवनका बालगीतहरुकाे अडियो / भिडियो तयार गरी युट्युबमा राख्ने नेपाली बालगीत परियोजनाअन्तर्गत स्वस्तिश्री गुरुकुल आइ.बी.वर्ल्ड स्कुल, सानोभर्यांङ, काठमाडौंसँग सहकार्य गरी निर्माण गरिएको बालगीत ‘क का कि की’ को अडियो / भिडियो रामबाबु सुवेदी अफिसियल युट्युबमा उपलब्ध भएको छ । गीतकार रामबाबु सुवेदीले शब्द रचना गर्नुभएको यस बालगीतमा मिलन तिमल्सिनाको सङ्गीत रहेकाे छ |

सुप्रिम मल्ल ठकुरी र टेरेशा विश्वकर्माको स्वर रहेको  यस बालगीतमा साक्षत नेपाल, ऐसल खनाल, तारा सिंह श्रेष्ठ, आरूशी तिमल्सिनालगायत स्वस्तिश्री गुरुकुल स्कुलका बालबालिकाले कलाकारको भूमिका निर्वाह गर्नुभएकाे छ |

यस बालगीतमा आचार्य गोपालको निर्देशन र परिकल्पना, सुनील भण्डारीको छायाङ्कन, वीरबहादुर थारूको सम्पादन र  रूपेश श्रेष्ठको कोरियोग्राफी रहेकाे छ ।

यस लिङ्कमा क्लिक गरी भिडियो हेर्न सक्नुहुनेछ :

Leave a Reply

Your email address will not be published. Required fields are marked *