क्वालिटी स्कुलमा सिर्जनात्मक लेखन तालिम कार्यक्रम सम्पन्न

Featured Highlights राष्ट्रिय विद्यालय समाचार समाचार

भक्तपुर, वैशाख १८, २०८२/ क्वालिटी अङ्ग्रेजी स्कुल, नगरकोटफेदी, भक्तपुरमा एकदिने सिर्जनात्मक लेखन तालिम तथा वाचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा कथा लेखन तथा वाचनका लागि बालसाहित्य प्रतिष्ठान नेपालका अध्यक्ष लेखक कार्तिकेय घिमिरे र बालकविता लेखन तथा वाचनका लागि कवि देवु लुइटेलले प्रशिक्षण दिनुभएको थियो ।
विश्व पुस्तक दिवसका अवसरमा बालसाहित्य प्रतिष्ठान नेपालद्वारा आयोजित कार्यक्रममा कक्षा ६, ७ र ८ मा अध्ययनरत ७५ जना बालबालिकाहरुले भाग लिनुभएको थियो ।
विद्यालयमा आयोजित सिर्जनात्मक लेखन कार्यशालाले बालबालिकाले भाषिक सिपको विकासमा सहयोग पुगेको क्वालिटी स्कुलका संस्थापक प्रिन्सिपल जी.बी. खड्काले बताउनुभयो । मन्तव्यका क्रममा उहाँले विद्यालयले लेखकसँग भेटघाट तथा छलफल र सिर्जनात्मक लेखन तालिम कार्यक्रमहरुलाई विद्यालयको वार्षिक अतिरिक्त क्रियाकलाप कार्यक्रमको क्यालेन्डरमा नि समावेश गरी विविध कार्यक्रम गर्दै आएको छ भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *