अस्ट्रेलियन लेखक लुइक डेविसकाे नयाँ बालपुस्तक

Featured Highlights राष्ट्रिय विद्यालय समाचार समाचार

नेपालमा बसेर नेपाली किम्बदन्ती र जातक कथामा आधारित नयाँ नाैलाे शैलीमा सुन्दर बालकथाकृति रचना गर्दै आउनुभएका अस्ट्रेलियन लेखक एवम् लिङ्कन स्कुलका शिक्षक लुइक डेविसद्वारा लिखित तेस्रो कृति माचिङ र यती बजारमा आएको छ । कला सिर्जनामा ख्यातिप्राप्त चित्रकार रत्नसागर श्रेष्ठको चित्रकलामा सजिएको यस कृति मंसिर २७ गते शनिवार नेपाली घर होटल, ठमेलमा आयोजित एक समारोमा सार्वजनिक गरिएको छ ।

उक्त समारोहमा टोयस्टोरी स्क्रिन राइटर एलेस साकोलोले विशेष मन्तव्य दिनुभएको थियो । माचिङ नामक बाँदर पात्रको रोमान्चक यात्रा, रहस्यमय घटना र जातक कथाको सुन्दर कथानक मिसाएर बालोपयोगी साहित्य तयार गर्दै आउनुभएका लेखक डेविस लामो समयदेखि नेपालमा वसोवास गर्दै अंग्रेजी भाषामा लेख्दै आउनुभएका लेखक हुनुहुन्छ । उहाँका यसअघि प्रकाशित दुई कृतिहरु पनि बालबालिकाले अत्यन्त रुचाउनु भएको थियो । यसअघिका दुई कृति मोटो गाता संस्करणमा प्रकाशित भएका थिए भने यस पटक भने पातलो गाता संस्करणमा प्रकाशित भएकाे छ ।

कृति विमोचन समारोहमा विभिन्न विद्यालयका प्रिन्सिपल, साहित्य सिर्जनामा रमाउने विदेशी र स्वदेशी सर्जक, बाैद्ध धर्म गुरु, विद्यार्थी एवम् नेपाली बालसाहित्यको क्षेत्रमा काम गरिरहेका लेखक र चित्रकारहरुको उपस्थिति रहेको थियो । बज्र बुक्स, ठमेलबाट प्रकाशित लेखक डेविसको विमोचित कृतिको मूल्य एक हजार रुपियाँ रहेका छ । यसअघि प्रकाशित भाग १ र २ को मूल्य प्रति पुस्तक रु १५०० रहेको छ ।

लेखक डेविससँग विद्यालयका बालबािलकासँग लेखक भेटघाट कार्यक्रम पुस २ गते फिनिक्स स्कुल सानेपा, ललितपुरमा आयोजना हुने भएको छ । यस कार्यक्रममा लेखकका तीनवटा किताब पढ्नुभएका बालबालिकाहरुले लेखकसँग आफ्ना मनका कुरा गर्दै विशेष छलफल गर्नुहुने फिनिक्स स्कुलका प्रिन्सिपल सिर्जना केसीले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *