–अनन्य राज सापकोटा, कक्षा : ५ ‘ग’, ग्लोबल कलिजिएट स्कुल, रानीपौवा, पोखरा
सानो सानो उमेर
सानै छन् यी रहर
फिँजाई मनका पखेटा
कोर्न मन छ गोरेटा ।
बाँड्न मन छ सबैलाई
सुख, शान्ति, समृध्दि
हेर्न मन छ आँखाका
तस्बिर ठुला आशाका ।
सुख, दुःख जीवनमा
हुन्छन् नसा, नसामा
मिहिनेत गरौँ मिलेर
जिउला भोलि डटेर ।
आज गरे अल्छी
हुन्छ भोलि अँध्यारो
हाम्रा आनीबानी नै
हुन्छन् मुख्य अति नै ।
देखे आज सपना
भोलि बन्छ विपना
पूरा होलान् भनेर
साँचेको छु रहर।

