अपाङ्गता भएका बालबालिकाको लागि आवाज

अपाङ्गता भएका बालबालिकाको परीक्षाा लिने प्रणालीमा सुधारकाे आवश्यता छ । यसमा सुधार गरिनुपर्छ किनकी याे सुधार नहुँदा बालअधिकार हनन् भइरहेकाे छ । यही महत्वपूर्ण विषयमा सराेकारवलाकाेआवाजलाई यहाँ प्रस्तुत गरिएकाे छ । श्री दयाराम महर्जन अपाङ्गता भएका बालबालिकाको स्राेत शिक्षक पनि हुनुहुन्छ । उहाँले अपाङ्गता सेवा केन्द्र, बुङ्गमती ललितपुरका अध्यक्षका रुपमा कार्यरत रही लामाे समयदेखि यस क्षेत्रमा काम गर्दै आउनुभएकाे छ ।

CONTINUE READING

वीर अस्पतालमा बर्न वार्ड

आगलागी वा विभिन्न कारणले जलेका विरामीको उपचारका लागि वीर अस्पतालमा बर्न वार्ड सञ्चालन गरिने भएको छ । वीर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डाक्टर सन्तोष पौडेलले तीन महिना भित्रमा सो वार्ड सञ्चालनमा ल्याउने बताउनुभयो ।  
वि.सं २०७२ को भूकम्पले वार्ड रहेको भवन भत्किएपछि सेवा बन्द भएको थियो । तीन महिनाभित्र बर्न वार्डसहित सघन उपचार कक्ष आइसियु र शल्यक्रिया कक्ष सञ्चालनमा ल्याउने तयारी सुरु भएको छ । अस्पतालले नयाँ भवनबाट वार्ड सञ्चालन गर्ने बताइएको छ ।

CONTINUE READING

वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धर सम्मानित

यस वर्षको युद्धप्रसाद स्मृति पुरस्कार वरिष्ठ बालसाहित्यकार एवं शिक्षासेवी शान्तदास मानन्धरलाई प्रदान गरिएको छ । युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानने आयोजना गरेको ३३औ युद्धप्रसाद मिश्र स्मृति दिवसका अवसरमा सम्मान तथा पुरस्कार वितरण गरिएको हो ।
साहित्यकार मानन्धरलाई ३१ हजार नगदसहित सो पुरस्कार प्रदान गरी सम्मान गरिएको हो । कार्यक्रममा प्रगतिवादी गणतन्त्रवादी कवि युद्ध्रप्रसाद मिश्रले पञ्चायती तानाशाही व्यवस्थामा पनि कविताको माध्यमबाट गणतन्त्र ल्याउनुपर्छ भनी नेतृत्व गर्नुभएको कुरा बताइएको थियो ।

CONTINUE READING

हाम्रो नेपाली सेनाले मादल बजाएर विश्व रेकर्ड बनायो

हाम्रो नेपाली सेनाले एकैपटक पाँच सय ५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान कायम गरेको छ ।  महाशिवरात्रि तथा सेना दिवसका अवसरमा २०७९ फागुन ६ गते सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्मालाई सेनाले मादलमा कायम गरेको कीर्तिमानको प्रमाणपत्र वर्ल्ड बुक अफ रेकर्ड्सका नेपाल प्रतिनिधिले हस्तान्तरण गर्नुभयो ।

CONTINUE READING

अमर आकाशका तीन बालकविता

गाउँमा माटोमा खेल्न पाइन्छ
रुखमुनि बस्न र अनौठा चराहरूको आवाज
सुन्न पाइन्छ । गाउँ जाँदा भूइँ काफल खोजेर खान रमाइलो हुन्छ । किम्बु खाएर जिब्रो निलो पार्दा पनि मज्जा आउँछ

CONTINUE READING

चर्चाको शिखरमा बालिका

उत्तर कोरियाली नेता किम जङ उनसँगै देखिएकी बालिका संसारभरि चर्चाको शिखरमा छिन् । यी बालिका उत्तर कोरियाका शक्तिशाली नेता किम जङ उनकी छोरी हुन् । उनी एक सातामा दोस्रो पटक सार्वजनिक रुपमा देखा परेकी हुन् । सार्वजनिक रुपमा बिरलै मात्रै नेता किमका परिवारका सदस्य देखिने गरेका छन् । त्यसले कतै उनी उत्तराधिकारी त हुने हैनन् भनेर अनुमान गरिएको छ ।

CONTINUE READING

विद्यालयका बालबालिकासँग लेखक

विद्यालयका बालबालिकासँग लेखक भेटघाट कार्यक्रम सम्पन्न भएकाे छ ।
सफलता शिक्षा सदन स्कुलमा अध्ययनरत २५ जना बालबालिकाहरु सहभागी हुनुभएको यस कार्यक्रममा आदरणीय लेखक सुशीला देउजाज्यूले भर्खरै प्रकाशित आफ्नो बालनियात्राकृति ‘अमेरिका दर्शन’ लेखनको अनुभवबारे बोल्नुभएको थियो ।

CONTINUE READING

हेटौँडामा तेस्रो बाल कला–साहित्य महोत्सव

नवोदय शिशु सदन विद्यालय, हेटौंडा स्कूल अफ म्यानेजमेन्ट र काठमाडौं पब्लिकेशनको आयोजनामा आगामी माघ २७ र २८ गते नवोदय प्राङ्गणमा महोत्सव हुन लागेको हो ।
महोत्सवमा कलाकार मदनकृष्ण श्रेष्ठ, पाकिस्तानी लेखक, कलाकार तथा शिक्षाविद् रुमना हुसेन, भारतीय लेखक, वृत्तचित्र निर्देशक समिना मिश्र, बाल साहित्यकार अनुराधा र नाटककार अशेष मल्ल सहभागी हुनुहुने भएको छ ।

CONTINUE READING

फुर्वा 

फुर्वा आज पनि सधैं झैँ विद्यालयबाट फर्केको छ। सात वर्षको ऊ अहिले दुई कक्षामा पढ्छ। घरायसी तथा आर्थिक समस्याका कारण बा-आमा जिउँदो भएर पनि टुहुरो भएको छ। जसकारण ऊ आफ्नो मामा माइजूसँग निस्सासिएर बस्न बाध्य छ । ऊ बिहान गाडीको पुच्छर भएर विद्यालय पुग्छ र पुच्छर भएरै घर आइपुग्छ ।

CONTINUE READING