ब्याक्टेरिया र भाइरसको सपना – डा. सरोज शाही

दिउँसो साथीहरुसँग घुम्न जाँदा ग्रीष्मले बाटोमा चट्पटे फोहोर पानी खाएको थियो । अहिले साँझ उसलाई बेस्सरी पेट दुख्न थाल्यो । चिसो वरफ पनि खाएको थियो । साँझ परेपछि उसलाई हनहन ज्वरौ पनि आउन थाल्यो । ग्रीष्मको आमा–बाबु चिन्तित हुन थाल्नुभयो । ग्रीष्म पनि पेट दुख्यो भनेर कराउन थाल्दा बाबाले डाक्टर अंकललाई फोन गर्नुभयो-

CONTINUE READING

श्रीलंकामा कागज किन्न नसक्दा परीक्षा नै रोकियो

आर्थिक अभावको सामना गरिरहेको श्रीलंकाले कागजको अभाव भएपछि विद्यालयका परीक्षा रद्द गरेको छ । श्रीलंकाले पश्चिमी प्रान्तमा सोमबारबाट सुरु हुने तय भएको परीक्षा कागज खरिद गर्न विदेशी मुद्रा नभएपछि अनिश्चितकालका लागि स्थगित भएको जनाइएको छ । 
श्रीलंकाली शिक्षा विभागले कक्षा ९, १० र ११ को राष्ट्रिय परीक्षा वर्षको अन्तिममा लिँदै आएका थिए । तर, यसपालि प्रश्नपत्र नै छाप्न नसकिने अवस्था आएपछि विद्यार्थीलाई परीक्षा नै नलिई अर्को कक्षामा बढुवा गर्ने तयारी गरिएको छ ।

CONTINUE READING

चुनाव प्रचारमा विद्यालय, शिक्षक र विद्यार्थीको प्रयोग गर्न नपाइने

चुनावका समयमा विद्यालय बन्द हुने र त्यस क्रममा नाबालिगको प्रयोग नहुने भएकाले विद्यालयमा बुथ राखेर बालबालिकाको अधिकार हनन नहुने सहायक प्रवक्ता अर्यालको तर्क छ । बाल संरक्षण र बाल अधिकारमा क्रियाशील नागरिक संस्थाको राष्ट्रिय सञ्जाल बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) सहित विभिन्न संस्थाले आचारसंहितामा ती विषय समावेश गर्न गएकाे महिना आयोगका पदाधिकारीलाई सुझाव दिएका थिए । 

CONTINUE READING

अब अफगानिस्तानमा बालिका पनि विद्यालयमा जान पाउने

अफगानिस्तानको तालिवान सरकारले छात्रालाई पनि विद्यालय जान दिने निर्णय गरेको छ । अफगानिस्तानमा तालिवान सत्तामा आएसँगै छात्रालाई अध्ययन अध्यापनका लागि शैक्षिक संस्था जान रोक लगाइएको थियो ।
तालिवान सरकारको महिला विरोधी नीतिको सर्वत्र आलोचना भएपछि उनीहरुले निर्णय फिर्ता लिएको बताइएको छ । आलोचना, आग्रह र दवावका कारण महिला अधिकारको पुनर्वहाली गर्ने तालिवान सरकारको निर्णयप्रति संयुक्त राष्ट्र सङ्घले धन्यवाद ज्ञापन गरेको छ ।

CONTINUE READING

जलवायु परिवर्तनकाे कारण महिला र बालबालिका प्रभावित

नेपालले जलवायु परिवर्तनका कारणले तापक्रममा वृद्धिको असरले हिमाली शृङ्खलाहरुमा हिउँ पग्लिँदै गएको र त्यसले नदीहरुमा सुक्खापनको वृद्धि भएकाले जनजीवनमा गम्भीर असर पारेको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गरेको छ । जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि विकसित देशहरुले प्रदान गर्ने १०० अर्ब डलरको प्रतिबद्धता पूरा गर्न समेत नेपालले अनुरोध गरेको छ ।

CONTINUE READING

बालसाहित्य छलफल समूहमा अग्रजहरुकाे विचार

बालसाहित्यमा स्वैर कल्पना होइन यथार्थ प्रस्तुत गरिनु पर्छ । बालबालिकालाई विश्वासको आधार बनाएर मात्र पत्याउन सकिने कथावस्तुमा बालसाहित्य रचना गर्न सके राम्रो होला भन्ने ठान्दछु ।
– वरिष्ठ आख्यानकार गीताकेशरी

CONTINUE READING

होली – विद्याप्रसाद घिमिरे

हिन्दू पर्वहरूमध्ये हरेक वर्ष फागुन शुक्ल पूर्णिमा तिथिमा मनाइने होली महत्वपूर्ण पर्व हो । यो पर्व विशेषतः नेपाल र भारतमा उल्लासपूर्वक मनाइन्छ । वसन्त ऋतुमा पर्ने होलीमा रङ्को प्रचुर मात्रामा प्रयोग हुन्छ । विभिन्न रङ्हरू आपसमा दलेर र रङ्गिन पानी छ्यापेर मनाइने यो पर्व फागुन महिनाको पूर्णिमा तिथिमा पर्ने भएकाले यसलाई फागु पूर्णिमा पनि भनिन्छ ।

CONTINUE READING

चितीले खेल्यो होली – कार्तिकेय घिमिरे

सागरनाथ नाम गरेको एउटा घना जङ्गल थियो । त्यो जङ्गलमा बाघ, भालु, चितुवा, बाँदर र अरु थुप्रै ठूला साना जनावरहरु बस्थे । ठूला जनावरहरु साना जनावरसँग बोल्न पनि रूचाउँदैनथे । त्यसैले त्यस जङ्गलका साना जनावरहरु आफूभन्दा ठूलाहरुको माया र स्नेह नपाउँदा असाध्यै दुःखी थिए ।

CONTINUE READING