बाजुराकाे जिल्ला अस्पतालमा औषधिमा दश प्रतिशत छुट

सदरमुकाममा रहेको जिल्ला अस्पताल बाजुराले सञ्चालन गरेको फार्मेसीबाट औषधि किनेर लैजाने बिरामीलाई प्रत्येक औषधिमा पर्ने मूल्यको दश प्रतिशत छुट दिइने भएको छ । अस्पतालले चैत १७ गतेदेखि लागू हुने गरी अस्पतालमा उपचाररत र उपचार गर्न आएका बिरामीलाई औषधिमा दश प्रतिशत छुट दिने निर्णय गरेको हो । अस्पतालमा हाल ७० प्रकारका औषधि निःशुल्क पाइने र त्यसबाहेका औषधि किन्दा १० प्रतिशत छुट गर्ने निर्णय गरिएको जानकारी दिइयो ।

CONTINUE READING

मुस्ताङमा पर्यटक बढे

हिमालपारिको पर्यटकीय जिल्ला मुस्ताङमा कोभिड सङ्क्रमणको अवस्था सामान्य बन्दै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ । स्थलमार्ग र हवाईमार्गबाट गरी दैनिक करिब तीन हजार पर्यटक मुस्ताङ भित्रिन थालेपछि व्यवसायी उत्साहित बनेका छन् । साथै मुस्ताङको रौनक पनि फेरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्रका रूपमा रहेको मुस्ताङमा दैनिक १५ हवाई उडान हुन थालेको जोमसोम विमानस्थलले जनाएको छ ।

CONTINUE READING

स्थानीय चुनावमा कसलाई भोट दिने होला ?

यस पटक स्थानीय चुनावमा कसलाई भोट दिने होला ?
आज सिर्जनात्मक लेखनको कक्षामा कक्षा ७ का १५ वर्षका किशोरले यो प्रश्न सोधे । म एकछिन चुप लागेँ । फेरि सोचेँ, आज मैले यो कक्षा काेठाका बालबालिका र किशोरकिशोरीको मन्चबाट देशभरिका बालबालिका र किशोरकिशोरीहरुलाई केही कुरा भन्नै पर्छ । त्यसपछि मैले केही कुरा भनेँ । त्यही टिपोट यहाँ जस्ताको त्यस्तै प्रस्तुत गरेको छु :

CONTINUE READING

प्रभावकारी भयाे बालिका बचत कार्यक्रम

हलेसी तुवाचुङ नगरपालिकाले सुरु गरेको बालिका बचत कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कार्यक्रम सुरु भएयता हालसम्म नगरपालिका भरिका १ सय २९ बालिकाको नाममा बचत गर्ने काम भइसकेको छ । कार्यक्रम अन्तर्गत हालसम्म ४६ बालिकाको नाममा खोलिएको बचत खातामा दोस्रो किस्ता र ८३ जनाको खातामा पहिलो किस्ताबापतको रकम जम्मा भएको नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख इरन राईले जानकारी दिनुभयो ।

CONTINUE READING

गण्डकी प्रदेशका बालबालिकालाई टाइफाइड विरुद्धको खोप

गण्डकी प्रदेशमा जनस्वास्थ्यको समस्याका रुपमा रहेको टाइफाइड रोग विरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत् नै प्रदेशका ११ जिल्लाका पाँच लाख ६० हजार २२७ बालबालिकालाई पहिलोपटक टाइफाइड विरुद्धको खोप दिन लागिएको हो । बहुवर्षीय खोप कार्ययोजना सन् २०१७–२१ को लक्ष्यअनुरुप यही चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

CONTINUE READING

बेइजिङमा प्रदूषण घट्यो

चीनको राजधानी बेइजिङमा यस वर्ष प्रदूषण उल्लेख्य रुपमा घटेको छ । बेइजिङमा यस वर्षको पहिलो दुई महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा आधारभूत वायु प्रदूषण सूचकांकमा ३३.३ प्रतिशतले कमी आएको सरकारी तथ्याङ्कले देखाएको छ । जनवरी–फेब्रुअरीको अवधिमा यस शहरको प्रदुषणको २.५ औसत एकाग्रता (पीएम) प्रति घन मिटर ३४ माइक्रोग्राम रहेको बेइजिङ नगर पर्यावरण तथा वातावरण ब्यूरोले जनाएको छ ।

CONTINUE READING

अफगानिस्तानमा छात्राका लागि विद्यालय खुला गर्नुपर्ने माग गर्दै प्रदर्शन

अफगानिस्तानमा छात्रालाई पनि विद्यालयमा अध्ययन अध्यापनको व्यवस्था गर्नुपर्ने माग गर्दै प्रदर्शन गरिएको छ । अफगानिस्तानको राजधानी काबुलमा झण्डै दुई दर्जन महिलाहरुले “विद्यालय खोल” भन्ने माग गर्दै शनिबार प्रदर्शन गरेका हुन् । विद्यालयमा पढ्न, पढाउन पाउनु आफूहरूको आधारभूत अधिकार भएकाले विद्यालय जान पाउने व्यवस्था गर्नुपर्ने प्रदर्शनकारी महिलाहरूको माग छ ।

CONTINUE READING

पातमा प्राण – स्नेहलता राई, सिक्किम, भारत

फूलबारीमा डुल्न जाऊ
सुन्दर फूलहरु हेरेर आऊ
गमलामा पानी सधैं हाल
केही दिनमा फक्रन्छ फूल
तर यी सबै पौधाहरुका
तिमीले पात चुडाउँदा
दुख्छ साह्रै उनीहरुलाई ।

CONTINUE READING

गुन्जनमा ‘सम्पदा दर्शन’ माथि छलफल

नारी साहित्य संस्था गुन्जनको ८३ औं कोठे बैठकमा ‘सम्पदा दर्शन’ बारे छलफल भएकाे छ । यस पटक नियात्राकार सुशीला देउजाद्वारा लिखित बालनियात्रासंग्रह सम्पदा दर्शन भाग १ र २ माथि चर्चा भएकाे थियो ।
छलफलका क्रममा सम्पदा दर्शन भाग १ कृतिबारे बोल्दै समीक्षक माधव घिमिरेले नेपाली सम्पदाको गौरवमय गाथालाई बालनियात्राका माध्यमले बालबालिका समक्ष सरल र आकर्षक शैलीमा जानकारी प्रस्तुत गरिएको यो सुन्दर कृति हो भन्नुभयो । यस कृतिमा विश्वसम्पदा सूचीमा रहेका नेपालका दसवटा सम्पदा भ्रमणकाे चर्चा गरिएकाे छ ।

CONTINUE READING

दुर्लभ पन्छी चिरकालिज सङ्कटमा

दुर्लभ मानिने चिरकालिज पछिल्ला केही वर्षयता उचित वातावरणको अभावका कारण लोप हुने अवस्थामा छ । केही वर्षअघिसम्म पर्वतका उच्च पहाडी भेगमा प्रशस्तै सङ्ख्यामा पाइने चिरकालिज पछिल्लो समय मुस्किलले देख्न पाइन्छ । अवैध रूपमा चोरी शिकारी, वनजङ्गलमा आगलागी, बासस्थानको ह्रास र जनचेतना अभावका कारण यो पक्षी लोपोन्मुख अवस्थामा पुगेको हो । बिहान सूर्योदय हुनुभन्दा अगाडि र साँझमा सूर्यास्त भएपछि दिनको दुईपटक मात्र चिरचिर गरेर कराउने भएकाले यसलाई चिरकालिज भनिएको हो ।

CONTINUE READING