नेपालमा ११ लाख बालबालिका बालश्रमिक

नेपालमा पछिल्लो दशकमा बालश्रमको स्थितिमा सुधार त आएको छ तर अहिले पनि इँटाभट्टा, गलैँचा कारखाना र मनोरञ्जन लगायतका क्षेत्रमा ११ लाख बालबालिका बालश्रम गर्न बाध्य छन् । राष्ट्रिय योजना आयोगको केन्द्रीय तथ्याङ्क विभाग र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको संयुक्त प्रतिवेदन, २०२१ का अनुसार पाँचदेखि १७ वर्ष उमेर समूहका कूल ७० लाख बालबालिकामध्ये ११ लाख अर्थात् १५ दशमलव तीन प्रतिशत बालबालिका बालश्रमिक छन् । सन् २००८ मा १६ लाख बालबालिका बालश्रमिक रहेका थिए ।

CONTINUE READING

अफगानिस्तानमा तत्काल सहयोग नगरे १० लाख बालबालिकाको मृत्यु हुनसक्नेः युनिसेफ

अफगानिस्तानमा बालबालिकाहरुका लागि तत्काल ठुलो सहयोग नगरे दस लाख बालबालिकाको मृत्यु हुनसक्ने दावी गरिएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको राष्ट्रसंघीय बालकोष (यूनिसेफ) ले त्यहाँका बालबालिकाको जीवन खतरापूर्ण अवस्थामा रहेको चेतावनी दिएको हो । यूनिसेफले बालबालिकाको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विश्व समुदायले तत्काल सहयोग गर्नुपर्नेमा जोड दिएको छ ।
विषेश गरेर आधारभूत खाद्य सेवासमेत नभएकाले बालबालिकाहरुलाइ कुपोषण भएकाे छ ।

CONTINUE READING

दुधको मूल्य बढ्यो

दुग्ध विकास संस्थान (डीडीसी) ले दुधको मूल्य बढाएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै डीडीसीले प्रतिलिटर दुधको मूल्य रु नौ बढाइएको जनाएको हो । यसअघि दुधको उपभोक्ता मूल्य प्रतिलिटर रु ७६ रहेकोमा शुक्रबारदेखि बढेको मूल्य लागू भएर प्रतिलिटर रु ८५ पुगेको छ । डीडीसीको बुधबार बसेको सञ्चालक समितिको बैठकले दुधको मूल्य प्रतिलिटर रु ८५ निर्धारण गर्ने निर्णय गरेको थियो । बोर्डको निर्णयअनुसार डीडीसीले देशभर तीन थरी मूल्य निर्धारण गरेको छ ।
काठमाडौँ उपत्यकासहित विराटनगर, हेटौँडा र जनकपुरमा प्रतिलिटर रु ८५, बुटवल भैरहवामा प्रतिलिटर रु ८१ र नेपालगञ्ज तथा धनगढी क्षेत्रमा प्रतिलिटर रु ७९ मूल्य कायम हुनेछ ।

CONTINUE READING

भाग्यशाली अधिकारीको ‘हलीको छोरो’ पढेपछि

‘हलीको छोरो’ नामक बालकथा सङ्ग्रह साहित्यकार भाग्यशाली अधिकारीद्वारा लिखित कृति हो ।  यस सङ्ग्रहभित्र मेरो देश चिनाउने छु, म पनि ट्यूसन पढ्न जान्न, हलीको छोरो, कस्तो अचम्म, शैक्षिक भ्रमण  लगायत विभिन्न शीर्षकका १० वटा बालकथाहरु रहेका छन् । यी कथाहरु विभिन्न विषयसँग सम्बन्धित छन् ।

CONTINUE READING

जर्मनीको ग्यास भण्डारणको स्तर ‘चिन्ताजनक’

जर्मनीको ग्यास भण्डारण ‘चिन्ताजनक’ अवस्थामा झरेको जर्मनीले जानकारी गराएको छ । रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने आशङ्काले ऊर्जा आपूर्तिमा थप दबाब परेको जर्मनीको अर्थ मन्त्रालयकी प्रवक्ताले बुधबार बताउनु भएको हो । उहाँले सरकारको नियमित पत्रकार सम्मेलनमा प्राकृतिक ग्यास भण्डारण अहिले ३५–३६ प्रतिशत रहेको छ । अर्थ मन्त्रालयकी प्रवक्ताले भण्डारण तहको अवस्थाको अनुगमन गरिरहेका जनाउँदै चिन्ताजनक रहेको बताउनु भएको छ ।

CONTINUE READING

रुस कुटनीतिक माध्यमबाट युक्रेनको द्वन्द्व समाधान गर्ने पक्षमा

युरोपेली संघका लागि रुसी राजदूत भ्लादिमिर चिजहोभले रुस अझै पनि कुटनीतिक पहलमा युक्रेनको द्वन्द समाधान गर्ने पक्षमा रहेको बताउनु भएको छ । बिबिसीसँगको कुराकानीमा रुसी राजदूत चिजहोभले मस्कोको कसै माथि पनि आक्रमण गर्ने मनसाय नरहेको स्पष्ट पार्दै युद्धका लागि बारम्बार उक्साएमा सोच परिवर्तन हुनसक्ने भन्दै चेतावनी समेत दिनुभयो । युक्रेनका विषयमा गत सोमबार र मंगलबार भएका कुटनीतिक गतिविधिपछि रुसको यस्तो भनाइ आएको हो ।

CONTINUE READING

स्पेनी नरेशलाई कोभिड सङ्क्रमण

स्पेनका राजा फिलिप छैठौंलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको स्पेनी दरबार स्रोतले जानकारी गराएको छ । उहाँलाई कोभिड सङ्क्रमण पुष्टि भए पनि सामान्य लक्षणहरू मात्र महशुस भएको बताइएको छ । सङ्क्रमणका हल्का लक्षणहरू देखिएपछि ५४–वर्षीय राजाले मङ्गलबार कोभिड सङ्क्रमण परीक्षण गराउनुभएको थियो । उहाँ एक हप्तासम्म अलग्गै बस्नुहुने र यस अवधिमा आफ्नो आवासबाट ‘आफ्ना संस्थागत क्रियाकलापहरू’ गर्नुहुने बताइएको छ ।
स्पेनी नरेशले बुधबार नै म्याड्रिडमा बोस्नियाली राष्ट्रपतिका क्रोएसियाली प्रतिनिधि जेल्ज्को कोमसिकसँग भेटवार्ता गर्नुभएको थियो । राजा फिलिपले २०२१ मे महिनामा कोभिड–१९ विरूद्धको पहिलो मात्रा खोप लगाउनुभएको दरबारका अधिकारीले बताएका छन् ।

CONTINUE READING

डोटीमा सेताम्मे हिउँले पर्यटक तान्याे

डोटीमा गत बिहीबार रातिदेखि परेको हिमपातका कारण यहाँका  डाँडाकाँडा सेताम्मे भएका छन् । कुनै बेला सुक्खा देखिने यहाँका डाँडाकाँडाहरु पछिल्लो समय हिमपात भएपछि सेताम्मे भएका हुन् । तिनै सेताम्मे डाँडाकाँडाले अहिले आन्तरिक पर्यटकलाई आकर्षित बनाएको छ । हिउँ खेल्नकै लागि यहाँका डाँडकाँडामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।

CONTINUE READING

याक एण्ड यती सञ्चालनको इजाजत रद्द

काठमाडौँमा रहेको याक एण्ड यती होटलको नाममा सञ्चालित क्यासिनोले राज्यलाई बुझाउनु पर्ने रु ४२ करोड रोयल्टी नबुझाएको भन्दै सो होटलको पाँच तारे वर्गीकरण र क्यासिनो सञ्चालनको इजाजत रद्द गरिएको छ । सरकारलाई बुझाउनुपर्ने रोयल्टी पटक पटक ताकेता गर्दा पनि नबुझाएकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा सो इजाजत रद्द गरिएको  हो ।  

CONTINUE READING

पशुपतिनाथ मन्दिर माघ २८ गतेदेखि खुला हुने

कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर माघ २८ गते शुक्रबारदेखि खुला हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले जारी गरेको सूचनामा जिल्ला प्रशासन कार्यालय काठमाडौँको माघ २३ गतेको आदेशानुसार मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख भएकाले मन्दिर खुला गर्न लागिएको हो ।

CONTINUE READING