विद्यालय खुल्याे

कोभिड–१९को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था आजबाट खुलेका छन् । आजबाट विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा संचालन हुनेछ । विद्यालय सञ्चालन गर्दा १२ वर्ष माथिका विद्यार्थीलाई  नियमित रूपमा र १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्नु पर्नेछ । आज देखि त्रिभुवन विश्वविद्यालयका पठनपाठन र परीक्षा पनि संचालन हुने भएको छ ।

CONTINUE READING

किशोर पहाडीको बाल्यकाल

आदरणीय लेखक किशाेर पहाडी राम्रा कथाहरु लेख्नुहुन्छ। उहाँ नेपाली साहित्यको क्षेत्रमा समर्पित वरिष्ठ कवि र कथाकार हुनुहुन्छ । अग्रज लेखक पहाडीको रमाइलो बाल्यकाल यस अंकमा हामीले प्रस्तुत गरेका छौं । उहाँ बाल्यकालको सम्झना सुनाउँदै भन्नुहुन्छ :
मैले पढेको पहिलो स्कूल हो- काठमाडौँको डिल्लीबजारमा अवस्थित “विजय मेमोरियल हाईस्कूल” ।

CONTINUE READING

भक्तपुर अस्पतालमा बालबालिकाका लागि आइसियु सेवा सुरु हुन १ सय १९ वर्ष लाग्याे

भक्तपुर अस्पताल स्थापनाको १ सय १९ वर्षपछि पहिलोपटक बालबालिकाका लागि आइसियु सेवा आइतबारदेखि सुरु हुने भएको छ । अस्पतालमा वर्षौदेखि प्रसूति वार्ड सञ्चालनमा रहे पनि बालबालिकाका लागि आइसियु सेवा नहुँदा आकस्मिक अवस्थामा आमा र बच्चालाई अन्य अस्पताल रिफर गर्नुपर्ने अवस्था थियो । अब सो अवस्थाको अन्त्य हुने भएको छ । भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले अस्पतालमा पहिलोपटक बच्चाका लागि भेन्टिलेटर सहितको एनआइसियु सञ्चालनमा ल्याउन सफल भएको बताउनुभयो ।

CONTINUE READING

बालअधिकार तथा बाल संरक्षण प्रणालीको सुदृढीकरण गर्नुपर्छ

राष्ट्रिय ज्ञान सम्मेलनले बालश्रम अन्त्यका लागि बालअधिकार तथा बाल संरक्षण प्रणालीको विस्तार र सुदृढीकरण गर्नुपर्ने लगायत पाँच बुँदे सिफारिस गरेको छ । स्वतन्त्रता अभियान नेपालले विश्व शिक्षा लगायतका विभिन्न संस्थासँगको सहकार्यमा आयोजित दुई दिने सम्मेलनमा सहभागी बाल अधिकार प्रवद्र्धनकर्ताले बालश्रम अन्त्य गर्न सम्बन्धित र सरोकारवाला संस्था, निकाय, नागरिक समाजले गर्नुपर्ने क्रियाकलाप, सहकार्य र समन्वयबारे उल्लेख गरिएको छ ।

CONTINUE READING

जनकपुरमा हराएका बालबालिका भेटिए

प्रहरीले हराएका दुई बालबालिकालाई धनुषाको जनकपुरधामबाट फेला पारेर अभिभावकको जिम्मा लगाएको छ । सिरहाको बरियारपट्टी गाउँपालिका–२ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–१४ मनिपालबाट हराएका दिपिका दासका पाँच वर्षीय छोरा दीक्षान्त र सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ का बुधनु मुखियाकी ६ वर्षीया छोरी सोनीकुमारीलाई जनकपुरधामबाट फेला पारी अभिभावकको जिम्मा लगाएको छ । दीक्षान्तलाई जनकपुरधाम–९ स्थित थापा चौकबाट र सोनीलाई जनकपुरधामस्थित पुल चोकबाट शुक्रबार फेला पारी अभिभावकको जिम्मा लगाएको प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

CONTINUE READING

युक्रेनद्धारा रुसले समुद्रको पहुँचमा रोक लगाएको आरोप

युक्रेनले आफ्नो मुलुकलाई रुसले समुद्रको पहुँचमा रोक लगाएको आरोप लगाएको छ । रुसले आगामी साताका लागि तय गरेको नौसेना अभ्यासका लागि युक्रेनलाई समुद्र माथिको पहुँचमा रोक लगाएको आरोप छ । युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले अजोभ सागर पूर्ण रूपमा अवरुद्ध गरिएको र ब्ल्याक सीलाई रुसी सेनाले लगभग पूर्ण रूपमा ढाकेको बताउनु भयो ।
रुसले बारम्बार युक्रेनमाथि आक्रमण गर्ने कुनै योजना नरहेको जनाउँदै आएको छ । तर युक्रेनको सीमानामा १ लाखभन्दा बढी सैनिक तैनाथ राखेको छ ।

CONTINUE READING

जर्मनीमा कोरोना संक्रमण विश्वमै सबैभन्दा उच्च

युरोपेली मुलुक जर्मनीमा कोरोना भाइरसको संक्रमण अहिले विश्वमै सबैभन्दा उच्च छ । जर्मनीमा पछिल्लो २४ घन्टामा २ लाख ४७ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । विश्वमै उच्च संक्रमण रहेका अमेरिका, फ्रान्स, रुस जस्ता मुलुकमा अहिले संक्रमण २ लाखभन्दा निकै तल झरेको छ । अन्य युरोपेली मुलुकमा संक्रमण उच्च भएका बेला पनि संक्रमण निकै तल रहेको जर्मनीमा ‌ओमिक्रोन संक्रमणले व्यापक रुपमा फैलाएको छ । कोरोना विरुद्धको खोप लगाउन नागरिकहरुले आनाकानी गर्नु र स्वास्थ्य सावधानीका मापदण्डको पालना नगर्दा जर्मनीमा संक्रमण उच्च भएको छ ।

CONTINUE READING

बेलायतमा तोकिएको समयअगाडि नै प्रतिबन्धहरु हटाइने

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले यसअघि तोकिएको समयभन्दा पनि अगाडि नै बेलायतमा कोरोनाका विरुद्धमा लगाइएको प्रतिबन्ध हटाउने बताउनु भएको छ । संक्रमण उल्लेख्य मात्रामा घटेपछि बेलायती प्रधानमन्त्री जोनसनले सो घोषणा गर्नुभएको हो । बेलायतमा आगामी मार्च २४ सम्मका लागि कोरोना भाइरस विरुद्ध प्रतिबन्धहरु लगाइएको छ । तर त्यस अगाडि नै सबै प्रकारका प्रतिबन्धहरुलाई फुकुवा गर्ने तयारी सरकारले थालिसकेको छ ।

CONTINUE READING

आजबाट पशुपति नाथ मन्दिर खुल्यो

कोरोना संक्रमण बढेपछि बन्द रहेको पशुपतिनाथ मन्दिर आज माघ २८ गतेदेखि खुला गरिएको छ । तोकिएको न्यूनतम स्वास्थ्य मापदण्ड पालना गरी सर्वसाधारणका लागि मन्दिर खुला गरिएको हो । पशुपति क्षेत्र विकास कोषका अनुसार एक पटकमा ५० जनाभन्दा बढी भीड नहुने गरी दैनिक पूजाआजा र दर्शन गर्न आग्रह गरिएको छ । गत माघ ५ गतेदेखि मन्दिर बन्द गरिएपछि दैनिक नित्य पूजा बाहेक सर्वसाधारणका लागि मन्दिर बन्द गरिएको थियो ।

CONTINUE READING

रसुवामा तातोपानीको मूल सुक्यो

उत्तरी रसुवाको चिलिमेस्थित गोङ्गाङ माथिको तातोपानी मूल पुनः सुकेको छ । गानुगोला, टाउको दुख्ने, शरीर चिलाउने र दमजस्ता रोगको समस्या भएका व्यक्तिले औषधिका रूपमा प्रयोग गर्दै आएको पानीकाे मूल सुकेपछि नुहाउन तथा लामो समय डुबुल्की मार्न नपाउने भएका छन् ।  विसं २०७२ को भूकम्पसँगै विलय भएको तातोपानीको मूल पाँच वर्षपछि गत भदौमा यथास्थानमै फर्किए पनि सुक्खायामसँगै केही दिन अगाडि उक्त मूल पुनः सुकेको स्थानीय बासिन्दाले बताएका छन् ।

CONTINUE READING