धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म आगामी महिनादेखि रेल चल्ने
धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा संचालन हुने खबरले यतिबेला धनुषाका एक दर्जन गाउँका स्थानीयवासी हर्षित भएका छन् । रेलमा चढ्ने वर्षौदेखिको आफूहरुको सपना साकार हुने भयो भन्दै स्थानीय हर्षित भएका हुन् । धनुषाको जनकपुरधाम उपमहानगरपालिका, औरही गाउँपालिका र जनकनन्दनी गाउँपालिकासहितको विभिन्न स्थानीय तहका एक दर्जन गाउँका स्थानीयवासी रेलसेवाबाट प्रत्यक्ष लाभाम्वित हुनेछन् ।
CONTINUE READING
