खडेरीले तान्जानियामा तीन लाखभन्दा बढी जनावर मरे

पाँच महिना लामो खडेरीका कारण तान्जानियामा घर पालुवा गाई, बाख्रा, भेडा गधासहित तीन लाख छ हजार ३५८ जनावरको मृत्यु भएको पशुपालन तथा मत्स्य पालन मन्त्रालयले जनाएको छ । पशुपालन तथा मत्स्य पालन मन्त्री माशिम्बा एनडिकीले जनवरीमा मन्त्रालयका विशेषज्ञहरूले गरेको आँकलन अनुसार लामो सुक्खाको कारण पानी र चरनको अभावले गर्दा सेप्टेम्बर २०२१ देखि जनवरी २०२२ अन्त्यसम्ममा ती जनावरहरू मरेको जनाइएको छ ।

CONTINUE READING

द्वन्द्वको असरले युक्रेनी बालबालिकाको मानसिक स्वास्थ्यमा असर गरेको युनिसेफको भनाइ

यूक्रेनमाथि आक्रमण हुने चर्चाले युक्रेनका बालबालिकाको मानसिक स्वास्थ्यमा असर परेको छ । संयुक्त राष्ट्रसंघीय निकाय यूनिसेफले द्वन्द्वको विषयले बाल मनोविज्ञानमा ठुलो असर पारेको जनाएको छ । युद्ध भयो भने के हुन्छ होला ? त्यतिबेला आफूहरु कसरी बाँचिन्छ होला ? आफन्तहरुलाई केही भयो भने के गर्नेहोला ? भन्ने जस्ता प्रश्नले बालबालिकालाई सताउने गरेको युनिसेफले उल्लेख गरेको छ ।

CONTINUE READING

विश्वकाे सर्वोच्च शिखर सगरमाथामा तीव्र गतिमा हिउँ पग्लियो

जलवायु परिवर्तनका कारण विश्वकै सर्वोच्च शिखर सगरमाथाको हिउँ पग्लिने क्रम अहिलेसम्मकै तीव्र भएको हालै गरिएको एक अध्ययनले देखाएको बिबिसीले जनाएको छ । माइन विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनले सगरमाथाको दक्षिणी मोहडामा विगत २५ वर्षमा ५४ मिटर हिउँको मोटाई घटेको तथ्य फेला पारेको छ । समुद्र सतहबाट ७ हजार ९ सय मिटरको उचाईमा रहेको ग्लासियर ८० गुना छिटो पातलिँदै गएको पनि अध्ययनले देखाएको छ ।

CONTINUE READING

स्वीडेनमा कोरोना संक्रमण घट्यो, प्रतिबन्ध हटाइने

स्वीडेनमा कोरोना भारइरसको संक्रमण तीब्र रुपमा फैलिन थालेपछि संक्रमण नियन्त्रणका लागि लागू गरिएका प्रतिबन्धात्मक व्यवस्थाहरु हटाइने भएको छ । कोरोनाको महामारी नियन्त्रणमा आउँदै गएको र खोप कार्यक्रम पनि प्रभावकारी रुपमा संचालन गरिएकाले आगामी फेब्रुअरी ९ देखि लागू हुने गरी सबै प्रतिबन्धात्मक व्यवस्थाहरु हटाउने निर्णय भएको हो । संक्रमण घट्न थालेसँगै युरोपका धेरै देशमा लागू गरिएका प्रतिबन्धात्मक व्यवस्थाहरु हटाउन थालिएको छ ।

CONTINUE READING

मोरक्कोमा इनारमा खसेका ५ वर्षीय बालक उद्दार गरिँदै

मोरक्कोमा ३२ मिटर लामो साँघुरो इनारमा खसेका पाँच वर्षीय बालकको उद्दारको प्रयास जारी छ । मोरक्कोको उत्तरी पर्यटकीय गाउँ चिफचाउएनमा मंगलबार साँझ ती बालक इनारमा खसेका थिए । इनार साँघुरो भएकाले उद्दारकर्ताहरुले बालक खसेको इनार नजिकै त्यस्तै अर्को प्वाल बनाएर रायन नाम गरेका ती बालकसम्म पुग्ने प्रयास गरिरहेका छन् । उद्दार कार्यका लागि ५ वटा बुलडोजरको प्रयोग गरिएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । इनार खन्ने काम तीब्र गतिमा भइरहेको बताइएको छ । साँघुरो इनार बनाउनु पर्ने भएकाले काम केही ढिलो भएको बताइएको छ ।

CONTINUE READING

मौसम बदलीसँगै उपत्यकासहित मुलुकभर वर्षा र हिमपात

पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यका सहित मुलुकभर हल्का वर्षा भइरहेको छ । देशभर सामान्यदेखि पूर्ण बदली भई धेरैजसो स्थानहरुमा मेघगर्जन/चटयाङ सहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्षासँगै देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ । यसै क्रममा बिहीबार रातीदेखि काठमाडौं वरपरका चन्द्रागिरी, फुलचोकी, शिवपुरी लगायतका डाँडामा हिउँ परेको छ ।

CONTINUE READING

तुलसीपुरमा घरैपिच्छे होम स्टे निर्माण

दाङको पर्यटकीयस्थल तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा घरैपिच्छे होमस्टे निर्माण गरिएको छ । त्यहाँ अहिलेसम्म सात होमस्टे निर्माण गरिएको स्थानीय प्रविर पुनले बताउनुभयो । यस क्षेत्रमा १० वटा होमस्टे सञ्चालनको तयारी भइरहेको छ । अहिलेसम्म सात होमस्टे दर्ता गरिएको छ ।  वि.सं २०७६ देखि त्यहाँका स्थानीयवासीले होमस्टे सञ्चालनमा ल्याएका हुन् । त्यहाँको पर्यटकीय, धार्मिक तथा ऐतिहासिक महत्व अवलोकनका लागि पर्यटक आउने गरेका छन् ।

CONTINUE READING

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म आगामी महिनादेखि रेल चल्ने

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा संचालन हुने खबरले यतिबेला धनुषाका एक दर्जन गाउँका स्थानीयवासी हर्षित भएका छन् । रेलमा चढ्ने वर्षौदेखिको आफूहरुको सपना साकार हुने भयो भन्दै स्थानीय हर्षित भएका हुन् । धनुषाको जनकपुरधाम उपमहानगरपालिका, औरही गाउँपालिका र जनकनन्दनी गाउँपालिकासहितको विभिन्न स्थानीय तहका एक दर्जन गाउँका स्थानीयवासी रेलसेवाबाट प्रत्यक्ष लाभाम्वित हुनेछन् ।

CONTINUE READING

मेलम्चीकाे तेर्से माध्यमिक विद्यालयलाई सहयोग

गत असार १ गते र त्यसपछिका दिनमा आएका बाढीका कारण भौतिक संरचनामा आंशिक क्षति भई उच्च जोखिममा रहेको मेलम्ची नगरपालिका–६ स्थित श्री तेर्से माध्यमिक विद्यालयलाई सहयोग गरिने भएको छ । अत्याधुनिक प्रविधियुक्त फिल्टरसहितको शुद्ध पिउने पानी व्यवस्थापन गरेर विद्यालयको भौतिक पुनःव्यवस्थापनका निम्ति रु १२ लाख २५ हजार सहयोग रकम हस्तान्तरण गरिएको छ ।

CONTINUE READING

अफगानिस्तानमा पढ्ने बानीको विकासका लागि पढ्ने प्रतिस्पर्धा

अफगानिस्तानका पुस्तकालयहरुले यहाँका नागरिकमा पढ्ने बानीको विकास गर्ने कार्यक्रहरुको आयोजना गरिरहेका छन् । उनीहरुले सर्वसाधारण नागरिकलाई पुस्तक पढेमा बौद्धिक विकास हुने र नागरिकमा ज्ञान बढ्ने सन्देशहरु दिइरहेका छन् । यस्ता सन्देशहरु दिँदै ती पुस्तकालयहरुले पुस्तक पढ्ने प्रतिस्पर्धाको पनि आयोजना गर्ने गरेका छन् । यस्तै प्रतिस्पर्धाको आयोजना हालै राजधानी काबुलको फायाजी पुस्तकालयले गरेको थियो ।

CONTINUE READING