सोनाम ल्होसार अर्थात् नयाँ वर्ष

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइयाे । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

CONTINUE READING

शर्मिला खड्का (दाहाल) को बाल्यकाल

आदरणीय लेखक शर्मिला खड्का (दाहाल) वरिष्ठ बालसाहित्य लेखक हुनुहुन्छ । आख्यान लेखनमा सुपरिचित लेखक शर्मिलाको रमाइलो बाल्यकाल यस अङ्कमा हामीले प्रस्तुत गरेका छौँ । उहाँ आफ्नो बाल्यकालको अनुभव सुनाउँदै भन्नुहुन्छ :
मेरो जन्म धरानको भोटेपुल भन्ने ठाउँमा भएको हो । हाम्रो घरअगाडि ठुलो चौडा भएको फराकिलो बाटो थियो । यो बाटोलाई धनकुटे रोड भनिन्थ्यो । पहिला धनकुटा जानलाई यही बाटो खनेको थियो रे सडक विभागले ।

CONTINUE READING

विश्वभरि नै कोरोनाको संक्रमण दर घट्यो

विश्वभरि नै कोरोना संक्रमण दर विस्तारै घट्न थालेको छ । पछिल्लो २४ घन्टामा विश्वभर थपिने नयाँ संक्रमितको संख्या २० लाखमा झरेको छ । यो संख्या अघिल्लो साता ३२ देखि ३५ लाख रहेको थियो । विश्वमै उच्च संक्रमण दर र मृत्युदर रहेको संयुक्त राज्य अमेरिकामा संक्रमण दर र मृत्युदर दुबैमा उल्लेख्य कमी आएको छ । बितेको २४ घन्टामा अमेरिकामा ७२ हजार बढी नयाँ संक्रमित थपिए । अघिल्लो सातासम्म अमेरिकामा एकै दिनमा ७ लाखभन्दा बढी नयाँ संक्रमित थपिने गरेका थिए ।

CONTINUE READING

क्यानडामा खोप अनिवार्य गरिएपछि प्रदर्शन

अमेरिका र क्यानडाको सीमा वारपार गर्न कोरोना विरुद्धको खोप अनिवार्य गरिएपछि क्यानडाका ट्रक चालकहरुले विगत दुई दिनदेखि राजधानी ओटावामा प्रदर्शन गरिरहेका छन् । तथाकथित स्वतन्त्रता संग्राम नाम दिइएको अभियानमा  हजारौं प्रदर्शनकारी सहभागी भएका छन् । प्रदर्शनमा स्वास्तिक झण्डा, चिहान माथि महिलाको नृत्य र सैनिकको भेषमा गैरसैनिक पनि देखिएपछि प्रहरीले थप अनुसन्धान गर्ने जनाएको छ ।

CONTINUE READING

हुम्लाका अतिविपन्न सुत्केरीआमालाई सहयोग

जिल्लाका अति विपन्न सुत्केरीलाई आर्थिक सहयोग गरिएको छ । जिल्ला अस्पताल हुम्लाका नर्स केसाङ डोल्मा लामाले विभिन्न सामाजिक संस्थाको आर्थिक सहयोगमा जिल्लाका उनीहरुलाई चामल, दाल, नुन, चिनी, तेल र अण्डा सहयोग गरिएको जानकारी दिनुभयो । जिल्ला अस्पतालमा सुत्केरी भएकामध्ये विपन्नलाई तीन हजार ७ सय ५० रुपैयाँ बराबरको आर्थिक सहयोग गरिएको उहाँले बताउनुभयो ।

CONTINUE READING

बेनी अस्पतालमा जनशक्ति अभावले महत्वपूर्ण उपकरण थन्कियाे

म्याग्दीको बेनी अस्पतालमा स्थापना भएको भेन्टिलेटर सहितको सघन उपचार कक्ष (आइसियू) प्रयोगमा आउन सकेको छैन । करोडौं खर्चेर जडान गरिएका ती महत्वपूर्ण उपकरण सञ्चालन गर्ने दक्ष जनशक्ति नभएर थन्किएका हुन् । गम्भीर प्रकृतिका बिरामीलाई जिल्लामै सर्व सुलभ उपचारको व्यवस्था मिलाउन गण्डकी प्रदेश सरकारले विसं २०७६ असारमा अस्पतालमा रु. एक करोड २५ लाख खर्चेर दुई वटा भेन्टिलेटर सहित पाँच शैया क्षमताको आइसियू कक्ष स्थापना गरेको थियो ।

CONTINUE READING

शैक्षिक भ्रमणको खर्च जुटाउन मकर मेलामा ‘खाजा घर’

काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नं ७ पुरानो बजारस्थित पनौती आधारभूत विद्यालयलमा  कक्षा ८ मा अध्ययनरत अस्मिता खनाल योमरी बनाउन र वितरण व्यस्त छिन् । विद्यालयले मकर मेला लक्षित ‘खाजा घर’ सञ्चालन गरेपछि उनी सहित सो विद्यालयमा अध्ययनरत छात्रछात्रा करिब दुई सातादेखि काममा व्यस्त भएका हुन् । पनौती –४ ज्यापाटीका रञ्जिता थोकर पिठो मुछेर योमरी बनाउँदैमा दिनभर व्यस्त हुन्छिन् ।

CONTINUE READING

मगर-नेवार समुदायलाई बाजा सहयोग

आदिवासी जनजाति समन्वय समिति रामपुरले कला संस्कृतिको संरक्षण एवं प्रवद्र्धन गर्न यहाँका मगर नेवार समुदायलाई मौलिक वाद्यवादन सामग्री सहयोग गरेको छ । समितिले रामपुर नगरपालिकाका १४ मगर समूहलाई एक-एक थान मादल र खैजडी चाप, नेवार समूहलाई ढोलक र झ्याली प्रदान गरेको हो । सो अवसरमा समितिका अध्यक्ष ईश्वरी श्रेष्ठले पुर्खौली पेसालाई निरन्तरता दिन वाद्यवादनका सामग्री समूहलाई उपलब्ध गराएको बताउनुभयो ।

CONTINUE READING

तनहुँका बालबालिकालाई मोडर्ना खोपको दोस्रो मात्रा दिइने

तनहुँका बालबालिकालाई कोरोना विरुद्धको मोडर्ना खोपको दोस्रो मात्रा दिइने भएको छ । यस अगाडि नै पहिलो मात्रा लगाइसकेका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको हो । जिल्लामा गत पुस ८ देखि १३ गतेसम्म मोडर्ना खोपको पहिलो मात्रा दिइएको थियो । व्यास नगरपालिकाले आजदेखि २० गतेसम्म विद्यालयमै खोप अभियान सञ्चालन गर्न लागेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो ।
यसक्रममा हालसम्म एक पटक पनि खोप नलगाएका बालबालिकालाई पनि खोप लगाइने उहाँले बताउनुभयो ।

CONTINUE READING

‘विनयशील विनय’ अध्ययन गर्दा

            साहित्यकार विजयराज आचार्यले लेख्नुभएको विनयशील विनय नामक जीवनीसङ्ग्रह २०७७ सालमा प्रकाशित भएको छ । यस सङ्ग्रहभित्र पाल्पामा जन्मेर रिडीमा बाल्यकाल,  जोगीको सङ्गत, गुल्मीको ठिटो बाग्लुङमा बिहे, अड्किदै अघि बढेको शिक्षा लगायत विभिन्न शीर्षकका १३ वटा साहित्यकार विनय कसजूका बारेमा लेखिएका सामाग्रीहरु राखिएका छन् ।

CONTINUE READING