आज सहिद दिवस

प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइयो ।
माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदैआएको छ। विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो।

CONTINUE READING

पाकिस्तानमा खतरनाक ‘भिडियो गेम’ लाई प्रतिबन्ध लगाउन सिफारिस पठाउने निर्णय

पाकिस्तानको प्रहरीले पञ्जाब प्रान्तको लाहोर जिल्लामा एक युवाले आफ्नी आमा र तीन भाइबहिनीको गोली हानी हत्या गरेपछि पबजीलगायत खतरनाक भिडियो गेममा प्रतिबन्ध लगाउनका लागि प्रान्तीय र संघीय सरकारलाई सिफारिस पठाउने निर्णय गरेको छ । पञ्जाब प्रहरीका प्रवक्ताले देशका बालबािलका र युवा पुस्तालाई उनीहरूको हानिकारक प्रभावबाट जोगाउन सकियोस् भनेर गोली हानाहान र हिंसाको बढ्दो प्रवृत्ति सिकाउने खेललाई प्रतिबन्ध लगाउन सिफारिस पठाउने निर्णय गरेको द न्युज इन्टरनेशनलले उल्लेख गरेको छ ।

CONTINUE READING

लगातारको हिमपातले हुम्लामा चिसो धेरै बढ्यो

हुम्ला जिल्लामा अत्यधिक हिमपात भएपछि सदरमुकाम सिमकोट लगायतका स्थानमा हिउँ जमिरहेको छ । हुम्लाका स्थानीयका अनुसार चिसोले गर्दा यहाँका नागरिकमा रुघाखोकी लाग्ने, ज्वरो आउने र कपाल दुख्ने समस्या देखिएको छ । हिमपातले उत्तरी भेग नाम्खा गाउँपालिकामा आवतजावत समेत बन्द भएको छ ।
लिमीको जाङ्ग, हल्जी, तिल गरी तीन गाउँमा एकबाट अर्कामा जान नसकिएको स्थानीयले बताएका छन् । ती गाउँहरु सञ्चार सेवाबाट पनि बञ्चित भएका छन् भने हिउँ थुप्रिएपछि बाटो पुरिएको र आवतजावत नै बन्द भएको छ ।

CONTINUE READING

चितवनको ट्रमा अस्पतालमा १८ हजार शल्यक्रिया

चितवनमा रहेको एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टर, भरतपुरमा विगत १० वर्षमा १८ हजार शल्यक्रिया भएका छन् । विसं २०६८ बाट सञ्चालनमा आएको अस्पतालमा हालसम्म हाडजोर्नीका ती शल्यक्रिया भएका हुन् । अस्पतालका कार्यकारी अध्यक्ष तथा प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा प्रमोद लामिछानेले आफ्नो अध्ययनपछि यहाँ अस्पताल खोल्नुभएको हो ।
अस्पतालले १०औँ वर्ष पार गरेको छ । डा लामिछानेले पहिलो वर्ष नयाँ भएकाले धेरैले विश्वास नगरेको बताउँदै विस्तारै विरामीको चाप बढ्न थालेको बताउनु भयो ।

CONTINUE READING

बेलायतका केही भागमा ‘मलिक’ आउने चेतावनी

बेलायतका केही भागमा यो साता ‘मलिक’ नामक आँधीको असरले प्रभावित बनाउने मौसमविद्हरुले बताएका छन् । आँधीबाट स्कटल्याण्ड, उत्तरी आयरल्याण्ड र उत्तरी इङल्याण्ड प्रभावित हुनेछन् । आँधी ८० माइल प्रतिघन्टाको बेगमा आउने भएकाले प्रभावित क्षेत्रका नागरिकहरुलाई सुरक्षित स्थानमा रहन चेतावनी दिइएको छ ।
पूर्वी स्कटल्याण्डमा आँधीका कारण शक्तिशाली हावाहुरी आउने भन्दै मौसमविद्हरुले स्थानीय समय अनुसार शनिवार विहानका लागि चेतावनी दिएका हुन् ।

CONTINUE READING

पश्चिमा मुलुकका कारण युक्रेनमा तनाव

युक्रेनका राष्ट्रपति भोलोदिमेर जेलेन्स्कीले आफ्नो देशको सिमानामा रुसी सेनाको तैनाथीलाई लिएर नआत्तिन पश्चिमा राष्ट्रहरूलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति जेलेन्स्कीले पत्रकारहरुहरु कुराकानी गर्दै आक्रमणको चेतावनीले युक्रेनको अर्थतन्त्रलाई जोखिममा पारेको बताउनु भयो । गत विहीबार अमेरिकी राष्ट्रपति जो बाइडनले रुसले अर्को महिना छिमेकी मुलुक युक्रेन माथि आक्रमण गर्न सक्ने बताउनु भएको थियो । रुसले अमेरिकी आरोप अस्वीकार गर्दै युक्रेन माथि आक्रमणको कुनै पनि योजना नरहेको र मस्कोले युद्ध नचाहेको प्रष्टिकरण दिएको छ ।

CONTINUE READING

काठमाडौँ महानगरपालिकामा ६० प्रतिशतमा सङ्क्रमण

काठमाडौँ महानगरपालिकामा परीक्षण गर्ने गरेका मध्ये ६० प्रतिशत नागरिकमा कोरोना भाइरस सङ्क्रमण देखिने गरेको बताइएको छ । अहिले महामारी तीव्र रुपमा फैलिएकाले परीक्षण गर्न आउने बढेका र आएका मध्ये ५५ देखि ६० प्रतिशतमा सङ्क्रमण देखिन थालेको कमपाको भनाइ छ । कारोना बढेकालेनै कामपाले अहिले ३२ वटै वडाबाट परीक्षण गरिरहेको छ ।
अहिले परीक्षण दर पनि बढेको छ दैनिक झण्डै एक हजार जना कामपामा मात्रै परीक्षण गर्न आउछन । सङ्क्रमण बढेपनि विगतको समयमा जस्तो जटिल किसिमको बिरामीहरु नआएको र आएपनि तयारी अवस्थामा रहेको कामपा प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो ।

CONTINUE READING

सरकारको खोप अभियान कहाँ पुग्यो ?

नेपालमा कोरोना विरुद्धको खोप अभियान सञ्चालन भएको एक वर्ष पूरा भएको छ । यो अवधिमा देशमा अठार वर्ष माथिका लक्षित जनसङ्ख्याको ७० प्रतिशत जनसङ्ख्याले पूर्ण मात्रा र ८३ प्रतिशतले एक मात्रा खोप लगाइसकेका छन् । चार करोड २० लाख ८९ हजार ५४० मात्रा खोप विभिन्न विधिबाट प्राप्त भएको र तीमध्ये तीन करोड छ लाख चार हजार १५२ मात्रा प्रयोग भइसकेको मन्त्रालयले जनाएको छ । खोप अभियानले दोस्रो तथा तेस्रो लहरमा हुनसक्ने जोखिमलाई कम गर्न सकिएको छ ।

CONTINUE READING

आन्तरिक पर्यटकको रोजाईमा रामपुरको तालपोखरा

कोरोना महामारीका बाबजुद रामपुरको तालपोखरा परिसरमा आन्तरिक पर्यटकको बाक्लै चहलपहल देखिन्छ । दिउँसोको समय ताल वरपरको प्राकृतिक वातावरणमा रमाउँदै आनन्द लिने युवा युवतीको सङ्ख्या बढिरहेको छ । पाल्पाको सदरमुकाम तानसेनबाट करिब ६५ किलोमिटर पूर्वमा अवस्थित रामपुरको तालपोखरालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएपछि यहाँ आउने आन्तरिक पर्यटक ह्वात्तै बढेका हुन् ।

CONTINUE READING

हिमाली क्षेत्रमा भारी हिमपात : हिउँ पगालेर पानी पिउँदै स्थानीय जनता

दार्चुला जिल्लाका हिमाली क्षेत्रमा दुई दिन भारी हिमपात भएको छ । बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ । व्यासको छाङ्गरुमा रहेका सुरक्षाकर्मीले हिमपातका कारण कष्टकर जीवन बिताउनु परेको छ । सशस्त्र प्रहरी गुल्म बाहिर निस्कन सकिने अवस्था छैन ।  ती सुरक्षाकर्मीले हिउँ पगालेर पानी खाएर बसेको बताएका छन् । पानी भर्न जान पनि दुई फिट बढी हिउँ जमेको छ ।

CONTINUE READING