विदेशमा अध्ययनरत विद्यार्थीद्वारा छात्रवृत्तिका लागि सहयोग

मेचीनगरको धुलावारी माध्यमिक विद्यालयलाई विदेशमा अध्यययनरत नेपाली विद्यार्थीले छात्रवृत्तिका लागि सहयोग गरेका छन् । कक्षा १ देखि १२ सम्म अध्ययन गरिरहेका विपन्न समुदायका ३९ विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन अमेरिका र युरोपमा अध्ययनरत नेपाली विद्यार्थीले ‘किन्जल फाउण्डेसन नेपाल’मार्फत सहयोग गरेका हुन् । विद्यार्थीले फाउण्डेसन मार्फत तीन लाख १६ हजार सहयोग गरेको प्रधानाध्यापक महेन्द्रविलाश लुइँटेलले जानकारी दिनुभयो ।

CONTINUE READING

काठमाडौं उपत्यकामा स्मार्ट लकडाउन सुरु

कोरोना संक्रमण फैलिँदै गएपछि काठमाडौं उपत्यकामा मंगलबार राति १२ बजेदेखि ‘स्मार्ट लकडाउन’ सुरु भएको छ । मंगलबार उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले स्मार्ट लकडाउन कार्यविधिअनुसार १८ बुँदे निर्देशन जारी गरेको छ ।  कोभिड–१९ को सम्भावित तेस्रो लहरलाई रोक्न स्मार्ट लकडाउन गरिएको हो ।

CONTINUE READING

दूधको मूल्य प्रतिलिटर ८६ रुपैयाँ बनाउने तयारी

राष्ट्रिय दुग्ध विकास बोर्डले हाल कायम रहेको प्रशोधित दूधको मूल्यमा १० रुपियाँ वृद्धि गरी ८६ रुपियाँ कामय गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको छ । बोर्डले गठन गरेको दूधको मूल्य निर्धारण सिफारिस समितिले तयार पारेको प्रतिवेदन अनुसार हाल दूधको मूल्य ७६ रुपियाँ रहेको र त्यसमा प्रतिलिटर १० रुपियाँ वृद्धि गरी लिटरको ८६ रुपियाँ बनाएको छ । कृषि मन्त्री महिन्द्र राय यादवले बार्डले मूल्य सिफारिस गरेको छ, त्यसमा छलफल गरी मूल्य निर्धारण गरिने बताउनुभयो ।

CONTINUE READING

भक्तपुरका ६ हजार विद्यार्थीले लगाए खोप

भक्तपुरका करिब ६ हजार विद्यार्थीले कोरोना विरुद्धको मोडर्ना खोप लगाएका छन् । खोप अभियान अन्तर्गत् १२ देखि १७ वर्ष उमेर समूहका भक्तपुरका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले खोप लगाएका हुन् । विद्यार्थीको सहजतालाई ध्यानमा राखी जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहसँगको समन्वयमा विद्यालयमा नै खोप केन्द्र राखी खोप दिएको हो ।

CONTINUE READING

कोरोना वृद्धि भए पनि पाकिस्तानमा विद्यालय बन्द नहुने

कोरोना संक्रमण उच्च गतिमा वृद्धि भए पनि पाकिस्तानमा तत्काल विद्यालय बन्द नहुने भएको छ । तत्काल विद्यालयहरू बन्द नगर्ने सरकारी योजनाबारे सञ्चार माध्यमले सूचना तथा प्रसारण मन्त्रालय स्रोतलाई उद्धृत गरी समाचारमा उल्लेख गरेका छन् । संघीय सरकारलाई देशमा बढ्दो कोभिड–१९ सङ्क्रमणका घटनाको बारेमा जानकारी छ तर तत्काल पाकिस्तानमा पुनः लकडाउन वा विद्यालय बन्द गर्ने योजना बनाएको छैन,” मन्त्रीपरिषद् बैठक पछि पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सूचना तथा प्रसारण मन्त्री फवाड चौधरीले जानकारी दिनुभयो ।

CONTINUE READING

जापानमा साना बालबालिकालाई पनि खोप

जापानमा १२ वर्षभन्दा कम उमेरका साना बालबालिकालाई पनि कोरोना भाइरस विरुद्धको खोप लगाउने तयारी भएको छ । जापानका प्रधानमन्त्री फुमिओ किशिदाले कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरसको सङ्क्रमण फैलिन थालेकाले बालबालिकालाई पनि खोप लगाउने तयारी भइरहेको जानकारी दिनुभयो । देशव्यापी खोप अभियान अन्तर्गत् बालबालिकालाई पनि खोप लगाउने तयारी भइरहेकाले त्रसित नहुन पनि उहाँले मंगलबार सवैलाई अनुरोध गर्नुभयो । उहाँले वयस्क तथा जेष्ठ नागरिकहरुलाई पनि अतिरिक्त खोपको व्यवस्था गरिएको जानकारी समेत दिनुभयो ।

CONTINUE READING

युगाण्डामा दुई वर्षपछि विद्यालय खुल्यो

युगाण्डामा सोमबारदेखि विद्यार्थीहरूले विद्यालयमै उपस्थित भएर अध्ययन गर्न थालेका छन् । युगान्डामा कोरोना महामारीका कारण विश्वमै सबैभन्दा लामो समयसम्म विद्यालय बन्द गरिएको थियो । लामो समयपछि विद्यार्थीहरुको भौतिक उपस्थितिमा पठनपाठन सुरु भएको हो । युगाण्डामा कोरोना भाइरसको महामारीका कारण झन्डै दुई वर्ष विद्यालय बन्द गरिएको थियो । युगाण्डामा सन् २०२० को मार्चदेखि ८३ हप्तासम्म विद्यालय बन्द भएको हो । विद्यालय खुल्ला भएपछि दशौँ लाख विद्यार्थीहरू खुशी भएर विद्यालय फर्किएका छन् ।

CONTINUE READING

५७ वर्षीय पुरुषमा सुँगुरको मुटु प्रत्यारोपण

अमेरिकाका एक पुरुषमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण गरिएको छ । अमेरिकाको बाल्टिमोरका ५७ वर्षीय डेभिड ब्यानेटलाई अनुवांशिक रुपमा परिमार्जन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गरिएको हो । सुँगुरको मुटु मानिसमा प्रत्यारोपण गरिएको विश्वमै पहिलोपटक हो । चिकित्स टोलीले ७ घन्टा लामो शल्यक्रिया गरी मुटुको प्रत्यारोपण गरेका हुन् ।

CONTINUE READING

माघ १५ सम्म विद्यालय बन्द

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र सिसिएमसीसीको सिफारिस कार्यान्वयन गर्दै  शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्देशन जारी गरेको छ । मन्त्रालयमा हिजो बसेको बैठकले सीसीएमसीसीले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले  विज्ञप्ति मार्फत् जानकारी दिनुभएको छ ।

CONTINUE READING

उपत्यकामा बालबालिकालाई खोप

काठमाडौं उपत्यकामा आजदेखि बालबालिकाका लागि कोरोना विरुद्धको खोप अभियान सुरु हुन लागेको छ । देशका कतिपय जिल्लाम यसअघि नै बालबालिकाका लागि खोप लगाउन शुरु भैसकेको छ । आजबाट काठमाण्डौँ उपत्यकाका तीनै जिल्लाका स्थानीय तहसँग समन्वय गरेर १२ देखी १७ बर्ष उमेर समूहका बालबालिकाकाहरुका लागि खोप अभियान संचालन हुन लागेको हो । काठमाण्डौ, ललिपुर र भक्तपुरमा फाइजर र मोडर्ना खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

CONTINUE READING