७४ प्रतिशतले मात्रै जन्मदर्ता गराए
नेपालको संविधानले जन्मदर्तालाई मौलिक हकका रुपमा राखे पनि ७४ प्रतिशतले मात्रै जन्मदर्ता गराएको राष्ट्रिय जनगणनाको पछिल्लो तथ्यांकले देखाएको छ । अझै पनि २६ प्रतिशत जनसंख्या जन्मदर्ताबाट बाहिर रहेको छ । अझै पनि आमाको नामबाट जन्मदर्ता गर्न, शरणार्थीको जन्मदर्ता र विदेशमा जन्म भएका नेपालीको जन्मदर्तामा समस्या रहेको सरोकारवालाहरुको भनाइ छ ।
जन्मदर्ता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेसका सांसद एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले जन्मदर्तामा भएका कमी कमजोरीलाई सुधार गरी नेपाली आमाबाबुबाट जन्मिएका नागरिकलाई अनागरिक हुन नदिने बताउनु भयो ।

