विद्यालयका छात्रालाई प्याड सहयोग

सर्केगाड गाउँपालिकाले विभिन्न विद्यालयमा अध्ययनरत छात्रालाई सेनेटरी प्याड वितरण गरेको छ । गाउँपालिकाले देवल आधारभूत विद्यालयमा अध्ययनरत छात्रालाई प्याड वितरण गरेको हो ।

CONTINUE READING

बालबालिकालाई कपडा वितरण

बेनीघाट रोराङ गाउँपालिकाले जाडोबाट कष्ट भोगिरहेका एक हजार ५०० भन्दा बढी विद्यार्थीलाई कपडा वितरण गरेको छ । कष्टपूर्ण जीवन बाँचिरहेका बालबालिकालाई गाउँपालिकाका अध्यक्षले ट्र्याकसुट,  जुत्ता र मोजा उपलब्ध गराउनु भएको हो ।

CONTINUE READING

कोभिडबारे छलफल : ओमिक्रोनका लागि तेस्रो डोजले कसरी काम गर्छ ?

भाइरसको प्रकृति नै म्युटेसन अर्थात् रुप परिवर्तन गरिरहनु हो । सन् २०१९ को अन्त्यतिर चीनको वुहान शहरमा पहिलो पटक फेला परेको कोरोना भाइरस लाखौं पटक म्युटेसन भएको छ । यसको रुप पटकपटक परिवर्तन भइरहेको छ । पछिल्लो पटक म्युटेसन भएर बनेको ओमिक्रोन भेरयन्ट हो ।

CONTINUE READING

कोभिड महामारी : दक्षिण एशियाका बालबालिका दशकौँसम्म पिरोलिने युनिसेफको भनाइ

नेपाललगायत दक्षिण एशियाली देशका सरकारहरूले कोभिड महामारी तथा अन्य विपद् बेहोरिरहेका दशौँ लाख बालबालिका र तिनका परिवारका निम्ति तत्काल आधारभूत स्वास्थ्य, शिक्षा एवं सुरक्षात्मक सेवाहरूका निम्ति आफ्ना लगानी विस्तार गर्न बालबालिकासम्बन्धी राष्ट्रसङ्घीय निकाय युनिसेफले आह्वान गरेको छ।
महामारीले यस क्षेत्रका ६० करोड बालबालिकाहरूमा अत्यन्त ज्यादा प्रभाव पारेको युनिसेफले उल्लेख गरेको छ।

CONTINUE READING

बेलायतमा ‌ओमिक्रोन संक्रमण व्यापक

बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण व्यापक रुपमा बढ्न थाले प्रधानमन्त्री बोरिस जोनसनले ‌ओमिक्रोन आपतकाल नै घोषणा गर्नुभएको छ । ओमिक्रोन संक्रमण रोक्न १८ वर्षभन्दा माथिका सबैलाई यसै सातादेखि बुस्टर डोज खोप लगाइने भएको छ ।

CONTINUE READING

शिक्षामन्त्री कक्षाकोठामा प्रवेश गर्नुभयो

पोखरा महानगरपालिका– १२ स्थित शीतलादेवी सामुदायिक विद्यालयमा २६ गते आइतबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल विद्यालयभित्र प्रवेश गर्नुभयो ।
पोखरा महानगरपालिका– १२ स्थित शीतलादेवी सामुदायिक विद्यालयमा २६ गते आइतबार दिउँसो शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल विद्यालयभित्र प्रवेश गर्नुभयो । मन्त्री आउने पूर्वजानकारी नभएकाले मन्त्रीको स्वागतको तयारी पनि हुने कुरा पनि भएन । मन्त्री पौडेल विद्यालय प्रवेश गरेर सिधै कक्षाकोठामा प्रवेश गर्नुभयो । माथिल्लो तलामा कक्षा ५ का विद्यार्थीलाई अध्यापन गराउँदै हुनुहुन्थ्यो शिक्षिका प्रिति ढकाल । नौलो व्यक्ति कक्षामा प्रवेश गरे लगत्तै सबै विद्यार्थी आफ्नो स्थानबाट उठे । विद्यार्थी आफ्नो सिटमा बसेपछि शिक्षामन्त्री पौडेलले विद्यालयमा पढाइका विषयमा विद्यार्थीलाई सोध्नुभयो । गृहकार्य गरे/नगरेका बारेमा जिज्ञासा राख्नुभयो । सबैले नियमित गृहकार्य गर्ने गरेको, शिक्षक कक्षा समयमा सधै समयमै उपस्थित हुने गरेको मन्त्री पौडेललाई बताउनुभयो । मन्त्री पौडेल विद्यार्थीलाई राम्रोसँग पढ्न र गुरुले मानेर अनुसाशित हुन आग्रह गर्दै केही समयमै कक्षाकोठाबाट बाहिरिनुभयो । राम्रो अध्ययन गरेर देशको ठूलो मान्छे बन्न उहाँले विद्यार्थीलाई भन्नुभयो ।

CONTINUE READING

पुल तर्न रु दश शुल्क !

पुल तर्दा रु १० शुल्क लाग्छ भन्दा जो कसैलाई अचम्म लाग्न सक्ला तर तनहुँको मादी नदीमाथि बनाइएको पुल तर्दा शुल्क तिर्नुपर्छ ।

CONTINUE READING

राष्ट्रिय विभूति पासाङल्हामु शेर्पा

यस पटक हामीले हाम्रो राष्ट्रिय विभूति प्रथम सगरमाथा आरोही नेपाली महिला पासाङल्हामु शेर्पाको जीवनी प्रस्तुत गरेका छौँ ।

CONTINUE READING