साना बालबालिकालाई माेबाइल किन दिनु हुँदैन ?

हालसालै विश्व स्वास्थ्य संगठनले एक रिपोर्ट जारी गरी साना बालबालिकाको स्वास्थ्यसँग सम्बन्धित निर्देशिका जारी गरेको छ । जसमा भनिएको छ, बालबालिकाको सही र सम्पूर्ण विकाशको लागि इलेक्ट्रोनिक स्कृिनहरूलाई उनीहरूको जीवनको हिस्सा बन्न नदिनु अत्यन्त जरुरी हुन्छ। विश्व स्वास्थ्य संगठन मान्दछ कि इलेक्ट्रॉनिक डिवाइस हाम्रो जीवनको एक महत्वपूर्ण हिस्सा बनिसकेको छ तर सम्भव भएसम्म बालबालिकालाई यसबाट टाढै राख्नु अत्यन्त राम्रो हुन्छ। खासगरी ५ वर्ष भन्दा कम उमेरका बालबालिकालाई टाढा राख्नु पर्छ।

CONTINUE READING

जमिनमा बस्ने ठुलाे जनावर जलगैँडा

जलगैँडा ठुलो उभएचर (पानी र जमिन दुवैमा बस्ने) स्तनधारी जीव हो। यो सबसाहारन अफ्रिकाको रैथाने जीव हो। यो नदी, तालहरू र म्यान्ग्रोभमा बस्छ।
जलगैँडाका बारेमा जान्नै पर्ने पाँच रोचक तथ्यहरू यस प्रकार छन् :

CONTINUE READING

डेंगुबाट कसरी बच्ने ? – डा. केदार कर्माचार्य

डेंगु एडिज एजेप्टाइ नामक लामखुट्टेको टोकाइबाट हुने तीव्र भाइरल सङ्क्रमण हो । लोकभाषामा यसलाई हाडतोड ज्वरो भनिन्छ । यो रोगबाट ग्रसित भएका बेला ज्वरोको तापक्रम अत्यन्त बढी हुने भएकाले शरीरको नसा तातेर नसा फुट्न गई रक्तस्राव हुन्छ । यो अत्यन्त गम्भीर रोग भएकाले ग्रसित व्यक्तिको ज्यानै जाने सम्भावना पनि हुन सक्छ । यो विषाणुजनक भाइरस एकबाट अर्कोमा अत्यन्त छिटो सर्न सक्छ । लामखुट्टे यस रोगको जीवाणु संवाहक भएकाले प्रायजसो गर्मी तथा वर्षात्को मौसममा यो रोगले सताउँछ ।

CONTINUE READING

 संसारको परिक्रमा गर्ने सबैभन्दा कान्छो पाइलट

बेल्जियम र बेलायतको दोहोरो नागरिकता भएका १७ वर्षीय किशोर म्याक रुथरफोर्डले विश्वमै एक्लै उडान भर्ने पाइटलको नयाँ कीर्तिमान कायम गरेका छन् । बुल्गेरियामा हिजो उनले उडान भरेको विमान अवतरण गरेपछि उनी सानो विमानमा एक्लै उड्ने सबैभन्दा कान्छो पाइलट बनेका हुन् ।

CONTINUE READING

नेपालमा गैँडा, कहाँ कति छन् ?

नेपालमा पछिल्लो पाचँ वर्षमा एकसिङे गैँडाको संख्या १०७ वटा वृद्धि भएको छ । यो वृद्धिसँगै विश्वमै दुर्लभ मानिएको एकसिङे गैँडाको संख्या नेपालमा ७५२ पुगेको छ । यसअघि सन् २०१५ मा गरिएको गणनामा गैँडाको कुल संख्या ६४५ थियो ।
गत २०७७ चैत ९ गतेदेखि २८ गतेसम्म गैँडा गणना गरिएको थियो । गैँडाको राष्ट्रिय गणना सन् २०२१ मा सबभैन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ८९ वटा गैँडा बढेका छन् भने बर्दिया र शुक्लाफाँट राष्ट्रिय निकञ्जमा पनि गैँडाको सख्या वृद्धि भएको छ । पर्सा राष्ट्रिय निकुञ्जमा भने गैँडाको संख्या घटेको छ ।

CONTINUE READING

ब्याक्टेरिया र भाइरसको सपना – डा. सरोज शाही

दिउँसो साथीहरुसँग घुम्न जाँदा ग्रीष्मले बाटोमा चट्पटे फोहोर पानी खाएको थियो । अहिले साँझ उसलाई बेस्सरी पेट दुख्न थाल्यो । चिसो वरफ पनि खाएको थियो । साँझ परेपछि उसलाई हनहन ज्वरौ पनि आउन थाल्यो । ग्रीष्मको आमा–बाबु चिन्तित हुन थाल्नुभयो । ग्रीष्म पनि पेट दुख्यो भनेर कराउन थाल्दा बाबाले डाक्टर अंकललाई फोन गर्नुभयो-

CONTINUE READING

होली – विद्याप्रसाद घिमिरे

हिन्दू पर्वहरूमध्ये हरेक वर्ष फागुन शुक्ल पूर्णिमा तिथिमा मनाइने होली महत्वपूर्ण पर्व हो । यो पर्व विशेषतः नेपाल र भारतमा उल्लासपूर्वक मनाइन्छ । वसन्त ऋतुमा पर्ने होलीमा रङ्को प्रचुर मात्रामा प्रयोग हुन्छ । विभिन्न रङ्हरू आपसमा दलेर र रङ्गिन पानी छ्यापेर मनाइने यो पर्व फागुन महिनाको पूर्णिमा तिथिमा पर्ने भएकाले यसलाई फागु पूर्णिमा पनि भनिन्छ ।

CONTINUE READING

गोमन सर्प

सर्पको नाम लिने वित्तिकै हामीलाई डर लाग्छ । त्यसमा पनि टाउको माथि उठाएर फडाँ फुकाएर चिरीएको जिब्रो ल्यापल्याप गर्दै चलाउने गोमन सर्प देख्दा त हाम्रो सातोपुत्लो नै उड्छ । गोमन सर्पले टोकेपछि मानिस मर्न सक्ने भएकाले हामी यसरी डराएका हाैँ । गोमन सर्पको सुलुक्क परेको, कडा मासुले वनेको शरीर र नागवेली गर्दै वगेर हिडने भएकोले पनि हामीमा डर पैदा हुन्छ । हुन पनि भारतमा मात्र गोमन सर्पले टोकेर प्रत्येक वर्ष कारीव दश हजार मानिसको मृत्यु हुने गरेको छ । नेपालमा पनि गोमन सर्पको टोकाईबाट मानिसहरुको मृत्यु हुनेगरेको छ ।

CONTINUE READING

विश्वकै ज्येष्ठ पुरुषको निधन

विश्वका सबैभन्दा जेष्ठ पुरुष स्पेनिस साटर्निनो डे ला फुएन्टे गार्सियाको १ सय १२ वर्षको उमेरमा निधन भएको छ । गिनीज वल्र्ड रेकर्ड्सले दिएको जानकारी अनुसार करिब चार महिना पहिले ११२ वर्ष २ सय ११ दिन हुँदा उहाँ जीवितमध्ये विश्वकै सबैभन्दा पाको व्यक्ति घोषित हुनुभएको थियो । उहाँको आगामी महिना १ सय १३ औँ  जन्मदिन मनाउने तयारी गरिएको थियो । फेब्रुअरी ११ सन् १९०९ मा लियोनको पोन्टे क्यास्ट्रोमा जन्मनु भएका गार्सिया ४ फिट ९ इन्च अग्लो हुनुहुन्थ्यो ।

CONTINUE READING