नमोबुद्धको यात्रा

सायद अनुभव, शिक्षा र मनोरन्जन यी तीनै कुरा एकै पटकको यात्रामा उपलब्ध हुने भएकाले होला, यात्रा गर्ने रहर सबैलाई हुन्छ । यात्राबाट हुने यिनै उपलब्धीमा लोभिएर होला, मलाई पनि प्राकृतिक सौन्दर्यले सजिएको रमणीय स्थलको यात्रा गर्न निकै मन लाग्छ । हाम्रो विद्यालयबाट हरेक वर्ष दुई पटक शैक्षिक भ्रमण लैजाने गरिन्छ ।

CONTINUE READING

हामीले बाटो भुल्याैँ

मलाई नयाँ नयाँ ठाउँ घुम्न औधी मनपर्छ तर त्यस्तो मौका कहाँ पाउनु र ? एक त आफू परियोे विद्यार्थी दिनैपिच्छे स्कूल जानु परिहाल्यो, कुनै बेला स्कूल छुट्टी भै हाले पनि म जस्तो फुच्चेले एक्लै टाढा घुम्न जान नमिल्ने । बाबाआमा दुवै जना जागिरे, अफिसबाट उहाँहरुलाई विदै नमिल्ने । तैपनि म बेलाबेलामा मलाई घुम्न लैजानु भनी पिरोल्न भने छोड्दिन । उहाँहरु पनि “हुन्छ नि तँलाई मौका पर्दा घुमाउन लैजाउँला नि” भन्दै गर्नुहुन्छ । म उहाँहरुको बचन पूरा हुने दिनको पर्खाइमा एकदमै बेचैनीसाथ बसिरहेको थिएँ ।

CONTINUE READING

इलामको घुमघाम

राति ७ बजिसकेको थियो हामी इलाम पुग्दा । इलाम जान बिर्तामोडबाट गाडी चढ्नुपर्ने रहेछ । बिर्तामोडबाट इलाम पुग्न चार घण्टा लाग्दो रहेछ । बिर्तामोड चोकबाट अलि अगाडि जाँदा चारआली पुगिन्छ । चारआलीबाट इलाम जाने बाटो छुट्टिदो रहेछ । त्यहाँबाट इलाम पुग्न धेरै घण्टा लाग्छ ।

CONTINUE READING