इलामको घुमघाम

मेरो आवाज मैले घुमेको ठाउँ यात्रा साहित्य साहित्य

– इशा कोइराला

राति ७ बजिसकेको थियो हामी इलाम पुग्दा । इलाम जान बिर्तामोडबाट गाडी चढ्नुपर्ने रहेछ । बिर्तामोडबाट इलाम पुग्न चार घण्टा लाग्दो रहेछ । बिर्तामोड चोकबाट अलि अगाडि जाँदा चारआली पुगिन्छ । चारआलीबाट इलाम जाने बाटो छुट्टिदो रहेछ । त्यहाँबाट इलाम पुग्न धेरै घण्टा लाग्छ ।
चारआलीबाट हामी इलाम जान लाग्यौँ । इलाम जाने बाटो साह्रै राम्रो रहेछ । बाटोको दुवैपट्टि हरियाली थियो । बाटो पनि साह्रै सफा थियो । अगाडि जाँदै गर्दा इलामको पाथिभरा जाने सिढी देखियो । मन्दिर जाने दुइटा बाटो रहेछ । एउटा बाटो लामो र सजिलो थियो भने अर्को बाटो छोटो र गाह्रो थियो । हामीले छोटो बाटो जाने अठोट गर्यौँ । बाटोमा सुन्दर सुनाखरीका पूmलहरु रुखमा झुन्डिरहेका थिए । हिडेको पन्ध्र–बिस मिनेटपछि हामी पाथीभरा मन्दिर पुग्यौँ । हामीले राम्ररी दर्शन गर्यौँ । मंगलबार भएर मन्दिरमा भिड रहेनछ । दर्शनपछि हामी लामो बाटो (सिढी)बाट तल झर्याैँ । सिढीको दुवैपट्टि अलैचीका बोटहरु रहेछन् । तल झरेपछि हामी गाडीभित्र छिर्याैँ र एकछिनपछि हामी कन्याम पुग्यौँ । कन्याममा धेरै धुपीका बोटहरु रहेछन् । त्यहाँ चियाबारीले भरिएका धेरै डाँडाहरु पनि रहेछन् । कन्याममा हामीले धेरै फोटोहरु खिच्यौँ । त्यहाँको सुन्दरताले मानिस नै अवाक् हुन्छन् । कन्याममा घोडा पनि चढ्न मिल्दो रहेछ । हामीले घोडा पनि चढ्यौँ ।
मन नै लोभिने दृश्य देखेपछि हामी अगाडि बढ्यौँ । केही बेरपछि हामी फिक्कल पुग्यौँ । फिक्कलमा साह्रै जाडो हुँदो रहेछ । मननै काम्ने जाडो भएकाले हामीले त्यहाँ चिया र खाजा खाने विचार गर्यौँ । मैले झोलाबाट ज्याकेट निकालेर लगाए । हुस्सुले मौसम साह्रै राम्रो देखिएको थियो ।
लामो यात्रापछि हामी माईखोला पुग्यौँ । माईखोला एक सुन्दर ठाउँ रहेछ । त्यहाँको शीतल पानीले हामीले मुख धोयौँ । चिसो पानीको शीतलताले साह्रै आनन्द लाग्यो । माईखोलाको सुन्दर दृश्य देखेर मन नै लोभियो । त्यहाँ ताप्लेजुङको पाथीभरा जाने धेरै गाडीहरु थिए । माईखोला तरेपछि हामी आधा घण्टापछि इलाम पुग्यौँ ।
धेरै थाकेको भएर हामी त्यस दिन इलाम बजार घुमेनौँ । भोलिपल्ट हामी इलामको सबै ठाउँ घुम्यौँ । इलाममा अदुवा, छुर्पी, ओलाम, अलेची, अकोबरे आदि पाउँदो रहेछ । अतः इलाम एक साह्रै सुन्दर र हरियो ठाउँ रहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *