उत्कृष्ट कृति TOY GUN AND OTHER STORIES प्रकाशित

आदरणीय लेखक विजय चालिसेज्यूको उत्कृष्ट बालकथाकृति TOY GUN AND OTHER STORIES प्रकाशित भएको छ ।
अग्रज अनुवादक जयन्त शर्माको अनुवाद र आदरणीय प्रा.डा. गोविन्दराज भट्टराईको सम्पादनमा प्रकाशित यस कृतिमा २५ वटा बालकथाहरु समावेश छन् ।
यस कृतिको सम्पादनदेखि प्रकाशनको चरणसम्म म आफैँ र विजय चालिसेज्यूका सुपुत्र आलोक चालिसेजी पनि संलग्न हुनुभएकाले भन्न सक्छु नेपाली बालसाहित्यमा यो एउटा महत्वपूर्ण कृति हो । अंग्रेजी भाषामा नेपाली बालसाहित्य पढ्न चाहने बालबालिका र पढाउन चाहने विद्यालय परिवार र अभिभावकका लागि म यस कृति सिफारिस गर्दछु ।

CONTINUE READING

निरञ्जन खत्रीको ‘दसैँ’ बालसाहित्यमा नयाँ स्वाद लिएर आएको छ

निरञ्जन खत्रीको ‘दसैँ’ किताब नेपाली बालसाहित्यमा नयाँ स्वाद लिएर आएको छ । यो फरक किसिमको शब्दविहीन किताब हो । यो किताब हाम्रो सांस्कृतिक पर्व दसैँको विषयमा तयार गरिएको छ ।
दसैँसँग सम्बन्धित १५ वटा विषयमा समेटिएको यस किताबमा पाठक बालबालिकालाई आफ्नो दसैँ मनाउँदाको समयको स्मरण गर्दै त्यो समयलाई स्मरण गर्न र त्यो भावमा रमाउन अपिल गर्नु यस किताबको सुन्दर पक्ष हो ।

CONTINUE READING

लङ्गडाको साथी पढेपछि

अमू शाक्यकक्षा : १०, सिफल स्कुल, कालाेपुल, काठमाडाैँ । लैनसिंह बाङ्देलद्वारा रचित “लङ्गडाको साथी” सामाजिक र मानवतामा आधारित मौलिक उपन्यास हो । अझ विशिष्ट रूपमा भन्नुपर्दा पशुत्वमा आधारित कृति पनि भन्न सकिन्छ । यसको पहिलो प्रकाशन सन् १९५१ मा दार्जिलिङमा भएको थियो भने प्रचलित आठौंँ संस्करण सन् २०२३ मा प्रकाशित भएको हो । यो पुस्तकमा […]

CONTINUE READING

सत्यमोहन जोशीको किताब पढेपछि

केही धार्मिक तथा सांस्कृतिक सम्पदाहरू किताब नेपालको इतिहास र संस्कृतिहरुको बारेमा लेखहरु प्रकाशित गर्ने महान् विद्वान स्व. सत्यमोहन जोशीद्वारा लिखित हो। किताबको प्रकाशक बालसाहित्य प्रतिष्ठान नेपाल हो। सत्यमोहन जोशीले हाम्रो देश नेपालको इतिहास र धार्मिक एवम् सांस्कृतिक सम्पदाहरुको बारेमा किताबहरू लेख्नुभएको छ । यो केही धार्मिक तथा सांस्कृतिक सम्पदाहरु नामक किताबमा नेपालका केही धार्मिक तथा सांस्कृतिक सम्पदाहरूको परिचय र तीनका सन्दर्भकथाहरु लेखिएको छ । यस किताबमा ६ धार्मिक तथा सांस्कृतिक सम्पदाहरूको बारेमा बताइएको छ । हरेक पाठको जानकारीसाथ समावेश गरिएका किम्बदन्ती कथाहरु रोचक छन् ।

CONTINUE READING

कलिङ महोत्सवमा बालसाहित्य पुरस्कारमा छलिङ

यस वर्ष कलिङ्ग महोत्सवमा बालसाहित्य विधातर्फ प्रदान गरिएको नेपाल यशश्वी बुक अवार्डमा छलिङ (छलछाम, धाँधली) भएको सूचना प्राप्त भएको छ । बालसाहित्यको विश्वस्त स्रोतबाट यशस्वी प्रज्ञा प्रतिष्ठानबाट पुस्तक बुझाउन आव्हान गरेको सूचनासहित यस पटकको बालसाहित्य विधामा पुरस्कार वितरणमा धाँधली भएको भन्ने सामाचार स्रोतको दाबी अनुसार केटाकेटी अनलाइनले यस विषयमा अनुसन्धान गर्यो ।

CONTINUE READING

रिजेन्ट रेसिडेन्सियल स्कुलमा अमेरिकी लेखक जुली

रिजेन्ट रेसिडेन्सियल स्कुल, ललितपुर–२३, धापाखेलमा विद्यालयका बालबालिकासँग लेखक(Meet the Author with School Children) कार्यक्रम अन्तर्गत आज अमेरिकी लेखक जुलीसँग भेटघाट कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा अमेरिकी लेखक जुलीको पहिलो प्रकाशित कृति ‘साथी’ बारे चर्चा गरिएको थियो ।
विद्यालयका प्रिन्सिपल नवराज सञ्जेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा चर्चित बालनियात्राकृति ‘सम्पदा दर्शन’ का लेखक सुशीला देउजाले विशेष अतिथिका रूपमा बोल्दै ‘सम्पदा दर्शन’ कृतिलाई अत्यन्त मन पराइदिनुभएकोमा पाठकहरुलाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।

CONTINUE READING

‘भीमसेन थापा’ उपन्यास पढेपछि

भीमसेन थापाको जीवन र मृत्युसम्मका घटनाहरू समेट्ने प्रयास गरिएको चर्चित ऐतिहासिक उपन्यास ‘भीमसेन थापा’ उपन्यासको आयाम २७३ पृष्ठमा प्रस्तुत गरिएको छ । इतिहास र विशेष गरी भीमसेन थापाको बारेमा जान्न यो उपन्यासले मद्दत गर्ने छ ।

CONTINUE READING

लेखक जुलीको ‘साथी’ कथा पढेपछि

मलाई अमेरिकी लेखक जुली पलेसद्वारा लिखित ‘साथी’ कथा एकदमै मनपर्यो । यो कथामा हामीले कुकुरलाई नराम्रो व्यवहार गर्नुहुँदैन भनी ज्ञान दिइएको छ । हुन पनि हो हामीले कसैलाई दुर्व्यवहार गर्नुहुन्न, चाहे त्यो पशु होस् वा चाहे मानिस नै । कुकुरहरूको पनि हाम्रोजस्तै परिवार हुन्छन् । त्यसैले हामीले उनीहरूलाई हानी गर्नुहुन्न । कुनै कुकुर नराम्रो अवस्थामा देख्यो भने हामीले सके आफैँं उपचार गर्ने, नसके उद्दारकेन्द्रमा सम्पर्क गर्नुपर्छ ।

CONTINUE READING

पढ्न मजा लाग्ने किताब ‘कदम’

कदम प्रसिद्ध नेपाली लेखक तथा पत्रकार अनन्त वाग्लेद्वारा रचित वि.सं. २०७७ सालमा प्रकाशित पुस्तक हो । यो एक ‘घोस्ट राइटिङ’ हो, जसमा वाग्लेले एक राउटे समाजको सफल व्यक्तित्व कदमको आत्मवृत्तान्तलाई यस कृतिमा उतारेका छन् । यस पुस्तकमा कदमको बाल्यकालका सम्पूर्ण घटनादेखि घुमन्ता सम्मेलनसम्मका घटनालाई समावेश गरिएको छ । वाग्लेको ‘कदम’ पुस्तक र श्याम साहको ’पथेर’ ले संयुक्त रूपमा वि. सं. २०७८ मा पहिचान पुरस्कार प्राप्त गरेका थिए ।

CONTINUE READING

सुरजको साइकल स्वदेश भ्रमणमा 

सुरज उपाध्यायको ‘बालकविता संग्रह बालबालिकाका लागि एउटा यस्तो उपहार हो । जस्तै कतिपय बहुमुल्य उपहार दिँदा र्‍यापिङ पेपरले बेरेर दिइन्छ । त्यस्तै ‘साइकल’ कविता संग्रह पनि भाषा शैलीले राम्ररी बेरिएकाे छ । मलाई लाग्छ,  यो उपहार बालबालिकाले औधी मन पराउने छन् । निकै खुशी भएर पढ्ने छन्,  पढ्दै जाने छन् । अझ मलाई त यति सम्म विश्वास लाग्छ, यतिसम्म भन्न मन लाग्छ, उनको ‘साइकल’ स्वदेशका कुना कन्दरामा भ्रमण गर्न सफल हुने छ । 

CONTINUE READING