५ देखि १२ वर्षका बालबालिकालाई कोभिड खोप
सरकारले असार ९ गतेबाट पाँच वर्षदेखि १२ वर्ष मुनिका करिब ३९ लाख बालबालिकालाई कोरोना विरुद्धको खोप अभियान सुरु गरेको छ । सरकारले सो उमेर समूहका बालबालिकालाई दुइ चरणमा खोप अभियान सञ्चालन गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो चरणमा २७ वटा जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म खोप अभियान सञ्चालन गरिनेछ ।
जस अनुसार प्रदेश एकमा झापा, इलाम, सुनसरी, मोरङ गरी चार, मधेस प्रदेशमा सप्तरी, सिराह, धनुषा, महोत्तरी, पर्सा गरी पाँच जिल्ला रहेका छन् ।