रिजेन्ट रेसिडेन्सियल स्कुलमा अभिभावक शिक्षा तथा अभिमुखिकरण कार्यक्रम शुक्रबार हुँदै

ललितपुरको रिजेन्ट रेसिडेन्सियल स्कुलले नयाँ शैक्षिक सत्र २०८२–२०८३ को पूर्वसन्ध्यामा ‘प्रथम अभिभावक शिक्षा तथा अभिमुखिकरण कार्यक्रम–२०८२’ आयोजना गर्ने भएको छ। विद्यालयले प्रत्येक शैक्षिक सत्रको थालनीमा आयोजना गर्दै आएको यो कार्यक्रम आउँदो शुक्रबार हुने जनाएको छ। विद्यालयद्वारा जारी सूचना अनुसार, कार्यक्रमको मुख्य उद्देश्य अभिभावकहरूलाई विद्यालयको शैक्षिक दृष्टिकोण, विगत वर्षको प्रगति विवरण र आगामी योजनाहरूबारे विस्तृत जानकारी गराउनु हो।

CONTINUE READING

क्वालिटी स्कुलमा सिर्जनात्मक लेखन तालिम कार्यक्रम सम्पन्न

क्वालिटी अङ्ग्रेजी स्कुल, नगरकोटफेदी, भक्तपुरमा एकदिने सिर्जनात्मक लेखन तालिम तथा वाचन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा कथा लेखन तथा वाचनका लागि बालसाहित्य प्रतिष्ठान नेपालका अध्यक्ष लेखक कार्तिकेय घिमिरे र बालकविता लेखन तथा वाचनका लागि कवि देवु लुइटेलले प्रशिक्षण दिनुभएको थियो । विश्व पुस्तक दिवसका अवसरमा बालसाहित्य प्रतिष्ठान नेपालद्वारा आयोजित कार्यक्रममा कक्षा ६, ७ र ८ मा अध्ययनरत ७५ जना बालबालिकाहरुले भाग लिनुभएको थियो ।

CONTINUE READING

नौ जनालाई नइ बाल पुरस्कार

नइ प्रकाशनले आआफ्नो ठाउँमा समर्पित भई प्रतिष्ठा आर्जन गर्ने ३ वर्षदेखि १५ बर्ष सम्मका नौ जना बालबालिकालाई २०८० सालको ‘नइ देरुनीखपू पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ ।
‘नइ देरुनीखपू पुरस्कार’ बाट पुरस्कृत हुनेहरूमा बहुआयामिकतर्फ श्री कुशाग्र भट्टराई, साहित्यतर्फ सुश्री प्रतिष्ठा केसी, चित्रकलातर्फ सुश्री श्रीया गुरुङ, सङ्गीततर्फ सुश्री सानवी यादव, नृत्यतर्फ सुश्री अनिका महर्जन, खेलकुदतर्फ सुश्री सुप्रिया ऐर छन् ।

CONTINUE READING

रिजेन्ट रेसिडेन्सियल स्कुलमा मोडेल युनाइटेड नेसन्स कार्यक्रम

रिजेन्ट रेसिडेन्सियल स्कुलले भाेलि माघ ४ गतेदेखि ६ गतेसम्म मोडेल युनाइटेड नेसन्स (एमयूएन) कार्यक्रम आयोजना गर्ने भएकाे छ। कार्यक्रममा रिजेन्ट स्कुलमा कक्षा ६ देखि ९ सम्म अध्ययनरत ३०० विद्यार्थी र अन्य विद्यालयका ५० विद्यार्थी गरी ३५० विद्यार्थीहरु सहभागी हुनेछन् । कार्यक्रमले अन्तर्राष्ट्रिय सम्बन्ध, नेतृत्व, वक्तृत्व कला र समस्या समाधान क्षमताको विकास गर्ने विश्वास गरिएकाे छ।

CONTINUE READING

Model United Nations [MUN] at Regent Residential School

Regent Residential School is hosting a Model United Nations (MUN) Conference from December 15 to 17. It’s an event where students get to play roles like diplomats and learn about how the United Nations works. The conference is a great opportunity for students to develop their understanding of global issues and practice important skills like debating and problem-solving.

CONTINUE READING

इप्सन भक्तपुरको पाँचौं अधिवेशन सम्पन्न : अध्यक्षमा जि. बि. खड्का चयन हुनुभयो

एडिफाई प्राइभेट स्कुल्स अर्गनाइजेशन नेपाल (ईप्सन भक्तपुर) को पाँचौं अधिवेशन हिजो पुष १९ गते शुक्रवारका दिन भक्तपुरको रानीकोटस्थित भिलेज हाइल्याण्ड रिसोर्टमा सम्पन्न भयो । ११ वटा विद्यालयहरु सदस्य रहेको यस शैक्षिक क्लस्टरको अधिवेशनमा जी. बी. खड्का अध्यक्षमा चयन हुनुभयाे ।

CONTINUE READING
पनौती नगर पालिका वडा नं. ५ श्रीखण्डपुर स्थित एसओएस हर्मन माइनर विद्यालयद्वारा २०८१ पुस १४ गतेबाट वार्षिक रूपमा सञ्चालन हुने खेलकुद सप्ताह कार्यक्रमको शुभारम्भ भयो । एसओएस बालग्राम काभ्रेका निर्देशक तुल्सीरत्न छुँजको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रूपमा पनौती नगरपालिकाका मेयर रामशरण भण्डारी हुनुहुन्थ्यो । उक्त कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्राचार्य नरेश्वर आचार्यले दिनुभयो ।

एसओएस हर्मन माइनर विद्यालयमा खेलकुद सप्ताह

काभ्रे, १४ पुस/ पनौती नगर पालिका वडा नं. ५ श्रीखण्डपुर स्थित एसओएस हर्मन माइनर विद्यालयद्वारा २०८१ पुस १४ गतेबाट वार्षिक रूपमा सञ्चालन हुने खेलकुद सप्ताह कार्यक्रमको शुभारम्भ भयो । एसओएस बालग्राम काभ्रेका निर्देशक तुल्सीरत्न छुँजको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रूपमा पनौती नगरपालिकाका मेयर रामशरण भण्डारी हुनुहुन्थ्यो । उक्त कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्राचार्य नरेश्वर […]

CONTINUE READING

‘यार्चा’ परिचर्चा कार्यक्रम सम्पन्न

किशोर किशोरीसँग पुस्तक चर्चा कार्यक्रम शृङ्खला अन्तरगत फिनिक्स स्कुल सानेपाले अनन्त वाग्लेद्वारा लिखित ‘यार्चा’ पुस्तक माथि परिचर्चा कार्यक्रम आयोजना गरेको छ । यस कार्यक्रममा सोही विद्यालयका कक्षा सातमा अध्ययनरत २१ जना विद्यार्थीले पुस्तकको विषय, मन परेको पात्र , यस पुस्तकबाट आफूले पाएको सन्देश समेटेर आफ्नो पठन अनुभव प्रस्तुत गर्नुका साथै पुस्तकमा आधारित भएर आफूहरूले तयार […]

CONTINUE READING

ब्राइट किन्डरवर्ल्डले दुई वटा अन्तर्राष्ट्रिय पुरस्कार पायाे

चन्द्रागिरि नगरपालिका, नैकापस्थित ब्राइट किन्डरवर्ल्डले दुई वटा अन्तर्राष्ट्रिय प्राप्त गरेकाे छ ।

किन्डरवर्ल्डले पाठ्यक्रम विकासमा ‘गिजुभाइ बधेका ईसीसीई अवार्ड’ र ‘बेस्ट प्रिस्कुल इन नेपाल’ गरी दुई पुरस्कार प्राप्त गरेको विद्यालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
श्रीलंकामा आयोजित ‘इन्टरनेसनल कन्फरेन्स अन अर्ली चाइल्डहुड केयर एजुकेसन एन्ड रिसर्च २.०’ कार्यक्रममा नेपालबाट ब्राइट किन्डरवर्ल्ड सम्मानित भएको हो ।

CONTINUE READING

एसइइ पुरक परीक्षा साउन २३ बाट सुरु हुँदै

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि अर्थात पुरक परीक्षा साउन २३ गतेदेखि सञ्चालन गर्ने भएको छ । असार १६ गते राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) र शिक्षा मन्त्रालयको संयुक्त बैठकले साउन २३ गतेबाट ग्रेड वृद्धि अर्थात पुरक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो ।

CONTINUE READING