वेलायतका प्रधानमन्त्री राजाभन्दा धनी
बेलायतमा हालै प्रधानमन्त्रीमा नियुक्त हुनुभएका ऋषि सुनक बेलायतका राजा चार्ल्स तृतीयभन्दा पनि धनी हुनुहुन्छ । प्रधानमन्त्री ऋषि सुनक र उहाँकी श्रीमती अक्षता मूर्तिको सम्पत्ति ८४ करोड डलर छ । यसको मतलब उनीहरुको सम्पत्तिको मूल्य क्यारेबियनमा रहेका १६ वटा निजी टापुको मूल्य बराबर हो ।
बेलायतका राजा चार्ल्सको सम्पत्ति पनि सुनकको भन्दा कम छ भनिन्छ । त्यसैले सुनकलाई राजाभन्दा धनी प्रधानमन्त्री भनिन्छ ।