द्वन्द्वको असरले युक्रेनी बालबालिकाको मानसिक स्वास्थ्यमा असर गरेको युनिसेफको भनाइ

यूक्रेनमाथि आक्रमण हुने चर्चाले युक्रेनका बालबालिकाको मानसिक स्वास्थ्यमा असर परेको छ । संयुक्त राष्ट्रसंघीय निकाय यूनिसेफले द्वन्द्वको विषयले बाल मनोविज्ञानमा ठुलो असर पारेको जनाएको छ । युद्ध भयो भने के हुन्छ होला ? त्यतिबेला आफूहरु कसरी बाँचिन्छ होला ? आफन्तहरुलाई केही भयो भने के गर्नेहोला ? भन्ने जस्ता प्रश्नले बालबालिकालाई सताउने गरेको युनिसेफले उल्लेख गरेको छ ।

CONTINUE READING

स्वीडेनमा कोरोना संक्रमण घट्यो, प्रतिबन्ध हटाइने

स्वीडेनमा कोरोना भारइरसको संक्रमण तीब्र रुपमा फैलिन थालेपछि संक्रमण नियन्त्रणका लागि लागू गरिएका प्रतिबन्धात्मक व्यवस्थाहरु हटाइने भएको छ । कोरोनाको महामारी नियन्त्रणमा आउँदै गएको र खोप कार्यक्रम पनि प्रभावकारी रुपमा संचालन गरिएकाले आगामी फेब्रुअरी ९ देखि लागू हुने गरी सबै प्रतिबन्धात्मक व्यवस्थाहरु हटाउने निर्णय भएको हो । संक्रमण घट्न थालेसँगै युरोपका धेरै देशमा लागू गरिएका प्रतिबन्धात्मक व्यवस्थाहरु हटाउन थालिएको छ ।

CONTINUE READING

मोरक्कोमा इनारमा खसेका ५ वर्षीय बालक उद्दार गरिँदै

मोरक्कोमा ३२ मिटर लामो साँघुरो इनारमा खसेका पाँच वर्षीय बालकको उद्दारको प्रयास जारी छ । मोरक्कोको उत्तरी पर्यटकीय गाउँ चिफचाउएनमा मंगलबार साँझ ती बालक इनारमा खसेका थिए । इनार साँघुरो भएकाले उद्दारकर्ताहरुले बालक खसेको इनार नजिकै त्यस्तै अर्को प्वाल बनाएर रायन नाम गरेका ती बालकसम्म पुग्ने प्रयास गरिरहेका छन् । उद्दार कार्यका लागि ५ वटा बुलडोजरको प्रयोग गरिएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । इनार खन्ने काम तीब्र गतिमा भइरहेको बताइएको छ । साँघुरो इनार बनाउनु पर्ने भएकाले काम केही ढिलो भएको बताइएको छ ।

CONTINUE READING

अफगानिस्तानमा पढ्ने बानीको विकासका लागि पढ्ने प्रतिस्पर्धा

अफगानिस्तानका पुस्तकालयहरुले यहाँका नागरिकमा पढ्ने बानीको विकास गर्ने कार्यक्रहरुको आयोजना गरिरहेका छन् । उनीहरुले सर्वसाधारण नागरिकलाई पुस्तक पढेमा बौद्धिक विकास हुने र नागरिकमा ज्ञान बढ्ने सन्देशहरु दिइरहेका छन् । यस्ता सन्देशहरु दिँदै ती पुस्तकालयहरुले पुस्तक पढ्ने प्रतिस्पर्धाको पनि आयोजना गर्ने गरेका छन् । यस्तै प्रतिस्पर्धाको आयोजना हालै राजधानी काबुलको फायाजी पुस्तकालयले गरेको थियो ।

CONTINUE READING

अमेरिकी सेनाको कारवाहीमा छ सिरियाली बालबालिकाकाे मृत्यु

सिरियाको विद्रोही नियन्त्रित इदलिब प्रान्तमा अमेरिकी सेनाको कारवाहीमा छ बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ । मारिनेमा चार महिला पनि रहेको जनाइएको छ । टर्कीको सीमा नजिकै उत्तरपश्चिम सिरियाली शहर अटमेहको एउटा भवनलाई लक्षित कारवाहीमा उनीहरू मारिएका हुन् । सो भवनमा दशक लामो युद्धबाट विस्थापित हजारौं मानिसहरू बस्दै आएको बताइएको छ ।

CONTINUE READING

जापानमा बाल दुव्र्यवहारको घटना बढ्याे

जापानमा सन् २०२१ मा दुई हजार १ सय ७० बाल दुव्र्यवहारका घटनाहरू रेकर्ड गरिएका छन् । यो तथ्याङ्क एक वर्ष पहिलेको तुलनामा १.७ प्रतिशतले बढी हो । कोरोना भाइरस महामारीले असुरक्षित नाबालिगहरूको सुरक्षा गर्न कल्याणकारी सुरक्षा अधिकारीहरूको क्षमतामा प्रतिबन्ध लगाएको थियो, प्रहरीको राष्ट्रिय निकाय (एनपीए)को बिहीबारको रिपोर्टमा जनाएको छ ।

CONTINUE READING

तान्जानियाको सभामुखमा महिला नेतृ निर्वाचित

तान्जानियाको सभामुखमा ४५ बर्षिया महिला नेतृ निर्वाचित हुनुभएको छ । तत्कालिन उपसभामुख तुलिया अक्सन सभामुखमा निर्वाचित हुनुभएको हो । उहाँ देशको मबेया निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुनुहुन्छ । तत्कालिन सभामुखले सरकारमा प्रस्तुत एक विधेयकमा गलत भूमिका खेलेको भन्दै आलोचना भएपछि उहाँले राजिनामा दिनुभएको थियो । उहाँको ठाउँमा अक्सन निर्वाचित हुनु भएको हो । नवनिर्वाचित सभामुख अक्सन सत्तारुढ दल चामा चा मापिन्डुजी (सिसिएम) पार्टीकी नेतृ हुनुहुन्छ ।

CONTINUE READING

रुसले युक्रेन माथि आक्रमण गर्न सक्ने भन्दै अमेरिकाद्धारा युरोपमा थप सैन्य लडाकु तैनाथ

रुसले युक्रेन माथि आक्रमण गर्न सक्ने भन्दै अमेरिकी राष्ट्रपति जो बाइडनले युरोपमा थप सैन्य लडाकु पठाउनु भएको पेन्टागनले जनाएको छ । उत्तरी क्यारोलिनाको फोर्ट ब्रागबाट करिब २ हजार सेना पोल्याण्ड र जर्मनी पठाइएको छ । यसै गरी जर्मनीमा पहिले नै रहेका थप १ हजार सेना रोमानिया पठाइने छ ।

CONTINUE READING

कोभिडमाथि अझै जीत हासिल भएको छैन : डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) प्रमुखले कोभिड–१९ माथि विजय घोषणा गर्न वा फैलावट रोक्ने उपायहरूको अहिल्यै अन्त्य गर्नु असामयिक हुने बताउनुभएको छ । डब्लुएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले सञ्चारकर्मीसँगको भेटमा कुनै पनि देशले कोभिड–१९ सँग आत्मसमर्पण गर्नु वा यसमाथि विजयको घोषणा गर्नु हतारको निर्णय हुने बताउनु भयो । “यो भाइरस खतरनाक छ र यो हाम्रो आँखा अगाडि पटक पटक फरक फरक रूपमा विकसित भएर आएको छ ।”

CONTINUE READING

श्रीलंकामा कोरोना संक्रमण उच्च : लकडाउन नगरिने

श्रीलंकामा कोरोना भाइरसको सङ्क्रमण फैलिएको भए पनि देशव्यापी लकडाउन गर्न भने अस्वीकार गरिएको छ । देशका स्वास्थ्य अधिकारीहरूले तत्काल लकडाउन लगाउनु उपयुक्त नहुने भन्दै खोप लगाउने अभियानलाई तीव्रता दिन सुझाव दिएका हुन् । कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण तीव्र रुपमा फैलिएकाले देशव्यापी लकडाउन लागू गर्ने बारेमा छलफल भएको थियो ।

CONTINUE READING