लगातारको हिमपातले हुम्लामा चिसो धेरै बढ्यो
हुम्ला जिल्लामा अत्यधिक हिमपात भएपछि सदरमुकाम सिमकोट लगायतका स्थानमा हिउँ जमिरहेको छ । हुम्लाका स्थानीयका अनुसार चिसोले गर्दा यहाँका नागरिकमा रुघाखोकी लाग्ने, ज्वरो आउने र कपाल दुख्ने समस्या देखिएको छ । हिमपातले उत्तरी भेग नाम्खा गाउँपालिकामा आवतजावत समेत बन्द भएको छ ।
लिमीको जाङ्ग, हल्जी, तिल गरी तीन गाउँमा एकबाट अर्कामा जान नसकिएको स्थानीयले बताएका छन् । ती गाउँहरु सञ्चार सेवाबाट पनि बञ्चित भएका छन् भने हिउँ थुप्रिएपछि बाटो पुरिएको र आवतजावत नै बन्द भएको छ ।

