वैशाखमै नयाँ शैक्षिक सत्र सुरु गरिने

सरकारले आगामी शैक्षिक सत्र आगामी बैशाखबाटै सुरु गर्ने तयारी गरेको छ । कोरोना महामारीका कारण लामो समय बन्द रहेका विद्यालय केही समय अघि मात्रै भौतिक उपस्थितिमा पठन पाठन शुरु भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आगामी वैशाखबाटै नयाँ शैक्षिक सत्र सुरु गरिने र जेठ १ गतेबाट कक्षा सञ्चालन हुने बताउनुभएको हो । काठमाडौंको शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालयको नयाँ भवनको उद्घाटन गर्दै मन्त्री पौडेलले आगामी तीन वर्षभित्र सबै सार्वजनिक विद्यालयका भवन बनाउने पनि बताउनुभयो ।

CONTINUE READING

ब्राजिलमा बाढी पहिरोमा परी एक सय जनाभन्दा बढीको मृत्यु

ब्राजिलको पेट्रोपोलिस सहरमा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी ९४  जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । ब्राजिलको रियो दि जेनेरियो सहरबाट उत्तरी हिमाली क्षेत्रमा अवस्थित सो सहर अवरल वर्षाका कारण प्रभावित भएको हो । बाढीका कारण घरहरु क्षतिग्रस्त बन्नुका साथै सडकमै बाढीको पानी खोला जसरी बग्न थालेपछि कार लगायतका सवारी साधन बगाएको छ । बाढीले शहर नै तहस नहस बनाएपछि पेट्रोपोलिस शहरका मेयरले संकटकालको घोषणा गर्नुभएको छ ।

CONTINUE READING

अस्ट्रिया र जर्मनीमा कोभिड प्रतिबन्ध खुकुलो

युरोपेली मुलुकहरु अस्ट्रिया र जर्मनीले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लागू गरिएको प्रतिबन्ध खुकुलो गरेका छन् । संक्रमण नियन्त्रणका लागि केही साता खोप अनिवार्य गरेपछि यी दुबै मुलुकले प्रतिबन्ध खुकुलो बनाएका हुन् । खोप नलगाउनेका लागि भने अझै पनि प्रतिबन्ध कायम रहेको जनाइएको छ । जर्मनीले आगामी २० मार्चमा स्वतन्त्रता दिवसदेखि सबैजसो प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।
अस्ट्रियाले भने मार्च ५ देखि नै प्रतिबन्ध फुकुवा गर्ने घोषणा गरेको छ ।
पछिल्लो समय फैलिएको ओमिक्रोन भेरियन्टका कारण गम्भीर विरामी हुने दर र अस्पताल भर्ना हुने दर न्युन रहेकाले प्रतिबन्ध खुकुलो पार्दै लगिएको जनाइएको छ ।

CONTINUE READING

पशुपतिक्षेत्रमा भगवानका चित्र पेन्टिङ गरिने

पाशुपत क्षेत्रमा महाशिवरात्री अगाडि नै भगवान् शिव तथा अन्य देवी देवताका चित्र बनाइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले देवीदेवताका चित्र चित्रण गर्न निर्देशन दिनुभएको हो । बुधबार साँझ पशुपति क्षेत्रमा निरीक्षण अवलोकनका लागि त्यहाँ पुग्नुभएका मन्त्री आलेले शिवरात्रिको समयमा पशुपति क्षेत्रमा विभिन्न देवीदेवताका चित्रसहितका ‘वाल पेन्टिङ’ गर्न पशुपति क्षेत्र विकास कोषका पदाधिकारीलाई निर्देशन दिनुभयो ।

CONTINUE READING

मेलम्चीमा सय जनाभन्दा बढी गलैँचा बुन्ने बालश्रमिक

मेलम्ची नगरपालिका वडा नं ७ र ८ मा १०४ गलैँचा बुन्ने बाल मजदुर भेटिएका छन् । गलैचा बुन्ने कार्यमा १ सय जना बालिका र चार जना बालक रहेको पाइएको छ । महिला आत्मनिर्भरता केन्द्रले गरेको अध्ययन अनुसार गलैँचा बुनाई श्रममा संलग्न बाल श्रमिकमध्ये ९–१४ वर्ष समूहका ५२ प्रतिशत र १५–१८ वर्ष उमेर समूहका ४८ प्रतिशत छन् । यीमध्ये १५ दशमलव ८५ प्रतिशत बालश्रमिक विद्यालय बाहिर छन् ।

CONTINUE READING

सोमालियामा खडेरीका कारण बालबालिका कुपोषणको जोखिममा : राष्ट्रसंघ

लाखौँ बालबालिकाको ज्यान बचाउनका लागि उपचार आवश्यक रहेको भन्दै संयुक्त राष्ट्रसंघले तत्काल कदम चाल्न आह्वान पनि गरेको छ । संयुक्त राष्ट्र संघीय बालकोष युनिसेफले सोमालियामा कुपोषण संकटग्रस्त स्तरमा पुगेको पनि जनाएको छ । संयुक्त राष्ट्रसंघका अनुसार सोमालियाली जनसंख्याको एक चौथाइ अर्थात ४१ लाख नागरिक खाद्य सहायताको भरमा रहेका छन् ।

CONTINUE READING

राजधानीका सङ्ग्रहालय र सम्पदास्थलमा चहलपहल बढ्याे

कोरोना सङ्क्रमणको तेस्रो लहर बढेपछि माघ पहिलो सातादेखि बन्द गरिएका राजधानीका सङ्ग्रहालय खुल्न थालेसँगै सम्पदास्थलमा चहलपहल बढेकाे छ। विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार सङ्ग्रहालय फागुन १ गतेदेखि खुलेको छ। सङ्ग्रहालयमा २५ जनाभन्दा धेरैको समूह आए विभाजन गरेर प्रवेश गराउने र २५ जनाभन्दा कमलाई एकै समूहमा प्रवेश गराउन थालिएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ।

CONTINUE READING

वरिष्ठ साहित्यकार तारानाथ शर्माको निधन

विसं १९९१ असार ९ गते इलामको बरबोटमा जन्मनुभएका उहाँ ‘झर्रोवादी आन्दोलन’का एक अगुवा हुनाका साथै नियात्रा, निबन्ध, कथा, उपन्यास, समालोचनालगायत विधामा दर्जनौँ कृति लेख्नुभएको छ । डा. शर्माले ‘बेलायततिर बरालिँदा’ नियात्राका लागि विसं २०२६ मा मदन पुरस्कार र ‘सम र समका कृति’का लागि २०२९ मा साझा पुरस्कार प्राप्त गर्नुभएको थियो । उहाँलाई नेपाल प्रज्ञाप्रतिष्ठानले आजीवन सदस्यतासमेत दिएको थियो ।

CONTINUE READING

बेइजिङमा भारी हिमपात र वर्षा, शीतकालीन ओलम्पिकमा आएका पाहुनाहरू प्रभावित

बेइजिङमा शीतकालीन ओलम्पिक चलिरहेका बेला भारी हिमपात र वर्षा हुँदा खेलमा सहभागी हुन आएका खेलाडी र पाहुना समेतले अत्यधिक चिसोका कारण प्रभावित भएका छन् । बेइजिङ मौसम विज्ञान पूर्वानुमान शाखाले बेइजिङमा आइतबारदेखि भारी हिमपात हुनसक्ने र शहरमा औसत ४ मिली मिटरभन्दा बढी हिमपात हुने जानकारी दिएको थियो । सडकमा धेरै हिमपात भएका कारण यातायात सेवा समेत प्रभावित बनेको छ ।

CONTINUE READING

थानकोटमा अत्याधुनिक प्रसूति अस्पताल बन्ने

चन्द्रागिरि नगरपालिका वडा नं ४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न अत्याधुनिक अस्पताल निर्माण हुने भएको छ । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई जर्मन विकास बैंक रु एक अर्ब बराबरको आर्थिक एवं प्राविधिक सहयोग गर्नेछ । सो सहयोगमा मन्त्रालय, नगर प्रमुख घनश्याम गिरी र बैंकका प्रतिनिधिका बीचमा हालै प्रारम्भिक सम्झौता समेत भइसकेको छ ।

CONTINUE READING