भारतमा १५-१८ वर्षका ५ करोडले खोप लगाए
भारतमा कोरोना भाइरस विरुद्धको खोप अभियान तीव्र गतिमा अघि बढेको छ । भारतका १५ देखि १८ वर्षसम्मका पाँच करोडभन्दा बढी युवाले कोरोना भाइरस विरुद्धको पहिलो खोप लगाएका छन् । ठुलो मात्रामा खोप लगाएकाहरुको सङ्ख्या देखिएकाले पछिल्ला दिनमा कोरोना भाइरस विरुद्धको लडाई सहज हुने अधिकारीहरूले बताएका छन् । खोप लगाउन बाँकी रहेका अन्य व्यक्तिलाई समेत छिट्टै खोप लगाउन अनुरोध गरिएको छ ।
CONTINUE READING
