ओमिक्रोनले एकबाट १० जनामा सङ्क्रमण सार्ने

कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सङ्क्रमण अन्यभन्दा तीव्र गतिमा बढ्ने अनुसन्धानले देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा आबद्ध रहनुभएका सङ्क्रामक रोग विशेषज्ञ प्रा डा. जनक कोइराला ओमिक्रोन भेरियन्ट (तेस्रो लहर)ले पहिले देखिएको भेरियन्टको तुलनामा धेरै मानिसलाई सङ्क्रमित बनाउने बताउनुभयो । उहाँका अनुसार ओमिक्रोन भेरियन्ट एक जनाबाट १० जनामा सङ्क्रमण सार्ने गर्दछ ।
सङ्क्रमणको पहिलो लहरले एक जनाबाट अर्को दुई जनालाई, दोस्रो लहरमा डेल्टा भाइरसले एक जनाबाट चारदेखि पाँच जनासम्म सङ्क्रमित बनाउने गर्दथ्यो”, उहाँले भन्नुभयो, “तर अहिले तेस्रो लहरको ओमिक्रोन भाइरसले एक जनाबाट १० जनालाई सङ्क्रमित गराउने गर्दछ । त्यसैले यो द्रूत गतिमा फैलिन्छ ।

CONTINUE READING

कोरोना खोप लगाउन मान्दैनन् चेपाङ

चितवन, २९ पुस (रासस)/ कोरोनाको तेस्रो लहर सुरु हुँदा समेत अल्पसङ्ख्यक समुदायका रुपमा रहेको चेपाङ समुदाय खोप लगाएका छैनन् । जिल्लामा बसोबास गर्ने चेपाङ समुदायले खासै कोरोना विरुद्धको खोपमा चासो नदिने गरेको पाइएको छ । जिल्लाका सात पालिकामध्ये छ पालिकामा चेपाङ्ग समुदायको बसोबास छ । जिल्लाको इच्छाकामना गाउँपालिका तथा कालिका, राप्ती, खैरहनी, माडी नगरपालिका र भरतपुर महानगरपालिकामा चेपाङको बसोबास रहेको छ ।
त्यसमध्ये अहिलेसम्म छ हजार ३२७ अर्थात २१ दशमलव ८२ प्रतिशत चेपाङले कोरोना विरुद्धको खोप लगाएका छन् । जिल्लामा रहेका सात पालिकामध्ये राप्तीमा दुई हजार ७०० चेपाङले खोप लगाएका छन् ।

CONTINUE READING

नेपालका प्रिन्स दाहाल इतिहास रच्दै, विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा

ब्याडमिन्टनमा इतिहास रचेर नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा शीर्ष स्थानमा उक्लिनुभएको छ । विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको पुरुष जुनियरतर्फको बरियताअनुसार १९ वर्षीय दाहाल पहिलो पटक शीर्ष स्थानमा उक्लिनुभएको हो । उहाँको १० हजार पाँच सय अङ्क रहेको छ । महासङ्घले जारी गरेको बरियताअनुसार जुनियरतर्फ दोस्रो बरियतामा मलेसियाका जस्टिन होह हुनुहुन्छ । उहाँको नौ हजार पाँच सय ९० अङ्क रहेको छ ।

CONTINUE READING

इजराइलमा कोरोना विरुद्धको तेस्रो र चौथो डोज खोप अभियान

इजराइलले कोरोना विरुद्धको खोप अभियानलाई तीब्र रुपमा अघि बढाएकाले संक्रमण बढे पनि तत्काल लकडाउन वा कडा प्रतिबन्धात्मक व्यवस्था लागू नगर्ने रणनीति लिएको छ । विश्वका अन्य मुलुकमा बुस्टर डोज वा कोरोनाको तेस्रो मात्रा खोप दिने नदिने बारे बहस भइरहँदा इजराइलले अधिकांश नागरिकलाई तेस्रो मात्रा खोप लगाइसकेको छ । ओमिक्रोन संक्रमण व्यापक रुपमा बढिरहँदा इजराइलमा चौथो मात्रा खोप दिन थालि सकिएको छ ।

CONTINUE READING

अफगानिस्तानमा ५ अर्ब डलरको सहायता आवश्यक

संयुक्त राष्ट्रसंघले अफगानिस्तानलाई सन् २०२२ मा मानवीय प्रकोप रोक्न र ४० वर्षको पीडा पछि भत्किएको देशको भविष्य निर्माणका लागि पाँच अर्ब डलर सहायता आवश्यक रहेको जनाएको छ । संयुक्त राष्ट्रसंघले अफगानिस्तान भित्र  ४.४ बिलियन डलर आवश्यक रहेको बताएको छ । थप ६२३ मिलियन आफ्नो सिमाना बाहिर आश्रयमा रहेका लाखौं अफगानहरूलाई सहयोग गर्न आवश्यक रहेको पनि उल्लेख गरेको छ ।

CONTINUE READING

विदेशमा अध्ययनरत विद्यार्थीद्वारा छात्रवृत्तिका लागि सहयोग

मेचीनगरको धुलावारी माध्यमिक विद्यालयलाई विदेशमा अध्यययनरत नेपाली विद्यार्थीले छात्रवृत्तिका लागि सहयोग गरेका छन् । कक्षा १ देखि १२ सम्म अध्ययन गरिरहेका विपन्न समुदायका ३९ विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन अमेरिका र युरोपमा अध्ययनरत नेपाली विद्यार्थीले ‘किन्जल फाउण्डेसन नेपाल’मार्फत सहयोग गरेका हुन् । विद्यार्थीले फाउण्डेसन मार्फत तीन लाख १६ हजार सहयोग गरेको प्रधानाध्यापक महेन्द्रविलाश लुइँटेलले जानकारी दिनुभयो ।

CONTINUE READING

काठमाडौं उपत्यकामा स्मार्ट लकडाउन सुरु

कोरोना संक्रमण फैलिँदै गएपछि काठमाडौं उपत्यकामा मंगलबार राति १२ बजेदेखि ‘स्मार्ट लकडाउन’ सुरु भएको छ । मंगलबार उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले स्मार्ट लकडाउन कार्यविधिअनुसार १८ बुँदे निर्देशन जारी गरेको छ ।  कोभिड–१९ को सम्भावित तेस्रो लहरलाई रोक्न स्मार्ट लकडाउन गरिएको हो ।

CONTINUE READING

भक्तपुरका ६ हजार विद्यार्थीले लगाए खोप

भक्तपुरका करिब ६ हजार विद्यार्थीले कोरोना विरुद्धको मोडर्ना खोप लगाएका छन् । खोप अभियान अन्तर्गत् १२ देखि १७ वर्ष उमेर समूहका भक्तपुरका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले खोप लगाएका हुन् । विद्यार्थीको सहजतालाई ध्यानमा राखी जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहसँगको समन्वयमा विद्यालयमा नै खोप केन्द्र राखी खोप दिएको हो ।

CONTINUE READING

कोरोना वृद्धि भए पनि पाकिस्तानमा विद्यालय बन्द नहुने

कोरोना संक्रमण उच्च गतिमा वृद्धि भए पनि पाकिस्तानमा तत्काल विद्यालय बन्द नहुने भएको छ । तत्काल विद्यालयहरू बन्द नगर्ने सरकारी योजनाबारे सञ्चार माध्यमले सूचना तथा प्रसारण मन्त्रालय स्रोतलाई उद्धृत गरी समाचारमा उल्लेख गरेका छन् । संघीय सरकारलाई देशमा बढ्दो कोभिड–१९ सङ्क्रमणका घटनाको बारेमा जानकारी छ तर तत्काल पाकिस्तानमा पुनः लकडाउन वा विद्यालय बन्द गर्ने योजना बनाएको छैन,” मन्त्रीपरिषद् बैठक पछि पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सूचना तथा प्रसारण मन्त्री फवाड चौधरीले जानकारी दिनुभयो ।

CONTINUE READING

जापानमा साना बालबालिकालाई पनि खोप

जापानमा १२ वर्षभन्दा कम उमेरका साना बालबालिकालाई पनि कोरोना भाइरस विरुद्धको खोप लगाउने तयारी भएको छ । जापानका प्रधानमन्त्री फुमिओ किशिदाले कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरसको सङ्क्रमण फैलिन थालेकाले बालबालिकालाई पनि खोप लगाउने तयारी भइरहेको जानकारी दिनुभयो । देशव्यापी खोप अभियान अन्तर्गत् बालबालिकालाई पनि खोप लगाउने तयारी भइरहेकाले त्रसित नहुन पनि उहाँले मंगलबार सवैलाई अनुरोध गर्नुभयो । उहाँले वयस्क तथा जेष्ठ नागरिकहरुलाई पनि अतिरिक्त खोपको व्यवस्था गरिएको जानकारी समेत दिनुभयो ।

CONTINUE READING