तुलसीपुरमा एकैदिन १५ शिक्षक, विद्यार्थी सहित ४५ जनामा कोरोना पुष्टि

दाङको तुलसीपुरमा एकैदिन ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये २६ शिक्षक तथा विद्यार्थी रहेका छन् । बिहीबार मात्रै सेन्टर मावि तुलसीपुरका शिक्षक र विद्यार्थी गरी १५ जना तथा गुरुजजुर मावि तुलसीपुरका ११ शिक्षक र विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

CONTINUE READING

तिला र तातोपानी गाउँपालिका तीन महिनादेखि अन्धकारमा

कर्णाली, २२ पुस (रासस)/ गत कात्तिक १ गते आएको भीषण बाढी र पहिरोका कारण जुम्लाका तीला र तातोपानी गाउँपालिकावासी टुकी बालेर बस्न बाध्य छन् । बाढीले लघु जलविद्युत् आयोजना बगाएर लगेपछि बस्ती अन्धकारमा परिणत भएका हुन् । करिब एक शताब्दीपछि आएको भीषण बाढी र पहिरोले पाँच लघुजलविद्युत् आयोजनामा पूर्ण क्षति पुर्‍याउँदा तीन महिनादेखि ती गाउँपालिकाका विभिन्न गाउँमा उज्यालो छैन ।
स्थानीयवसीले अहिले देवदार वा सल्लोको दियालो बालेर काम चलाउँदै आएका छन् ।  त्यहाँका स्थानीयले अहिले मोबाइल समेत चार्ज गर्न पाएका छैनन् । विद्युत् नहुँदा कुटानी पिसानी मिल पनि सञ्चालनमा आउन सकेका छैनन् ।

CONTINUE READING

शैक्षिक सुधार गर्दै भरतपुर महानगरपालिका

भरतपुर महानगरले आफ्नो आन्तरिक आम्दानीको १३ प्रतिशत शिक्षामा लगानी गरेको छ । सङ्घीय सरकारले १० प्रतिशत मात्र शिक्षामा बजेट छुट्याएको छ । अन्य पालिकाले गर्न नसकेका काम भरतपुरले गर्न सकेको उहाँको भनाइ छ । महानगरपालिकाले उच्च शिक्षामा प्राविधिक विषय अध्ययन गर्नेका लागि वार्षिक रु १० हजार छात्रवृत्ति उपलब्ध गराउन सुरु गरेको छ ।

CONTINUE READING

दश वर्षअघि बालविवाह गरेका अहिले सङ्गठित भएर बालविवाह विरुद्धको अभियानमा जुटे

सानै उमेरमा विवाह गर्दा शारीरिक र मानसिक रुपमा अपरिपक्क हुने हुँदा थुप्रै समस्याहरु गरेका छन् । अन्जानमा बालविवाह गरेर कलिलै उमेरमा आमा बनेका म्याग्दीका किशोरीहरु अहिले पश्चाताप गरिरहेका छन् । परिपक्क नहुँदै विवाह गरेका कारण श्रीमान् श्रीमतीले एक–अर्कालाई बुझ्ने विषयमा एकरुपता नहुँदा झगडा हुने गरेको उनीहरुको अनुभव छ ।

CONTINUE READING

चिसो बढेपछि विद्यालय बन्द

नेपालगञ्ज उपमहानगरपालिकाले बालबालिकाले अध्ययन गर्ने प्राथमिक तहमा बिदा दिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रामसुरेश यादवले जानकारी दिनुभयो । उहाँका अनुसार चिसोका कारण सरकारी विद्यालय बन्द गरिए पनि निजी विद्यालय भने बन्द गरिएको छैन ।

CONTINUE READING

अफगानिस्तानमा वर्षा र हिमपातले संकटकाल

भारी वर्षा र हिमपातका कारण देशको अवस्था थप नाजुक बनेपछि अफगानिस्तानमा आपतकालीन अवस्थाको घोषणा गरिएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार वर्षा र हिमपातका कारण आउनसक्ने सङ्कटको सामना गर्न थप तयारीका लागि विपद् व्यवस्थापन राज्य मन्त्रालयका अधिकारीहरूले प्रभावित क्षेत्रका प्रदेश अधिकारीहरूलाई निर्देशन दिएका हुन् ।

CONTINUE READING

अमेरिकाको अपार्टमेन्टमा आगलागी ७ बालबालिका सहित १३ जनाको मृत्यु

अमेरिकाको फिलाडेल्फिया शहरमा रहेको एउटा अपार्टमेन्टमा आगलागी हुँदा ७ जना बालबालिका सहित १३ जनाको मृत्यु भएको छ । घटनामा कयौं मानिस घाइते भएको अग्नी विभागले जनाएको छ ।

CONTINUE READING

बेइजिङमा धूमपान गर्नेको सङ्ख्या घट्यो

चीनको राजधानी बेइजिङमा १५ वर्ष र सोभन्दा माथिका व्यक्तिमा धूमपान दर १९.९ प्रतिशतले कमी आएको छ । मंगललबार सार्वजनिक नगर स्वास्थ्य आयोगको तथ्याङ्क अनुसार सन् २०१९ को तुलनामा यस उमेर समूहमा धूमपान गर्नेहरूको सङ्ख्या ७३ हजारले घटेको हो ।

CONTINUE READING

बुस्टर डोज खोप अभियान स्थगित

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपको थप एक अतिरिक्त मात्रा बुस्टर डोज अभियान कार्यक्रम स्थगित गरेको छ । मन्त्रालयका प्रवक्ता डा. सङ्गीता कौशल मिश्राले सबै नागरिकलाई कोरोना भाइरस विरुद्धको खोपको पूरा मात्रा लगाउनुपर्ने भएकोले अहिलेका लागि बुस्टर डोज खोप अभियान कार्यक्रम स्थगित गरिएको बताउनुभयो ।

CONTINUE READING

अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री वितरण

पोखरामा अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामग्री वितरण गरिएको छ । आइएनएफ नेपालले पोखरा महानगरपालिका–२० लाई ‘कोभिडमा राहत सामाजिक क्षेत्रको साथ, परोपकारी मनले बढाउ सहयोगी हात’ भन्ने मूल नाराका साथ स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

CONTINUE READING