साहित्य अकादमी बालसाहित्य सम्मान २०२१

भारत सरकारले प्रदान गर्ने विशिष्ट सम्मान साहित्य अकादमी बालसाहित्य सम्मान पाउने लेखकहरुको नाम घोषणा गरेको छ । यो सम्मान बालसाहित्य लेखनमा विशिष्ट सिर्जना गर्ने लेखकलाई हरेक वर्ष प्रदान गर्ने गरिन्छ । भारतको राष्ट्रभाषा हिन्दी लगायत अन्य प्रान्तका राष्ट्रिय भाषाका लेखकहरुलाई पनि फरक फरक भाषामा उत्कृष्ट बालसाहित्य सिर्जनाका लागि यो सम्मान प्रदान गर्ने गरिन्छ ।

CONTINUE READING

महिलामाथि हुने हिंसा भगवानको अपमान

क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले महिलामाथि हुने हिंसालाई भगवानको अपमान भएको बताउनु भएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा शनिबार फ्रान्सिसले दिनुभएको सन्देशमा समस्त विश्व समुदायमा शान्तिका लागि आग्रह गर्नुभएको छ ।
विश्वका १ अरब ३० करोड क्याथोलिक धर्मावलम्बीका प्रमुख फ्रान्सिसले ५५ औँ विश्व शान्ति दिवसलाई मनाउँदै आफ्नो प्रार्थनालाई विश्वभरि हिंसा रोक्न प्रोत्साहन गर्न समर्पित गर्नुभएको हो ।

CONTINUE READING

आतसबाजीमा परी नेदरल्याण्डमा १२ वर्षीय बालकको मृत्यु

आतसबाजीमा परी नेदरल्याण्डमा १२ वर्षीय बालकको मृत्यु भएको छ । अर्का एक व्यक्ति पनि घाइते भएको जनाइएको छ । यसै गरी जर्मनीमा ३७ वर्षीय एक पुरुषको पनि आतसबाजी विष्फोट हुँदा मृत्यु भएको हो ।

CONTINUE READING

विश्वभर ४ हजार ४ सयभन्दा बढी उडान रद्द

कोरोना महामारी र खराब मौसमका कारण अमेरिकामा हवाई उडान अहिलेसम्मकै उच्च संख्यामा रद्द भएको छ । शनिबार मात्रै विश्वभर ४ हजार ४ सयभन्दा बढी उडान रद्द भएका थिए । त्यस मध्ये २ हजार ५ सय भन्दा बढी उडान अमेरिकामा मात्रै रद्द भएको हवाई ट्राफिक सम्बन्धी वेबसाइट फ्लाइट अवेरले जनाएको छ ।

CONTINUE READING

कोरोनाविरुद्धको खोप विद्यालयमा नै लगाउन सुरु

डोटीको जोरायल गाउँपालिकाले विद्यालयमा नै विद्यार्थीलाई कोरोना विरुद्धको खोप लगाउन सुरुवात गरेको छ । पालिकाभरिका सबै विद्यालयमा अध्यनरत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउन सुरु गरिएको इलाका स्वास्थ्य कार्यालय गड्सेराका अनमी विद्यी भण्डारीले जानकारी दिनुभयो ।

CONTINUE READING

जलपन्छी गन्ने काम सुरु भयो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लगायतका क्षेत्रमा शनिबारदेखि जलपन्छी गन्ने काम सुरु गरिएको छ । निकुञ्ज भित्रका र बाह्य क्षेत्रका तालतलैया तथा नदीमा जलपन्छी गन्ने काम सुरु गरिएको हो । गन्ने काम अगामी माघ २ गतेसम्म जारी रहने छ ।

CONTINUE READING

हुम्लाका ९० प्रतिशत बालबालिकाले कोरोना विरुद्धको खोप लगाए

उच्च हिमाली जिल्ला हुम्लाका ९० प्रतिशत बालबालिकाले मोडर्ना खोप लगाएका छन् । स्वास्थ्य कार्यालयको सहकार्यमा सातवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई खोप लगाउने काम सम्पन्न गरेको हुन् ।

CONTINUE READING

धेरै हिउँ परेपछि विद्यालयको परीक्षा रोकियो

रुकुमपूर्वको सिस्ने गाउँपालिका– १ मा धेरै हिउँ परेपछि परीक्षा रोकिएको छ । सिस्ने–१ मा मङ्गलबारदेखि बुधबार रातिसम्म निरन्तर परेको हिउँका कारण परीक्षा प्रभावित बन्न पुगेको हो ।

CONTINUE READING

राष्ट्रिय सभा निर्वाचन प्रकृया शुरु

राष्ट्रियसभा निर्वाचनको निर्वाचन प्रक्रिया आजदेखि सुरु हुँदैछ । राष्ट्रियसभामा रिक्त हुने १९ सदस्यका लागि माघ १२ गतेलाई तय गरिएको मतदानको प्रक्रिया आज सुरु हुन लागेको निर्वाचन आयोगले जनाएको छ ।
आगामी फागुन २० गते राष्ट्रिय सभाका २० जना सांसदको पदावधि सकिँदैछ । जसमा १९ जना विभिन्न राजनीतिक दलबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्नेछन् भने १ जना राष्ट्रपति विद्यादेवी भण्डारीबाट मनोनित भएका सांसद छन् ।
निर्वाचन कार्यक्रम अनुसार आज मतदाताको नामावली प्रकाशन, दाबी विरोधको उजुरी तथा नाम सच्याउन दरखास्त दिने लगायतका कार्यक्रम छन् ।
राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहमा १ हजार ४ सय ९३ जना र प्रदेश सभामा ५ सय ३२ जना गरेर जम्मा दुई हजार २५ मतदाता रहेको आयोगले जनाएको छ । त्यस्तै मतदानको लागि आठ वटा मतदानस्थल र १४ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

CONTINUE READING

कोभिड बीच नयाँ वर्ष २०२२

अघिल्लो वर्ष जस्तै यस वर्ष पनि कोरोना भाइरसको महामारीकै बीच नयाँ वर्ष २०२२ शुरु भएको छ । नयाँ वर्षमा महामारी अन्त्य हुने र ढुक्क भएर नयाँ वर्षको रमाइलो गर्ने विश्वभरको चाहना यस वर्ष पनि पूरा हुन सकेन ।

CONTINUE READING