विश्वकै ज्येष्ठ पुरुषको निधन
विश्वका सबैभन्दा जेष्ठ पुरुष स्पेनिस साटर्निनो डे ला फुएन्टे गार्सियाको १ सय १२ वर्षको उमेरमा निधन भएको छ । गिनीज वल्र्ड रेकर्ड्सले दिएको जानकारी अनुसार करिब चार महिना पहिले ११२ वर्ष २ सय ११ दिन हुँदा उहाँ जीवितमध्ये विश्वकै सबैभन्दा पाको व्यक्ति घोषित हुनुभएको थियो । उहाँको आगामी महिना १ सय १३ औँ जन्मदिन मनाउने तयारी गरिएको थियो । फेब्रुअरी ११ सन् १९०९ मा लियोनको पोन्टे क्यास्ट्रोमा जन्मनु भएका गार्सिया ४ फिट ९ इन्च अग्लो हुनुहुन्थ्यो ।
CONTINUE READING
