अनुभूतिमा कोभिड १९ कार्यक्रममा ६ जिल्लाका २०० बढी बालबालिका सहभागी

प्रयास नेपालसँगको सहकार्यमा बालसाहित्य प्रतिष्ठान नेपालद्वारा आयोजित ‘अनुभूतिमा कोभिड १९’ कथा/ चित्रकला लेखन कार्यक्रममा ६ जिल्लाका २०० बढी बालबालिकाहरु सहभागी हुनुभएको छ ।
विश्वविख्यात परीकथाकार हान्स क्रिश्चियन एन्डरसनको जन्मजयन्ती तथा अन्तर्राष्ट्रिय बालपुस्तक दिवसका अवसरमा भर्चुअल माध्यमबाट आयोजित यस कार्यक्रममा सिन्धुपाल्चोक, रामेछाप, धादिङ, ओखलढुङगा र काठमाडौँ गरी ६ जिल्लाका बालबालिकाहरुलाई सर्जक कार्तिकेय घिमिरेले सहजिकरण गर्नुभएको थियो ।

CONTINUE READING

गण्डकी प्रदेशका बालबालिकालाई टाइफाइड विरुद्धको खोप

गण्डकी प्रदेशमा जनस्वास्थ्यको समस्याका रुपमा रहेको टाइफाइड रोग विरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत् नै प्रदेशका ११ जिल्लाका पाँच लाख ६० हजार २२७ बालबालिकालाई पहिलोपटक टाइफाइड विरुद्धको खोप दिन लागिएको हो । बहुवर्षीय खोप कार्ययोजना सन् २०१७–२१ को लक्ष्यअनुरुप यही चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

CONTINUE READING

अफगानिस्तानमा छात्राका लागि विद्यालय खुला गर्नुपर्ने माग गर्दै प्रदर्शन

अफगानिस्तानमा छात्रालाई पनि विद्यालयमा अध्ययन अध्यापनको व्यवस्था गर्नुपर्ने माग गर्दै प्रदर्शन गरिएको छ । अफगानिस्तानको राजधानी काबुलमा झण्डै दुई दर्जन महिलाहरुले “विद्यालय खोल” भन्ने माग गर्दै शनिबार प्रदर्शन गरेका हुन् । विद्यालयमा पढ्न, पढाउन पाउनु आफूहरूको आधारभूत अधिकार भएकाले विद्यालय जान पाउने व्यवस्था गर्नुपर्ने प्रदर्शनकारी महिलाहरूको माग छ ।

CONTINUE READING

श्रीलंकामा कागज किन्न नसक्दा परीक्षा नै रोकियो

आर्थिक अभावको सामना गरिरहेको श्रीलंकाले कागजको अभाव भएपछि विद्यालयका परीक्षा रद्द गरेको छ । श्रीलंकाले पश्चिमी प्रान्तमा सोमबारबाट सुरु हुने तय भएको परीक्षा कागज खरिद गर्न विदेशी मुद्रा नभएपछि अनिश्चितकालका लागि स्थगित भएको जनाइएको छ । 
श्रीलंकाली शिक्षा विभागले कक्षा ९, १० र ११ को राष्ट्रिय परीक्षा वर्षको अन्तिममा लिँदै आएका थिए । तर, यसपालि प्रश्नपत्र नै छाप्न नसकिने अवस्था आएपछि विद्यार्थीलाई परीक्षा नै नलिई अर्को कक्षामा बढुवा गर्ने तयारी गरिएको छ ।

CONTINUE READING

गाउँकाे विद्यालयमा प्रविधिमैत्री कक्षाकोठा

पछिल्लो समय ग्रामीण क्षेत्रका विद्यालय समेत प्रविधिमैत्री हुन थालेका छन् । खरीपाटीमा अध्यापन गराउने शिक्षक ल्यापटपमा शैक्षिक सामग्री राखेर स्मार्ट टिभीमा अध्यापन गराउने भइसकेका छन् । खरीपाटीबाट, चक र चकपछि मार्करले ह्वाइटबोर्डमा लेखेर अध्यापन गराउने विद्यालयका शिक्षक स्मार्ट तरिकाले अध्यापन गराउन थालेका हुन् ।
बागलुङ जिल्लाको बागलुङ नगरपालिका–८ स्थित सिगाना माध्यामिक विद्यालय तित्याङका विद्यार्थीलाई विद्यालयले डिजिटल माध्यमबाट अध्यापन गराउन थालेको छ ।

CONTINUE READING

नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा खानेपानी समस्या

पाँच मिनेटको दूरीमा पानी बगिरहेको हुन्छ, तर नजिकै रहेको विद्यालय काकाकूल छ । शौचालय जाने समेत पानी पाइँदैन । विद्यालयसम्म खानेपानी समेत पुगेको छैन । यस्तै दुर्दशा भोग्दै ५१औँ वर्ष पार गरेको एउटा विद्यालय हो, दाङ शान्तिनगर गाउँपालिका–३ केराघारीस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय । सो विद्यालय विसं २०१७ मा स्थापाना भएको थियो । यति लामो इतिहास बोकेको सो विद्यालयमा अहिलेसम्म खानेपानीको सुविधा पुग्न सकेको छैन ।

CONTINUE READING

भरतपुर महानगरका ६ सय ९२ विद्यार्थीलाई छात्रवृत्ति

भरतपुर महानगरपालिकाले महानगरभित्रका ६ सय ९२ विद्यार्थीका लागि छात्रवृत्ति वितरण गरेको छ । महानगरभित्रका ६७ विद्यालयका कक्षा १ देखि ८ सम्मका लोपोन्मुख तथा सीमान्तकृत बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको हो । महानगरले एक जना विद्यार्थीलाई रु तीन हजारका दरले रु २० लाख ७६ हजार नगद रकम छात्रवृत्ति वितरण गरेको हो । महानगरको शैक्षिक प्रशासन महाशाखाले ११ विद्यालयका २ सय ४० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

CONTINUE READING

बर्दिबास नगरपालिकामा बौद्ध शिक्षा

महोत्तरी जिल्लामा अवस्थित बर्दिबास नगरपालिकाले बौद्ध शिक्षा लागू गर्ने भएको छ । बौद्ध शिक्षा प्रारम्भ गर्न चाँडै कलेज स्थापनाको प्रक्रिया अघि बढाइने नगर कार्यपालिकाको कार्यालयले जनाएको हो । बुधबार लुम्बिनी बौद्ध विश्वविद्यालय र बर्दिबास नगरपालिकाबीच यस सम्बन्धी सम्झौता भएपछि अब बौद्ध शिक्षाका लागि कलेज स्थापनाको प्रक्रिया अघि बढ्ने प्रमुख प्रशासकीय अधिकृत रेवतीप्रसाद पराजुलीले बताउनुभयो । फागुन ११ गते बुधवार यस सम्बन्धी सम्झौतामा नगर प्रमुख विदुरकुमार कार्की र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा हृदयरत्न वज्राचार्यले हस्ताक्षर गर्नुभएको पराजुलीले जानकारी दिनुभयो ।

CONTINUE READING

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा  झापाका ८८ विद्यालय छनाेट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत झापाका ८८ विद्यालय छनोटमा परेका छन् । आर्थिक वर्ष २०७८-७९ मा सो कार्यक्रम अन्तर्गत कक्षा कोठा निर्माण, सूचना प्रविधि (आइसिटी) कक्षा सञ्चालन र प्रयोगशाला स्थापनाका लागि जिल्लाका १५ पालिकाका ८८ विद्यालय छनोटमा परेको शिक्षा विकास तथा समन्वय एकाइ झापाका प्रमुख राजकुमार विकले जानकारी दिनुभयो । ती विद्यालयका लागि कूल  १७ करोड नौ लाख बजेट विनियोजन गरिएको छ ।

CONTINUE READING

वैशाखमै नयाँ शैक्षिक सत्र सुरु गरिने

सरकारले आगामी शैक्षिक सत्र आगामी बैशाखबाटै सुरु गर्ने तयारी गरेको छ । कोरोना महामारीका कारण लामो समय बन्द रहेका विद्यालय केही समय अघि मात्रै भौतिक उपस्थितिमा पठन पाठन शुरु भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आगामी वैशाखबाटै नयाँ शैक्षिक सत्र सुरु गरिने र जेठ १ गतेबाट कक्षा सञ्चालन हुने बताउनुभएको हो । काठमाडौंको शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालयको नयाँ भवनको उद्घाटन गर्दै मन्त्री पौडेलले आगामी तीन वर्षभित्र सबै सार्वजनिक विद्यालयका भवन बनाउने पनि बताउनुभयो ।

CONTINUE READING