हवाई यात्रामा फेरि फेससिल्ड अनिवार्य

कोरोना संक्रमण बढेपछि हवाई यात्रुले फेरि अनिवार्य रुपमा फेससिल्ड लगाउनु पर्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक हवाई यात्रालाई सुरक्षित बनाउन यस्तो निर्णय गरेको हो । हवाईजहाजमा चालक दल तथा सबै यात्रुलाई मास्क तथा फेससिल्ड अनिवार्य गर्ने निर्णय भएको हो । हवाईजहाज भित्र सेनिटाइजरको व्यवस्था समेत हवाई कम्पनीले मिलाउनु पर्नेछ । वायुसेवा कम्पनीले हरेक उडानपछि हवाई जहाज र ब्यागेजलाई निसंक्रमित गराउनु पर्ने समेत निर्णयमा उल्लेख छ ।

CONTINUE READING

डा. सुमनको ‘पनौती : अ माइथोलोजिकल स्केच’ को राष्ट्रिय संस्करण विमोचन भयो

इन्द्रेश्वर माविका प्रथम एसएलएसी (प्रवेशिका) परीक्षा केन्द्र समूह २०४४ ले हालै नियुक्त हुनुभएका कृषि तथा पशुपंक्षी विकास मन्त्रीलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भयो । सोही समारोहमा डा. सुमनराज ताम्राकारद्वारा लिखित पुस्तक ‘पनौती : अमाइथोलोजिकल स्केच’ को राष्ट्रिय संस्करण विमोचन भयो ।

CONTINUE READING

अफगानिस्तानका जनतालाई मानवीय सहायता

मानवीय संकटमा रहेको अफगानिस्तानका जनताका लागि नेपालले औषधि, लत्ताकपडा, घरयासी सरसामान लगायतका १४ टन सामग्री अफगानिस्तान पठाएको छ । नेपाल एयरलाइन्सको विमानबाट आजै ती सामग्री लिएर परराष्ट्र मन्त्रालयको टोली अफगानिस्तानको राजधानी काबुलतर्फ गएको छ । ठूलो आर्थिक संकट झेलिरहेको अफगानिस्तानका जनतालाई राहत दिने उद्देश्यले सहयोग सामग्री पठाइएको परराष्ट्रमन्त्री डा. नारायण खड्काले बताउनु भयो ।

CONTINUE READING

सातौँ राष्ट्रिय योग दिवस

सर्वाङ्गिण विकासका लागि योग भन्ने नाराका साथ सातौँ राष्ट्रिय योग दिवस देशभर भर्चुअल माध्यमबाट विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नयाँ भेरियन्ट सहितको कोरोना सङ्क्रमण बढ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस भर्चुअल माध्यमबाट गर्न निर्देशन दिएको हो । योगको नियमित अभ्यास गर्नेमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने भएकाले कोरोनाबाट बच्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ । मन्त्रिपरिषद्को वि.सं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो ।

CONTINUE READING

टोखामा लाखेडाँडा पार्क

टोखा नगरपालिका–६ लाखेडाँडामा ४० लाख लगानीमा पार्क निर्माण भएको छ । स्थानीय, प्रदेश र केन्द्र सरकारको आर्थिक सहयोगमा पार्क निर्माण सम्पन्न भएको हो । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सार्वजनिक जग्गा संरक्षणलाई महत्व दिँदै सार्वजनिक जग्गाको डिपीआर तयार पारी प्रदेश र केन्द्र सरकारसँग सहकार्य गर्दै नगरपालिका भरि नै विभिन्न वडामा पार्क तथा जनतालाई लाभ हुने गरी कार्य गरिरहेको जानकारी दिनुभयो । पाँच रोपनी क्षेत्रफलमा फैलिएको उक्त पार्क एक वर्ष लगाएर निर्माण गरिएको थियो ।

CONTINUE READING

रानीमहल सङ्ग्रहालयमा परिणत

नेपालकै ताजमहलका रुपमा चिनिएको पाल्पाको रानीमहल दरबार सङ्ग्रहालयका रुपमा विकसित गरिएको छ । खड्ग शम्शेरले निर्माण गरेको सो दरबारमा उनले प्रयोग गरेका भाडा, मूर्ति, शङ्ख, शालिग्रामजस्ता सामग्री राखिएका छन् । तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पहिलो चरणमा सरसफाइ, खानेपानी, विद्युत्, इन्टरनेट क्यामेरालगायतका सामग्रीको व्यवस्थापन भएको बताउनुभयो । रु १५ लाखबाट थालनी भएको काम हाल करिब रु ३५ देखि ४० लाख खर्च भइसकेको बताउनुहुँदै नगरप्रमुख शाहीले सो रकमले नपुग्ने हुँदा बजेट बढाउँदै जाने बताउनुभयो ।

CONTINUE READING

माघी पर्व

थारु समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ मनाउने गरेका छन् । स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर थारु समुदायका मानिसले माघी पर्व मनाउँदै आएका छन् । यो पर्वलाई ठाउँ अनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूला बडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायमा छ । बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपीन गर्छन् ।  

CONTINUE READING

आज माघे संक्रान्ती पर्व

आज माघे संक्रान्ती पर्व मनाइँदै छ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिन भएकाले यसलाई मकर संक्रन्ती पनि भनिन्छ । माघ १ गतेदेखि सूर्य उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशुली, कालीगण्डकी, वागमती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ ।

CONTINUE READING

मान्छेलाई आक्रमण गर्ने बाघ नियन्त्रणका लागि टोली खटाइयो

नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०मा बाघको आक्रमण बढ्दै गएपछि सो बाघको अनुगमन र नियन्त्रणका लागि टोली खटिएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिकामा बाघको आक्रमण बढेपछि निकुञ्जले बाघको अनुगमन र नियन्त्रणका लागि काम थालेको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले विनयी त्रिवेणी क्षेत्रमा निकुञ्जबाट तीन हात्तीसहितको टोली परिचालन गरिएको बताउनुभयो ।

CONTINUE READING

‘एक शिक्षक एक ल्यापटप’ कार्यक्रम

भक्तपुरको सूर्यविनायक नगरपालिकाको एक विद्यालयले ‘एक शिक्षक, एक ल्यापटप कार्यक्रम’ सुरु गरेको छ । सूर्यविनायक–८ सिपाडोलको गणेश माध्यमिक विद्यालयले सो कार्यक्रम लागू गरेको हो । कार्यक्रम अनुसार विद्यालयका शिक्षकले ल्यापटप पाएका छन् । विद्यालयका प्रधानाध्यापक रवीन्द्रकुमार थापाले विद्यालयका २० शिक्षकलाई ल्यापटप वितरण गरिएको जानकारी दिनुभयो । उहाँले अहिलेको समयअनुसार पठनपाठन गराउन र शिक्षण सिकाइलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउँदै शिक्षकलाई सूचना प्रविधिमैत्री बनाउन सहयोग गर्न ल्यापटप वितरण गरिएको जानकारी दिनुभयो ।

CONTINUE READING